भक्तपुरमा २ लाख ४४ हजारभन्दा बढी विदेशी पर्यटकहरूको आगमन

भक्तपुरमा आ.व. २०८१।८२ मा २ लाख ४४ हजार ८६८ जना पर्यटकको आगमन भएको छ । त्यसमध्ये १ लाख २९ हजार ३८१ जना (गैरसार्क) र १ लाख १५ हजार ४८७ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) रहेका छन् । गत आर्थिक वर्ष २०८०।८१ को तथ्याङ्क हेर्ने हो भने एक वर्षको अवधिमा २ लाख ४५ हजार ५९३ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए । सोही आ.व. मा गैरसार्क १ लाख १६ हजार ४०१ जना, सार्क राष्ट्र र चीनका १ लाख २९ हजार १९२ जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्क छ । आ.व. २०८१।८२ मा पर्यटक शुल्कबाट भक्तपुर नपाले रु. २९ करोड ११ लाखभन्दा बढी रूपैयाँ सङ्कलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २३ करोड ३३ लाख ७८ हजार ७६० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ५ करोड ७७ लाख ४३ हजार हजार पर्यटन शुल्क उठेको छ । गत आ.व. २०८०÷८१ मा पर्यटक शुल्कबाट भक्तपुर नपाले रु. २७ करोड ४५ लाख भन्दा बढी रूपैयाँ सङ्कलन ग¥यो । जसमा गैरसार्क पर्यटकबाट रु. २० करोड ९९ लाख ७५ हजार ९५० भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट रु. ६ करोड ४५ लाख ९६ हजार पर्यटन शुल्क उठेको छ । आ.व.२०८०÷८१ को तुलनामा यस आ.व. २०८१÷८२ मा रु. १ करोड ८३ लाख १२ हजार ४६० रूपैयाँ बढी पर्यटक प्रवेश शुल्कबाट नपाको आय वृद्धि भएको हो । भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार आ.व. २०८१÷८२ मा सबैभन्दा बढी भारतबाट पर्यटकहरू भक्तपुर घुम्न आएका छन् । भारतबाट मात्रै ७९ हजार १३२ जना पर्यटकहरू नेपाल आएका छन् । त्यसपछि चीनबाट सबैभन्दा बढी पर्यटक भक्तपुर घुम्न आएको देखिन्छ । चीनबाट करिब ३६ हजार १३५ जना पर्यटकहरू भक्तपुर भ्रमणमा आएका छन् । त्यस्तै संरा अमेरिकाबाट १६,५५८, जर्मनीबाट ११,७८८, फ्रान्सबाट ११,७५४, इटालीबाट ८,२२८, स्पेनबाट ७०९८, जापानबाट ६७३३, इङ्गल्याण्डबाट ६५०२, अस्ट्रेलियाबाट ४९६८, ताइवानबाट ४६६०, हल्यान्डबाट ४१६५, पोल्यान्डबाट ३०९३, रसियाबाट २८८२, थाइल्यान्डबाट २५९५, दक्षिण कोरियाबाट २५४३, इजरायलबाट २५१९, क्यानडाबाट २३६०, मलेसियाबाट २०९९, बेल्जियमबाट १९५४, टर्कीबाट १६४३, स्वीट्जरल्यान्डबाट १६३१, ग्रीसबाट १४१३, मेक्सिकोबाट १३३०, चेकबाट १३३०, ब्राजिलबाट १३०८, अस्ट्रियाबाट १२०५, सिंगापुरबाट ११८०, अर्जेन्टिनाबाट १०२७, डेनमार्कबाट १०१३, हङ्गेरीबाट ९५७, स्वीडेनबाट ७२२, पोर्चुगलबाट ६८४, न्युजिल्यान्डबाट ६१७, नर्वे ५१०, आयरल्यान्डबाट ४७३, चिलीबाट २५९, फिनल्यान्ड २३९, दक्षिण अफ्रिकाबाट २२७, आइसल्यान्डबाट ६८ र अन्य देशबाट ९२६७ गरी २ लाख ४४ हजार ८६८ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेको तथ्याङ्कले प्रष्ट पार्छ । आ.व. २०८२।८३ देखि भक्तपुर नगरपालिकाले डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग प्रतिप्रर्यटक ने.रु. १८०० लाई रु. २००० कायम गरी पर्यटक शुल्क सङ्कलन गर्दै आएको छ । साथै नपाले सार्क तथा चिनियाँ पर्यटकहरूलाई रु. ५००।– शुल्क सङ्कलन गर्दै आएको छ । भक्तपुर नगरपालिकाले हाल खौमा, सानो ब्यासी, ठुलो ब्यासी, महाकाली, बेखाल, मूलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरूबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरूसँग पर्यटक शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरूलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गर्दै आएको छ । भक्तपुर नपामा हाल दैनिक औसतमा ४÷५ सयको हाराहारीमा विदेशी पर्यटकहरू भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्याङ्कले देखाउँछ । भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधासम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकको लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामको लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ । भक्तपुर नपाअन्तर्गत स्थानीय पथप्रदर्शक परिचालन समिति बनाई स्थानीय पथप्रदर्शकहरूलाई पुनतार्जगी तालिमका साथै आवश्यक व्यवस्थापन पनि गर्दै आइरहेको छ । भक्तपुर नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा पहिलो र दोस्रो कार्यकालमा गरी २०७२ सालपछि हालसम्म ६९ वटा पाटी, ४७ वटा मन्दिर, १५ वटा द्योछेँ, २२ वटा पोखरी, ९ वटा सत्तल, ९ वटा इनार, ५ वटा मठ, ढुङ्गेधारा ९ र अन्य विविध १५ समेत गरी २०४ वटा सम्पदा पुनःनिर्माण सम्पन्न गरेको छ भने हाल १४ वटा सम्पदाहरू निर्माणाधीन अवस्थामा छन् । भक्तपुरको मौलिकता बचाइराख्न परम्परागत घर निर्माण गर्ने घरधनीहरूलाई इँटा, काठ, झिङ्गटीको लागि दिँदै आएको अनुदानलाई निरन्तरता दिँंदै आएको छ । सोहीअनुरूप भक्तपुर नपाले भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाली भएको ३ वर्ष कार्यक्रममा मौलिक शैलीमा घर बनाउने ७ जना घरधनीलाई रु. १४ लाख ७५ हजार १४४ बराबरको अनुदान रकम वितरण गरेको थियो । कला संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई प्रशिक्षित गर्न र व्यवहारिक ज्ञान दिएर सीप सिकाउन विद्यालयहरूमा सांस्कृतिक गुरुहरूको व्यवस्था गरी संस्कृतिलाई जीवन्तता दिने नीति भक्तपुर नपाले लिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी आवश्यकताअनुसार नगरका विभिन्न स्थानसम्म सहज रूपमा पुग्न सक्ने गरी सानो आकारको विद्युतीय सवारीसाधनको व्यवस्था गर्ने योजना नपाको रहेको छ । गाईजात्रामा प्रस्तुत हुने सांस्कृतिक विधाहरूको प्रतिस्पर्धा, सांस्कृतिक बाजा प्रतियोगिता, सांस्कृतिक गुरु सम्मान, सांस्कृतिक प्रशिक्षण तथा तालिमलाई पनि नगरपालिकाले निरन्तरता दिँदै आएको छ ।  

