kathmanduonlinemedia.com

नगर प्रमुख प्रजापति र डा. पुकार चन्द्र श्रेष्ठबीच बिदाइ भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र अवकाश प्राप्त शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठबीच आज बिदाइ भेट भयो । नगर प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत भादगाउँले टोपी र खादा ओढाएर उहाँलाई बिदाइ गर्नुभयो ।

सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा अंग प्रत्यारोपण केन्द्रको भूमिका उल्लेखनीय रहेको बताउँदै बिरामीको निःस्वार्थ रुपमा सेवा गरी एक इमानदार चिकित्सकको परिचय बनाउन सफल हुनुभएकोमा डा. श्रेष्ठको प्रशंसा गर्नुभयो ।

डा. श्रेष्ठको तीन कार्यकाल सफल रहेको बताउँदै उहाँले भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा पु¥याउनुभएको योगदानको लागि धन्यवाद दिनुभयो । उहाँले सरकारी सेवाबाट अवकाश लिए पनि स्वास्थ्य क्षेत्रमा देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गर्नुभयो ।

भक्तपुरमा हुने सभा सम्मेलनमार्फत स्वास्थ्य सम्बन्धी जानकारी दिएर मृगौलासम्बन्धी जनचेतना फैलाउनमा डा. पुकारको ठूलो योगदान रहेको पनि बताउनुभयो ।

भेटमा डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा आफूले तीन कार्यकाल अर्थात् १२ वर्ष काम गरिसकेको प्रष्ट पार्दै केन्द्रले हालसम्म १५०० भन्दा बढीको मृगौला प्रत्यारोपण र ३५ वटा कलेजो प्रत्यारेपण सम्पन्न गरेको जानकारी दिनुभयो ।

केन्द्रको हरेक काममा नगरपालिकाको साथ र सहयोग अविस्मरणीय रहेको बताउँदै उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहने

बताउनुभयो ।

भेटपश्चात प्रमुख प्रजापतिले डा. श्रेष्ठलाई नगरपालिकाका प्रकाशन र प्रसिद्ध ‘मयुर झ्याल’ मायाको चिन्हको रुपमा प्रदान गर्नुभयो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.