kathmanduonlinemedia.com

समुदाय- प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न

काठमाडौं

महानगरपालिका वडा नं. २३ बसन्तपुरमा नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्य र २३ नं. वडाध्यक्ष मचाराजा महर्जनज्यूको सभाध्यक्षतामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलज्यू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यू, काठमाडौं स्थित विभिन्न नगरपालिकाका नगर प्रमुखज्यूहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्र.ना.म.नि. ओम प्रसाद अधिकारीज्यू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलज्यू, माईती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोईराला, वरिष्ठ कलाकार हरिवंश आचार्य, किरण के.सी., संगीतकार योगेश्वर प्रसाद अमात्य, नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न नगरपालिकाका उप-प्रमुखहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, काठमाडौं जिल्लाका विभिन्न वडाका वडा अध्यक्षहरु, प्रशासकिय अधिकृतहरु, विभिन्न कार्यालयका प्रमुखहरु, सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सिनियर प्रहरी अधिकृतहरु, नागरिक समाज, स्थानीय, युवाहरु, संचारकर्मीहरु, समाजसेवीहरु, अभियान्ताहरु, कलाकारहरु,पूर्व प्रहरी कर्मचारीहरु, विद्यार्थीहरु तथा प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

हाम्रो प्रहरी कार्यक्रममा Nepal Police Band र नेपाल प्रहरी संगीत विद्यालयको प्रस्तुति, एलिस राई लगायतका कलाकारहरूको नाटक, Kuma Sagar & The Khwopa Band, स्थानीय नेवारी नृत्य लगायत प्रस्तुतीकरण रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक श्री दान बहादुर कार्कीज्यूले प्रहरी कार्यालयको पुनःसम्भार र पुनःर्स्थापनामा सहयोग गर्नुहुने प्रतिनिधिमूलक रुपमा ५१ जना व्यक्तिहरूलाई सम्मान स्वरुप कदर पत्र प्रदान गर्नुभएको थियो भने काठमाडौंका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी +2 मा अध्ययनरत १६ जना विद्यार्थीहरुलाई प्रहरी सद्भावना दूत टीम घोषणा गरी व्यानर प्रदान गर्नुभएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.