kathmanduonlinemedia.com

परम्परागत मालिङ्ग थुन्से

धादिङ

धादिङ्गको उत्तरी क्षेत्रमा निगालो राम्रो पाउने भएको त त्यहाको स्थानीय संग बास र निगालोको  चोयाबाट घरायसी काममा प्रयोग गर्ने सामानहरु जस्तै : डालो,नाङ्लो,थुन्से र साना साना बच्चाहरुको लागि झुलुंगा,अन्नपात राख्नलाई भकारी लगायत हिउदमा घरको घर पालुवा बस्तुभाउलाई  आफ्नो खेत बारीमा अस्थायी गोठ बनाएर राख्दा ठुलो आकारमा बुनेको चित्रको गोठ बनाउने काममा समेत प्रयोगमा ल्याउने चलान रहेको स्थानीयको भनाई छ |

धादिङको खनियाबास गाउँपालिका स्थित झार्लाङ गाउँका ७० वर्षीय धन बहादुर तामाङले परम्परागत मालिङ्ग थुन्से बुन्ने सीपमा माहिर बनिसक्नुभएको छ। महिनामा औसत १० वटा थुन्से बुनेर, उनी प्रत्येक थुन्से गोटालाई ५०० रुपैयाँको दरले विक्री गर्दैछन्। यसरी उनी आर्थिक उपार्जन गर्दै मात्र छैनन्, आफ्नो परम्परागत सीपको संरक्षण र पुनर्जीवनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दैछन्।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.