kathmanduonlinemedia.com

इन्जिनियरिङका ५९ जना विद्यार्थीलाई रु. २८ लाख ६४ हजार ६५८ रुपियाँ बराबरको छात्रवृत्ति रकम वितरण-ख्वप कलेज

भक्तपुर

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातक तहमा भर्ना भई हाल दोस्रो, तेस्रो र चौथौ बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच कलेज संचालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले कलेजले नियमित रुपमा विद्यार्थीहरुलाई प्रदान गर्दैै आएको छात्रवृत्तिले धेरै विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न अवसर पाएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप वार्षिक ४ करोड २५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले छात्रवृत्ति सँगै नगरपालिकाले सहुलियत दरमा शैक्षिक ऋण समेतको व्यवस्था गर्दै आएको बताउनुभयो ।

देशको लागि योग्य र सक्षम नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयका ७ वटा कलेजहरु सञ्चालनमा ल्याएको बताउँदै देशको चिन्तन गर्ने नयाँ पुस्ता अहिलेको आवश्यकता भएको बताउँदै देशको भविष्य युवामा निहित हुने भए पनि नेपालका दक्ष नागरिकहरु विदेशिने क्रम बढेसँगै देश विकासको सम्भावना पनि पछाडि धकेल्दै गइरहेको छ भन्दै उहाँले युवाहरु विदेश पलायन हुनुमा सरकारको नीतिले पनि धेरै प्रभाव पारेको बताउनुभयो ।

विदेशमा क्षणिक सुख होला तर आत्मसन्तुष्टि कहिले नहुनु बताउनु हुँदै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै सेवा गर्नुपर्ने बताउनुभयो ।

अर्को एक प्रसंगमा सरकारले आ. व. २०८२/८३ को बजेटमा आगामी २ बर्षभित्र चामल र दालमा आत्मनिर्भर बन्ने योजना सुन्दा राम्रो लागेपनि तथ्यमा आधारित नरहेको बताउनुभयो । ३० बर्ष अगाडि चामल निर्यात गर्ने देशमा अहिले आयात गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै कृषिको लागि आवश्यक मलखाद्य उपलब्ध गराउने, स्वदेशमै रसायनिक मल कारखाना स्थापना गर्नुपर्ने, कृषकलाई आधुनिक उत्पादन प्रणाली सम्बन्धी तालिम दिनुपर्ने बताउनुभयो । “सरकारले सस्तो लोकप्रियताको लागि आकर्षक नीति तथा कार्यक्रम संचालन गर्नुभन्दा तथ्यमा आधारित भएर योजना अगाडि बढाउनु पर्छ । प्रमुख प्रजापतिले भन्नुभयो । चिनियाँ बैज्ञानिक युआन लङपिङले सन् १९७० को दशकमा पहिलो हाइब्रिड धानका प्रजातिहरु विकास गरी करौडौं जनतालाई भोकमरी र गरिवीबाट छुट्कारा दिलाएको चर्चा गर्नुभयो ।

स्वास्थ्य विमाको लागि छुट्याएको बजेट अपुग भएको चर्चा गर्दै यो आ.व.मा विभिन्न अस्पतालहरुको अझै पनि २६ अर्ब स्वास्थ्य विमाको रकम भुक्तानी गर्न बाँकी भएको बताउनुभयो ।

स्वच्छ पानी खाने हो भने रिजभायर सफा हुनुपर्छ । प्रमुख प्रजापतिले भन्नुभयो । “कुलिङ पिरियड” सम्बन्धी त्रुति कानुन निर्माण गर्ने स्थल संसदबाट हुनु गम्भिर विषय भएको बताउनुभयो ।

हाल पत्र पत्रिकामा आइरहेका विविध भ्रष्टाचारका समाचारहरुमा प्राविधिक इन्जिनियरिहरुको संलग्नताका समाचारहरु आइरहने चर्चा गर्दै अनैतिक काम गरेर पैसा कमाउने भन्दा पनि देश र समाजको सेवाकै निम्ति काम गर्नुपर्ने सुझाव दिनुभयो ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवं छात्रवृत्ति सिफारिस समितिका संयोजक श्री रविन्द्र ज्याख्वले छात्रवृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै ख्वप कलेज अफ इन्जिनियरिङलगायतका कलेजहरु स्थानीय सरकार र नगरबासी जनताको करबाट सञ्चालित गैरनाफामूलक सरकारी कलेज भएको बताउनुभयो । ख्वप सर्कल अन्तर्गतका कलेज र अन्य कलेजहरुबीचको भिन्नताबारे प्रष्ट पार्दै उहाँले यी कलेजहरु विद्यार्थी र अभिभावकहरुको विश्वसनीय कलेजको रुपमा सञ्चालनमा रहेको बताउनुभयो । कलेजले आर्थिक रुपले कमजोर तथा अध्ययनमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताउँदै विद्यार्थीले देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कलेजका प्राचार्य ई. सुनिल दुवालले आर्थिक कारणले विद्यार्थीको अध्ययनमा समस्या नहोस् भनी भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले गरिब र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले ख्वपका विद्यार्थीले कार्यस्थलमा उच्च नैतिकता तथा इमान्दारीता कायम गरेको उदाहरण प्रस्तुत गर्दै छात्रवृत्ति रकम सदुपयोग गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा दोस्रो, तेस्रो र चौथो बर्षमा अध्ययनरत मा भर्ना भई अध्ययनरत ५९ जना विद्यार्थीहरुलाई रु. २८ लाख ६४ हजार ६५८ रुपियाँ बराबरको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.