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु चोकमा नगरपालिकाले पुरातत्वविद्, प्राज्ञ तथा संस्कृतिविद्हरुको उपस्थितिमा स्थानीय जनताहरुसंग शुक्रबार अन्तरसंवाद गरेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले सम्पदाले संस्कृति र सभ्यताको प्रतिविम्बित गर्ने हुँदा मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले आप्mनो अध्ययनकालमा वाने लाय्कुको कार्यपत्र तयार गरेको स्मरण गर्नुहुँदै यसबारे आधिकारिक लेख र सन्दर्भ सामग्रीको अभावले सही सूचना सम्प्रेषण हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई इतिहास र संस्कृतिबारे सूचित गराउँदा सम्पदा संरक्षणमा अपनत्व कायम हुनेमा जोड दिँदै कार्यक्रमले वाने लाय्कुबारे सही सूचना प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरमा ख्वप लाय्कु, बलम्पु लाय्कु र वाने लाय्कु गरी तीनवटा लाय्कु रहेको चर्चा गर्दै तत्कालीन त्रिपुर दरवारबाट पूर्वतिरको राजकुल वा राजदरवार भएकोले वाने लाय्कु भनिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लाय्कुको अर्थ राजदरवार त हो नै, त्यसका साथै सत्ता, शक्ति, संस्कृति र सुरक्षाको पनि केन्द्र हो ।’ त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले वाने लाय्कुको इतिहास र यससंग सम्बन्धित संस्कृतिबारे अध्ययन अनुसन्धान नभएकै कारण उपेक्षाकृत भएको उल्लेख गर्दै ऐतिहासिक कालखण्डमा वानेलाय्कुमाथि पटक पटक आक्रमण भएकोले यहींको भग्नावशेष ईटाबाट ख्वप लाय्कुमा तलेजु मन्दिर निर्माण गरिएको तथ्य उजागर गर्नुभयो । उहाँले राजकुलको पहिलो विकास भएको थलो नै वाने लाय्कु हो भन्नुभयो । सह प्राध्यापक विश्वमोहन जोशीले शासक वर्गले कुनै पनि समाजलाई ध्वस्त पार्न त्यहाँको शिक्षा र संस्कृतिमाथि आक्रमण गर्ने गरेका ऐतिहासिक तथ्यहरु प्रकाश पार्दै भक्तपुर नगरपालिकाले नेवाः संस्कृति र जीवनशैलीको पुनः जागरण अभियान थालेको बताउनुभयो । दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले तथ्यले प्रमाणित गरेको किम्बदन्तीले इतिहास बोल्ने चर्चा गर्दै चाँगुबाट कलश यात्रा भक्तपुरमा नल्याई मल्ल कालमा हनुमानढोका, शाह कालको पछिल्लो समयमा नारायणहिटी र गणतन्त्रपछि हाल शितल निवास लग्नु सत्ता र शक्तिकै खेल हुनसक्ने र इतिहासलाई यसरी बंग्याउन नहुनेमा जोड दिनुभयो । संस्कृतिका अध्येता विनोदराज शर्माले वाने लाय्कुको जलद्रोणीमा ने.सं ७६८ मा पद्मराज राजोपाध्याय उल्लेख गरिएको चर्चा गर्दै वाने लाय्कुबाट वर्षेनी हुने पुजाविधिबारे जानकारी गराउनुभयो । त्यस्तै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले वाने लाय्कुको इतिहास र यसको साँस्कृतिक महत्व थाहा पाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको औचित्यताबारे प्रष्ट पार्दै सम्पदाको महत्व नबुझ्दा एउटा पुस्ताले पुरातात्विक महत्वका थुप्रै सम्पदाहरुलाई खेलौना बनाई नष्ट गरेको बताउनुभयो । उहाँले वाने लाय्कुको ऐतिहासिक महत्वबारे सर्वसाधारण जनतालाई समेत सरल भाषामा अवगत गराउन सके यसको संरक्षणमा स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । अन्तरसंवाद कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, इतिहास र संस्कृतिका अध्येताहरु, स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरु, पर्यटन व्यवसायी तथा स्थानीय जनताको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

