काठमाडौंको मखन गल्लीमा ग्यास पड्किएर आगलागी

काठमाडौं

काठमाडौंको मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो । श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तलाबाट सुरु भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्कि घरमा समेत फैलिएको थियो |

आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् ।

प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए । आगो सवा ८ बजे नियन्त्रणमा आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading