अबको विकल्प समाजवादी गणतन्त्र-वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाली जनताले राजतन्त्र र पु“जीवादी गणतन्त्रलाई परीक्षण गरिसकेको र असफल भएको चर्चा गर्दै अबको विकल्प समाजवादी गणतन्त्र नै हो भन्नुभयो । उहा“ले नेमकिपाले समाजवादी विशेषताहरु केही हदसम्म लागू गर्ने प्रयास गरिरहेकोमा जनताको साथ र समर्थन रहेको उल्लेख गर्दै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने प्रष्ट पार्नुभयो ।

तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको आयोजनामा विहिबार सम्पन्न तेस्रो वृहत् उपभोक्ता भेलाको उद्घाटन गर्दै सभासद् गोसाईले शासक दलहरु विदेशी शक्तिको इशारामा चल्दा र भ्रष्टाचारमा डुब्दा देश वर्वादीतर्फ उन्मुख भएको बताउनुभयो । उहा“ले भन्नुभयो, ‘जनतालाई भ्रममा राख्ने, विदेशीको इशारामा नाच्ने र भ्रष्टाचारमा चुर्लुम्म डुब्ने, यीनै कारणले जनतामा निराशा छाएको छ । पू“जीवादी व्यवस्थाप्रति जनतामा घृणा जागेको हु“दा समाजवादी व्यवस्थाको पक्षमा जनतालई एकजुट पार्नु हाम्रो दायित्व हो ।’

जनताको आधारभूत आवश्यकताको रुपमा रहेको खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरेकोप्रति खुशी व्यक्त गर्दै सभासद् गोसाईले पानीको पुनर्भरण प्रणालीमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहा“ले वरपरको वातावरण सरसफाइ र हरियाली व्यवस्थापनमा पनि स्थानीय जनताको अग्रसरताको अपेक्षा गर्नुभयो ।

समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले तुमचो दुगुरे चोखा आवास क्षेत्रमा वस्ती विकाससंगै जनताको भावनाबमोजिम जनताकै साथ र सहयोगमा विकास निर्माणका कार्यहरु गर्दै आएको बताउनुभयो । उहा“ले खानेपानी वितरण प्रणाली व्यवस्थापनका लागि नगरपालिका र वागमती प्रदेश सरकारको आर्थिक लगानीमा डिप बोरिङ गरी आधुनिक प्रविधिबाट प्रशोधनसहित खानेपानी वितरण गरिरहेको र हालसम्म ४६५ घर परिवारलाई नियमित पानी वितरण भइरहेको बताउनुभयो । अध्यक्ष ज्याख्वले पछिल्लो समयमा एउटा डिप बोरिङमा प्राविधिक समस्या आएको प्रष्ट पार्दै समाधानका लागि लागिपरेको बताउनुभयो ।

भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरपालिकाले किसान सूचिकरण गर्दै कृषकहरुलाई सहुलियत दरमा कम्पोष्ट मल र कृषि चुन वितरण गरिरहेको बताउनुभयो । त्यस्तै भनपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजूले नया“ बस्तीका चौबाटो तथा पेटीहरुमा जथाभावी फोहर नगर्न तथा सा“स्कृतिक गतिविधिको क्रममा फालिएका सामग्रीहरु सम्बन्धितले नै नगरपालिकाको सफाइ गाडीमा राख्न अनुरोध गर्नुभयो ।

काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड भक्तपुर वितरण शाखाका प्रमुख अनिल कुमार तिखत्रीले भक्तपुरमा नगरपालिकासंगको सहकार्यमा सबै बस्तीहरुमा मेलम्चीको खानेपानी वितरणको पूर्वाधार बनाउने कार्य भइरहेको उल्लेख गर्दै तुमचो दुगुरे आवास क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।

नेमकिपा भनपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजू, सुर्यमढी एकाइ समितिका अध्यक्ष दिलभक्त कोजू, दत्तात्रय एकाई समितिका अध्यक्ष नातीभाइ हेम्बा र तुमचो दुगुरे एकाई समितिका अध्यक्ष जेएन प्रजापतिले खानेपानी वितरण प्रणालीलाई दीगो समाधानको उपाय निकाल्न तथा आत्मनिर्भरतातर्फ अग्रसर हुन सुझाव दिनुभयो ।

समितिका कोषाध्यक्ष तथा भनपा कार्यपालिका सदस्य छोरीमैया सुजखूले उपभोक्ता समितिको वार्षिक आय व्यय प्रस्तुत गर्नुभएको उक्त भेलामा समितिका सहसचिव विष्णुराम दुमरु र सदस्य मैयालक्ष्मी त्यातले पनि बोल्नुभयो ।

भेलामा वागीश्वरी माविको तर्फबाट बा“सुरी बाजाको धुन प्रस्तुत गरिएको थियो भने अतिथिहरुलाई समितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top