Read More

सुदुर पश्चिम दर्चुलाको मार्मा तपोवन

मार्मा गाउँपालिकाको संक्षिप्त परिचय: वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर  (२–९) र सितोला १-४ र ९ )  लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा  दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र  दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका  रहेका छन। यस मार्मा गाउँपालिकाको क्षेत्रफल  २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ ।  मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) ,  क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली,  लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु  रहेका छन ।  यस मार्मा गाउँपालिकामा  विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक  रुपमा  एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ । मार्मा गाउँपालिका तपोबन मा बि तपोवन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, दार्चुला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२९३ रहेको थियो जसमध्ये १११२ पुरुष र ११८१ महिला रहेका थिए भने यहाँ ४०५ घरधुरी रहेको थियो। यो हाल मार्मा गाउँपालिकामा पर्दछ। बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ। दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ। अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ। चमेलिया नदी किनारमा रहेको तातोपनीको मुहान्मा स्नान गर्नले विभिन्न रोघहरू निको हुने धर्मिक बिस्वास छ।हिउद् महिनामा यस् थाउम नुहाउन आउने मानिशरुको भिद् लाग्ने गर्दछ। सुन्दर प्राकृतिक छटाहरूको बीचमा रहेका तपोवन भूमिमा माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ। रातभर हजारौँ भक्तजनहरूले ‘धुनी जगाएर’ जाग्राम बसेपछि माघे सङ्क्रान्तिको बिहान झिसमिसेमा चमेलिय नदीको किनारमा तातो पानीको फोहरा उम्लन थाल्छन्।अप्पी हिमालको फेदीबाट हिउँझैँ बगेर आउने सेतीको किनारको चिसो पानीसँगै तातोपानीको फोहरामा स्नान गर्न पाउँदा भक्तालुजनहरू निकै आनन्दित हुने गर्छन्। माघे सङ्क्रान्तिका दिनमा निस्केको तातोपानीको फोहरा माघ महिनाभरि उम्लने गर्छ। प्रत्येक दिन झिसमिसेमा तातोपानी बिस्तारै बढी मात्रामा निस्कने र सूर्य अस्ताउन लाग्दा कम हुँदै जाने गर्छ। तपोवन भूमिमा पहिलोपटक पुग्ने जो कोही व्यक्ति पनि बिहानको समयमा बढी तातोपानी आउने र दिन ढल्कँदै जाँदा पानी उम्लन पनि कम हुँदै जाने क्रमले यहाँ दैविक शक्तिको प्रभाव परेको विश्वास गर्न विवश हुने गर्छन्। अर्को कुरो यहाँको तातोपानीको फोहराका स्नान गरी पितृलाई ‘पिण्ड दान’ गर्दा सहजै वैतणिर् तर्न सकिने धार्मिक विश्वास पनि रहेको छ। यो भूमि धार्मिक दृष्टिले बझाङ, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला मात्र होइन छिमेकी मुलुक भारतको उत्तराञ्चल, उत्तराखण्डलगायतका दक्षिण भारतबाट समेत हजारौँ भक्तजनहरू माघ महिनामा आउने गर्छन्। बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ। दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ।अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ।    

Read More
Back To Top