kathmanduonlinemedia.com

बल्खु सभामा राप्रापा जनतामुखी एजेन्डामा केन्द्रित हुने-लिङ्देन

काठमान्डौ

राप्रापा नेपालले तिनेकुनेमा आमसभा गरेर आज ११ दिन पछी बल्खुमा शान्तिपूर्ण सभा समापन गरिएको राप्रापा नेपालले जानकारी दिएको छा

तीनकुनेमा आमसभा गर्दागर्दै सभामा असुर ग्यास प्रहार भएपछी त्यहाको सभामा सभा सुचारु गर्न नसकेपछि नेपाल प्रहरी र सभामा उपस्थित दुवै पक्षबीच तिनकुने सडकमा आन्दोलनको रुपमा परिणत भएको थियो |

तिनकुने आमसभामा दुर्गा प्रसाई र राप्रपा नेपालले सयुक्त सभा अयोजना गरिएको थियो |

त्यहि सभामा दुर्गा प्रसाई जादै गर्दा सभा स्थल पुग्नु भन्दा पहिला नै सभा स्थल क्षेत्रमा  नेपाल प्रहरी र सभामा उपस्थित बीच झडपको स्थिति सृजना भै सभा स्थलमा भएको राजाबादी समर्थक र दुर्गा प्रसाईको समुहलाई नेपाल प्रहरीले असुर ग्यास प्रहार गर्दै झडप नियन्त्रण लिन प्रहरी असफल भएको थियो|

केहि समय झडप पछी नेपाल प्रहरीले गोलि चलाए पछी स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि एपिफ पनि परिचालन गरेपछि झडपले उग्र रुप लिएको थियो |

यसरि दिनभरी झडप निरान्तार चल्दै गर्दा सबिन महर्जनलाई गोलि लाग्नु र एक पत्रकार मुत्यु पछी त्यस क्षेत्रलाई कार्फ्यु जारि गरेको थियो |

यस घटना स्थलहरु कोटेश्वर,बालकुमारी र जडीबुटी चोकमा भने नेपाल प्रहरीको उपस्थित थिएन त्यहि स्थानहरुमा आन्दोलनकारी द्वारा तोडफोड र व्यक्तिगत सम्पतिको आगजानी गरेका थिए |

आजको बल्खुको सभाबाट यस्तै स्थिति उत्पन्न हुन सक्ने भनि नेपाल प्रहरी र एपिफ पुलिस निक्कै सतर्कता पूर्ण तरिकाले परिचालन गरिएको देखिन्छ |

बल्खुको सभाले राज्य आतंक,दमन र देशमा भ्रष्टाचारको जालो झन् बढ्दै गएको बिरुद्दमा राप्रापा नेपालले खबरदारी सभा अयोजना गरेको थियो |
सभामा राष्ट्र र राष्ट्रियता लागि हामि एक भएर देशमा भैंरहेको भ्रष्टाचार र लुटतन्त्र बिरुद्दमा राप्रपा नेपालले अब सडक देखि सदनसम्म खबरदारी र जनताको मागहरु सम्बोधन भएन भने जनताले देशभरको भ्रष्टाचारी नेता कार्यकर्ताहरुलाई लखेट्ने दिन चाडै आउदै छ दिन गनेर बसे हुन्छ भनि चुनौती दिए

भर्खरै नियुक्ति भएको नेपाल प्रहरी आई.जी.पी. दिपक थापालाई नेपाल प्रहरी प्रमुख भनेको त नेकापा एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ भनि  राप्रापा अध्यक्ष राजेन्द्र लिङ्देनले मंचबाटै अभिक्यक्ति दिए |

यसैगरी अर्का नेता एबम राप्रपा संसदीय दलको सचेतक ज्ञानेन्द्र शाहीले नेपालमा भएको बिगत देखि अहिले सम्मको काण्डहरु, प्रधानमन्त्री केपी शार्मा ओली देखी सबै भ्रष्टाचारी नेता कार्यकर्ताहरुले राप्रापा नेपाल नैतिकताको पाठ सिकाउने कुचेष्टा नगरे हुन्छ,जडीबुटी घटना माओबादीको कार्याकर्ताले गरेको आरोप लगाए,सर्प काण्ड ,टेरामिक्स,भृकुटीमण्डप भ्रष्टाचार,नेपाल ट्रष्ट जग्गा घोटाला,नेपाल स्काउट जग्गा काण्ड,MCC agent,Ncell काण्ड र बालुवाटार जग्गा काण्डहरु अहिलेको गृहमन्त्री रमेश लेखकलाई पनि आफ्नै जिल्लाको निर्मला पन्थ बलात्कार पछी हत्या घटना छानबिन गर्न नसक्नेले अरु भ्रष्टाचारीको फाइल र काण्डहरुको छानबिन गर्दै छु भनेर जनतामा भ्रम छारेर सत्ता टिकाउने  खेल मात्रै भनि सभामा खबरदारी भन्दै सभालाई संवोधन गरेको थियो |

काठमान्डौ अनलाइनले स्थलगत रिपोर्ट तयार पार्दा सम्म तिनकुने घटना भन्दा आजको बल्खु सभामा कुनै पनि नराम्रो घटनाहरु  नभएको र सभा समपन्न पछी राप्राले केहि सरसफाई कार्यक्रम पनि गरेको थिए |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.