चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिएद्वारा भक्तपुर अवलोकन

 

भक्तपुर

चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिए नेतृत्व प्रतिनिधिमण्डलले आज भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अभिरूचिपूर्वक अवलोकन गर्नुभयो । टोलीलाई नेमकिपाका सचिव एवम् संघीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।

टोलीले दरबार क्षेत्रस्थित कला संग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, टौमढी, खँला हुँदै तालाक्वमा अवलोकन गर्नुभयो ।

भ्रमणका क्रममा उपाध्यक्ष सियाओ चिएले भक्तपुरका मूर्त, अमूर्त सम्पदा र यहाँको पुनःनिर्माण अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल–चीन सम्बन्ध र मित्रता युग युगसम्म रही रहने विश्वास व्यक्त गर्दै दुई देशबीचको संस्कृति आदान प्रदानलाई व्यापक बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

उपाध्यक्ष चिएले २०७२ सालको भूकम्पपश्चातको पुनः निर्माण र सहकारी गतिविधिबारे पनि विशेष चासो व्यक्त गर्नुभयो ।

अवलोकन पश्चात सांसद सुवालले पार्टी प्रकाशन, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading