kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनौट परीक्षा सम्पन्न

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष लिँदै आएको छात्रवृत्ति छनौट परीक्षा शनिबार सम्पन्न भयो ।भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि एसईई परीक्षाको नतिजा प्रकाशनपछि पालिकाले परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि सिफारिस गर्ने गरिन्छ ।

८ सय १ जना परीक्षार्थीहरुमध्ये ७ सय १५ जना सहभागी भएको परीक्षामा विज्ञान विषयमा ४ सय ४४ जना व्यवस्थापन विषयमा २ सय ३९ मानविकी विषयमा ८ जना कानुन विषयमा १७ जना र शिक्षा विषयमा ७ जनाले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विभिन्न विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि परीक्षा दिएका हुन् ।

ख्वप कलेज देकोचा केन्द्रमा सञ्चालन भएको छनौट परीक्षाको निरीक्षण भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र भक्तपुर नगरपालिका ७ नं वडाका वडा अध्यक्ष उकेश कवांले गर्नुभएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.