05
May
एक हृदयविदारक तस्बिर : बागलुङ जिल्लाको तारखोला गाउँपालिका–३ स्थित भुस्कात गाउँमा एक हृदयविदारक घटना घटेको छ, जसले अहिले सामाजिक सञ्जाललाई भावुक बनाइरहेको छ। गएको वैशाख १७ गते राति करिब ११:३० बजेतिर माया बिकको गोठमा अचानक आगलागी भयो। गोठभित्र गर्भवती काली भैंसी र उसको डेढ वर्षको राँगो थुनिएको थियो। आगलागी यति तीव्र थियो कि राँगो तुरुन्तै जलेर मृत्यु भयो, तर भैंसी भने गम्भीर रूपमा घाइते भएर जिउँदै बचिन्। भैंसीको अवस्था अत्यन्तै पीडादायक थियो। उसका छाला पूरै जलेका थिए, दुवै आँखा फुटेका थिए, मुखबाट फिँज निस्किरहेको थियो। न ऊ कराउन सक्थी, न केही खान सक्थी, न त सुस्ताउन नै सक्थी। त्यो दृश्य…