माओबादी केन्द्रको पहिलो चरणको अभियान सकिएको लगातै दोस्रो चरणको यो अभियानले माओवादी केन्द्र जनतासंग रहेको दुरी कम हुने जानकारी गिरिराज पोखरेलले जानकारी गरेको छ |
नेकपा माओवादी केन्द्रले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गरिएको माओबादी केन्द्र हेडक्वार्टर जानकारी गरिएको छ ।यसबारे प्रदेश समन्वय कार्यालयको तर्फबाट प्रेस विज्ञप्ति जारी गरिएकोथियो |
बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिन जाने क्रममा पार्टीका अध्यक्ष क प्रचण्ड सहित बरिष्ट उपाध्यक्ष नारायण काजि श्रेष्ठ , उपाध्यक्षहरु अग्नी सापकोटा, पम्फा भुसाल, नन्दकिसोर पुन , महासचिव देव गुरुङ लगायतका नेताहरू डडेल्धुरा आइपुग्नु भएको छ ।
मध्यपहाडी( पुस्पलाल ) लोकमार्ग अभियानको उद्घाटन गर्न जाने क्रममा अध्यक्ष प्रचण्ड सहितका नेताहरूलाई कैलालीको चुरे गाउँपालिका ५ खानी डाँडामा स्थानीयद्वारा स्वागत गरेका छन । कैलालीकै चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै अध्यक्ष प्रचण्ड सहितको टिमले छुट्टा छुट्टै विषयका ३ वोटा ज्ञापनपत्र समेत बुझ्नुभएको छ । नेतृत्व टिमलाई जोरायल गाउपालिका बुडरमा डोटी र डडेलधुराका भित्री मधेसका स्थानीय जनताद्वारा स्वागत गरिएको थियो। डडेलधुरा पुग्ने बितिकै अध्यक्ष प्रचण्डले अमरगढी चोकमा रहेको अमर शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण कार्यक्रम गर्नुभएको थियो ।