kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत प्रहरी सम्मान

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत हुने प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच बधाई तथा सम्मान गर्नुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा उक्त आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आफ्नो व्यावसायिक ज्ञान एवम् लगनशीलताको उच्च प्रदर्शन गर्दै खटिएको ठाउँमा अनुसन्धानको क्षेत्रमा गरेको उत्कृष्ट कार्यसम्पदानको मुल्याङ्कनको आधारमा पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी संगठनको तर्फबाट हार्दिक बधाई दिनुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको उद्देश्य पुर्ति गर्दै राष्ट्रलाई सुशासनतर्फ डोर्‍याउन उक्त आयोगमा खटिएका प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत थप व्यावसायिकता प्रदर्शन गर्दै इमानदारिताका साथ अझ कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.