Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

बागमती प्रदेश वाइसियल नेपालको सम्मेलन भक्तपुर ठिमीमा

 

भक्तपुर

नेकापा माओबादी केन्द्रको भात्रृ संगठन वाइसियल नेपालले ऐतिहासिक पहिलो सम्मेलन सुरु गरेको छ| भक्तपुर थिमिमा सम्मेलन जेष्ठ ५ र ६ गते दुई दिनसम्म चल्नेछ| प्रदेश सम्मेलनमा माओबादी केन्द्रको नेता एबम महासचिब बर्षामान पुन “अनन्त” प्रमुख अतिथि,सूर्यमान दोङ,वाइसियल अध्यक्ष सुबोध सिर्पाली,हितमान शाक्य,कल्पना शर्मा,गोविन्द बटाला,रामप्रसाद सापकोटा,सुनिल प्रजापति,प्रतिमा श्रेष्ठ,इन्द्र बहादुर थिंङ-छिन्ताङ,माओबादी केन्द्रको अन्य केन्द्रिय सदस्यहरु लगायत वाइसियल नेपाल बागमती जिम्मेवारी पदाधिकारीको उपस्थितिमा भक्तपुर थिमी बैंक्युटमा कार्यक्रम उत्घाटन हिजो सम्पन्न भएको छ|

पहिलो दिन वाइसियल नेपालको प्रत्येक जिल्लाको पालिका,नगरपालिका र जिल्लाबाट प्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भएको थियो|सम्मेलनमा जिल्लाबाट उपस्थित बागमती प्रदेशको जनप्रतिनिधि,वाइसियल पूर्व पदाधिकारीहरु र पार्टीमा योगदान गरेका सम्पूर्ण माओबादी नेता तथा कार्यकर्तालाई सम्मान पत्र प्रमुख अतिथिकै उपस्थितिमा हातबाट प्रदान गरिएको थियो|

 

प्रदेश सम्मेलनमा  मकवानपुर,चितवन,सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,धादिङ,नुवाकोट,रसुवा,काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाबाट जिल्लाबाट प्रतिनिधिहरु सम्मेलन हलमा सहभागी थिए|

सम्मान पत्र बितरण कार्यक्रमसंगै सम्मेलनमा सहभागी नेता र भक्तपुर जिल्ला कमिटिको नेताहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो| बागमती प्रदेशलाई माओबादीको नेताहरुको एकै बुझाई र संघिय राजधानीको केन्द्र भएकोले यसमा वाइसियल नेपालको बढी भूमिका रहेको समेत बताउनु भएको छ कमरेड हितमान शाक्य सुमनले अझ बढी ससक्त्त भएर संगठन अघि बढ्नु पार्ने जोड दिएको छ|

यस सम्मेलनमा पदाधिकारी चयनको बिषयमा प्रमुख अतिथिले सकेसम्म सहमति र सबैको एकतापूर्ण तरिकाले अघि बढ्न मंचबाटै गर्नु भएको थियो |

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.