17
Feb
काठमाडौं – राजधानीको व्यस्त चक्रपथ क्षेत्रमा सडकमा हिँडिरहेका एकजना कमजोर शारीरिक अवस्थाका वृद्धमाथि गाडीबाट ओर्लिएर कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको चप्पल कारखाना नजिकै भएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। सोमबार बिहान सार्वजनिक भएको भिडियोमा बा.३ च ११०३ नम्बरको जीपबाट ओर्लिएका एक अधवैँशे पुरुषले सडकमा पैदल हिँडिरहेका वृद्धमाथि अश्लील शब्द प्रयोग गर्दै पटक–पटक मुक्का प्रहार गरेको दृश्य देखिन्छ। भिडियोमा ती चालकले ‘ए जँडिया के भन्या ओई तैँले’ भन्दै वृद्धको टाउको र शरीरमा हातपात गरेको स्पष्ट देखिन्छ। चालकसँगै रहेकी एक महिला पनि वृद्धलाई गाली गर्दै आक्रामक रूपमा प्रस्तुत भएकी…