kathmanduonlinemedia.com

भैसी गोठमा आगलागी पाडा जलेर मरेको र भैसी पनि पुर्णरुपमा जलेको

एक हृदयविदारक तस्बिर :
बागलुङ जिल्लाको तारखोला गाउँपालिका–३ स्थित भुस्कात गाउँमा एक हृदयविदारक घटना घटेको छ, जसले अहिले सामाजिक सञ्जाललाई भावुक बनाइरहेको छ। गएको वैशाख १७ गते राति करिब ११:३० बजेतिर माया बिकको गोठमा अचानक आगलागी भयो। गोठभित्र गर्भवती काली भैंसी र उसको डेढ वर्षको राँगो थुनिएको थियो। आगलागी यति तीव्र थियो कि राँगो तुरुन्तै जलेर मृत्यु भयो, तर भैंसी भने गम्भीर रूपमा घाइते भएर जिउँदै बचिन्।
भैंसीको अवस्था अत्यन्तै पीडादायक थियो। उसका छाला पूरै जलेका थिए, दुवै आँखा फुटेका थिए, मुखबाट फिँज निस्किरहेको थियो। न ऊ कराउन सक्थी, न केही खान सक्थी, न त सुस्ताउन नै सक्थी। त्यो दृश्य हेर्नसमेत नसकिने थियो। सामाजिक सञ्जालमा मायाका कान्छा छोरा सनम विकले भिडियो सेयर गर्दै लेखेका छन्, “उनी पनि एउटी आमा हुन्। उनको श्राप र आँशु लाग्नेछ।” यो पोस्टसँगै हजारौं मानिसहरू भावुक बनेका छन् र उक्त निर्दोष जनावरप्रति सहानुभूति प्रकट गरेका छन्।
चिकित्सकको सल्लाहमा भैंसीलाई ‘युथोनाईज’ गरिएको हो। ‘युथोनाईज’ भन्नाले कुनै पनि प्राणीलाई पीडारहित तरिकाले मृत्युदिनु हो, ताकि उसले अत्यधिक कष्ट भोग्न नपरोस्। गर्भवती अवस्थामा रहेको उक्त भैंसीले कति पीडा सहेको होला भन्ने कुराले धेरैको मन पग्लिएको छ। यो घटना केवल आगलागीको पीडा मात्र होइन, जनावरप्रतिको हाम्रो दायित्व र संवेदनशीलताको प्रश्न पनि हो।
By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.