बागमती प्रदेश वाइसियल नेपालको सम्मेलन भक्तपुर ठिमीमा

 

भक्तपुर

नेकापा माओबादी केन्द्रको भात्रृ संगठन वाइसियल नेपालले ऐतिहासिक पहिलो सम्मेलन सुरु गरेको छ| भक्तपुर थिमिमा सम्मेलन जेष्ठ ५ र ६ गते दुई दिनसम्म चल्नेछ| प्रदेश सम्मेलनमा माओबादी केन्द्रको नेता एबम महासचिब बर्षामान पुन “अनन्त” प्रमुख अतिथि,सूर्यमान दोङ,वाइसियल अध्यक्ष सुबोध सिर्पाली,हितमान शाक्य,कल्पना शर्मा,गोविन्द बटाला,रामप्रसाद सापकोटा,सुनिल प्रजापति,प्रतिमा श्रेष्ठ,इन्द्र बहादुर थिंङ-छिन्ताङ,माओबादी केन्द्रको अन्य केन्द्रिय सदस्यहरु लगायत वाइसियल नेपाल बागमती जिम्मेवारी पदाधिकारीको उपस्थितिमा भक्तपुर थिमी बैंक्युटमा कार्यक्रम उत्घाटन हिजो सम्पन्न भएको छ|

पहिलो दिन वाइसियल नेपालको प्रत्येक जिल्लाको पालिका,नगरपालिका र जिल्लाबाट प्रतिनिधिहरु कार्यक्रम स्थलमा उपस्थित भएको थियो|सम्मेलनमा जिल्लाबाट उपस्थित बागमती प्रदेशको जनप्रतिनिधि,वाइसियल पूर्व पदाधिकारीहरु र पार्टीमा योगदान गरेका सम्पूर्ण माओबादी नेता तथा कार्यकर्तालाई सम्मान पत्र प्रमुख अतिथिकै उपस्थितिमा हातबाट प्रदान गरिएको थियो|

 

प्रदेश सम्मेलनमा  मकवानपुर,चितवन,सिन्धुली,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,काभ्रेपलाञ्चोक,धादिङ,नुवाकोट,रसुवा,काठमाडौं,भक्तपुर र ललितपुर जिल्लाबाट जिल्लाबाट प्रतिनिधिहरु सम्मेलन हलमा सहभागी थिए|

सम्मान पत्र बितरण कार्यक्रमसंगै सम्मेलनमा सहभागी नेता र भक्तपुर जिल्ला कमिटिको नेताहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो| बागमती प्रदेशलाई माओबादीको नेताहरुको एकै बुझाई र संघिय राजधानीको केन्द्र भएकोले यसमा वाइसियल नेपालको बढी भूमिका रहेको समेत बताउनु भएको छ कमरेड हितमान शाक्य सुमनले अझ बढी ससक्त्त भएर संगठन अघि बढ्नु पार्ने जोड दिएको छ|

यस सम्मेलनमा पदाधिकारी चयनको बिषयमा प्रमुख अतिथिले सकेसम्म सहमति र सबैको एकतापूर्ण तरिकाले अघि बढ्न मंचबाटै गर्नु भएको थियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading