यम बुद्द इस्केट पार्क आधा काम भैसकेको काठमान्डौ मेयरको जानकारी

३ वर्षको संघर्षपछि यमबुद्ध Skateboard पार्कको सपना साकार हुँदैछ!मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको शहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ। सुरुमै बजेट छुट्याइएको थियो काठमाडौ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधन पछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।

तर काठमाडौं–५ का वडा अध्यक्षज्यू बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाहरुको अग्रसरतामा सोही अन्ततः २०८१/ २/२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ।

यो पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ। अहिले निर्माण करिब ५०% पूरा भइसकेको छ। यस पार्कमा मुख्य विशेषता भने अरु पार्कमा भन्दा फरक शैलीमा बन्दै छ!

प्रमुख संरचनाहरू:

  • अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित)
  • बालबालिकाको खेलमैदान
  • ओपन जिम
  • ट्वाइलेट ब्लक
  • भलिबल कोर्ट

निर्माण कम्पनीले समयमै निर्माण सम्पन्न गर्ने कुरामा भने दुबिधा छन् !नेपालमा हरेक निर्माण कार्यहरु समयमा सकिएको अझै सम्म न्यून संख्याको रेकर्ड नेपालमा प्रसस्तै छन्!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading