
रामेछाप नगरपालिका–२ देउरालीमा भएको ट्रक दुर्घटनामा मन्थली नगरपालिका–७ भटौलीस्थित श्रुद्रक्षेश्वर माविका शिक्षक डोरप्रसाद घिमिरेको उपचारका क्रममा नि’धन भएको छ। मतदान अधिकृतको जिम्मेवारी लिएर गएका थिए घिमिरे, मतदानस्थल नपुग्दै सँधैका लागि विदा भए।
उनलाई मन्थली अस्पतालमा पुर्याइए पनि बचाउन सकिएन। घिमिरे रामेछाप नगरपालिका–२ साँघुटार वडा कार्यालय भवन ‘ख’ मतदान केन्द्रका मतदान अधिकृतका रूपमा खटिएका थिए। सोमबार अपराह्न निर्वाचन सामग्री तथा कर्मचारी लिएर मतदानस्थलतर्फ जाँदै गरेको निशान ट्रक वडा कार्यालय नजिकैको सिरूवारी भीरबाट खसेर दु’र्घटना भएको हो। मतदान अधिकृतको जिम्मेवारी सम्हालेर गएका घिमिरे मतदानस्थल नपुग्दै सधैंका लागि विदा भएका छन्। घट’नापछि स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी घाइ’तेहरूलाई उप’चारका लागि अस्पताल पठाएका थिए।
फाल्गुण १८ गते निर्वाचन सामाग्री तथा निर्वाचनमा खटिएका कर्मचारी बोकेको जिप रामेछाप नगरपालिका–२ सिरुबारीमा दुर्घटना हुँदा गम्भिर घाईते भएका ७ जना जनालाई नेपाली सेनाको हवाई साधनद्वारा काठमाडौँ ल्याईएको छ ।