kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

मध्यपहाडी लोकमर्ग अभियान

माओबादी केन्द्रको पहिलो चरणको अभियान सकिएको लगातै  दोस्रो चरणको यो अभियानले माओवादी केन्द्र जनतासंग रहेको दुरी कम हुने जानकारी गिरिराज पोखरेलले जानकारी गरेको छ |

नेकपा माओवादी केन्द्रले जेठ २ गतेबाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गरिएको माओबादी केन्द्र हेडक्वार्टर जानकारी गरिएको छ  ।यसबारे प्रदेश समन्वय कार्यालयको तर्फबाट प्रेस विज्ञप्ति जारी गरिएकोथियो |

बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिन जाने क्रममा पार्टीका अध्यक्ष क प्रचण्ड सहित बरिष्ट उपाध्यक्ष नारायण काजि श्रेष्ठ , उपाध्यक्षहरु अग्नी सापकोटा, पम्फा भुसाल, नन्दकिसोर पुन , महासचिव देव गुरुङ लगायतका नेताहरू डडेल्धुरा आइपुग्नु भएको छ ।

मध्यपहाडी( पुस्पलाल ) लोकमार्ग अभियानको उद्घाटन गर्न जाने क्रममा अध्यक्ष प्रचण्ड सहितका नेताहरूलाई कैलालीको चुरे गाउँपालिका ५ खानी डाँडामा स्थानीयद्वारा स्वागत गरेका छन । कैलालीकै चुरे गाउँपालिका, सहजपुरमा स्थानीयबासीसँग भेटघाट गर्नुका साथै अध्यक्ष प्रचण्ड सहितको टिमले छुट्टा छुट्टै विषयका ३ वोटा ज्ञापनपत्र समेत बुझ्नुभएको छ । नेतृत्व टिमलाई जोरायल गाउपालिका बुडरमा डोटी र डडेलधुराका भित्री मधेसका स्थानीय जनताद्वारा स्वागत गरिएको थियो। डडेलधुरा पुग्ने बितिकै अध्यक्ष प्रचण्डले अमरगढी चोकमा रहेको अमर शहीद भीमदत्त पन्तको सालिकमा माल्यार्पण कार्यक्रम गर्नुभएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.