kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

डा .विनय दाहालको नयाँ गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं

मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत  ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार  डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन।


पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन।

लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन। चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सहीछाप’ सार्वजनिक
युगल गायनमा पनि जम्दै चिकित्सक र अधिबक्ताको सफल जोडी (भिडियो सहित )
अमेरिकाबाट आयो  कभरगीतमा लोकप्रिय मुक्ता पान्डेको अफिसियल  गीत ‘सहीछाप’  सार्वजनिक भएको छ |

डा .विनय दाहालको नयाँ गीत  ‘सहीछाप’ सार्वजनिक

भिडियो लिंक https://www.youtube.com/watch?v=eGXvOAKN7F8&t=2s

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.