म्हेंदोमाया कलाकार संघको नया कार्यसमिति चयन

काठमान्डौ म्हेंदोमाया कलाकार संघको दशौँ बार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज काठमाडौँको सामखुसी क्वालिटी क्याफेमा सम्पन्न भएको छ। Mhendo (म्हेन्दो, Maya (माया) कलाकार संघ नेपालको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट निर्वाचित नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्य १.अध्यक्ष : आरम्भ तामाङ २.उपध्यक्ष : किर्तिमान तामाङ ३.महा सचिव : शिशिर थोकर ४.सचिव : लक्ष्मी स्याङतान ५.कोषध्यक्ष : मान बहादूर गूरूङ सदस्य: ६.सिता लामा ७.रितु तामाङ ८.शान्ती माम्बा ९.ममता गुरुङ १०.सन्जू तामाङ ११.लोकेन्द्र तामाङ १२.दुर ब्रेभ गुरुङ १३.प्रकाश वाईबा १४.सुमन घले १५.प्रमिला तामाङ १६.लिलु तामाङ १७.करिसा तामाङ कार्यक्रममा म्हेंदोमाया कलाकार संघका विभिन्न कलाकार तथा राजनीतिक दल लगायत समाजसेवामा लागिरहनुभएका तामाङ समुदायका समाजसेवीहरु पनि यस कार्यक्रममा उपस्थित भएको थियो। नुवाकोट,रसुवा र धादिङका तामाङ समुदायमा धेरै वर्ष पहिलेदेखि गाउँघरमा मेलापात र घासदाउरा गर्ने स्थानमा मात्रै सीमित रहेको म्हेंदोमाया गीतसंगीतलाई पछिल्लो पुस्ताले आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्नको निमित्त विभिन्न माध्यमबाट म्हेंदोमाया गीतलाई दर्शक श्रोतामाझ हरेक क्षेत्रको बिषयबस्तुलाई गीतमा सिर्जना गरेको छ| यसरी गीतसंगीत कै बिषयलाई केन्द्रित गर्दा धेरै पहिले तामाङ् भाषाको पनि पश्चिम भेगमा मात्र बुझ्न सजिलो हुने शब्दहरुको गित बजारमा ल्याएको थियो! यसको सिर्जना गर्ने कलाकारहरु प्राय जसो धादिंग जिल्लाको सेम्जोंग, चौतार,सत्यदेबी,किम्तंग भेगको कलाकारको मुख्य भूमिका थियो! यसपछिको दिनमा म्हेंदोमाया गीतको बजारमा केहि बिस्तार भए र दर्शक श्रोताको मनमा गित गुन्जन थालेपछि नुवाकोट दङ्सिङ,काप्रे,हुदै धादिंग जिल्लाको पात्ले धुवाकोट भेगमा पनि गीतको प्रभाव बढेको थियो! म्हेंदोमाया गीतको सर्जक एबम दर्शक श्रोताको मन मस्तिकमा पर्न सफल स्वरको धनि रमला पाख्रिन हुन्! रमला पाख्रिन,लेख योन्जन,टिका तामाङ् लगायत अन्य थुप्रै कलाकारको योगदान,उहाहरुको सिर्जना र कलाको कदर गर्दै पछिल्लो चरणमा नुवाकोट,धादिंग र रसुवाको थुप्रै तामाङ् कलाकारहरु छन्! म्हेंदोमाया गीतलाई आफ्नो संस्कृति र संस्कार अनुसार जगेर्ना गर्न पहिलेदेखि नै तामाङ समुदायमा कलाकारको रुपमा अघि सार्दै लेख योन्जन लगायत थुप्रै कलाकारहरुले सङ्घर्ष गर्दै अहिलेको नयाँ पुस्ताका कलाकारहरूले झन् यसलाई निकै नै दुःख गरेर दर्शक तथा श्रोताहरूको माझमा पुर्याउन सफल भएको छ। अहिलेको यो आधुनिक युगमा पनि तामाङ समुदायमा यसरी लोप हुन  लागि रहेको म्हेंदोमाया गीतलाई आजको नव कलाकारहरूले संस्कृतिलाई पनि जगेर्ना गर्न सफल भएको छ भने आफ्नो भाषा रीतिरिवाज र भूगोलमा भएको संस्कृतिको झल्को अझै बढाएको छ।हरेक क्षेत्रमा कलाकारहरूले गरेको योगदान र कलाकारहरूको भूमिकाले आफ्नो संस्कृतिलाई जोगाउन निकै नै मद्दत पुगेको कुरा अग्रज कलाकारहरूले यस कार्यक्रममा आफ्नो मन्तव्य राखेर पनि जानकारी गराएका थिए। गितसंगीत सिर्जना र श्रोताको माग बढ्दै गएको बेलामा नुवाकोट जिल्लामा सागर एस वाइबाले पनि ठेट स्थानीय भाषालाई गीतमा उतारेर नयाँ शैलीमा म्हेंदोमाया गीतको स्थान स्थापित गर्न सफल भए! अहिलेको पश्चिम भेगीय तामाङ् समुदायको सस्कार,सस्कृति जोगाउने र चिनाउने काम कर्तब्य कलाकारको मात्रै होइन भन्ने कुरा सिंगो तामाङ् समुदायले बुझ्न जरुरि छ! आफ्नो स्थानीय सास्कृति,सस्कार जगेर्ना गर्ने जिम्मेवारी हरेक नागरिक स्तर देखि विभिन्न समाजसेवी,संघसस्था,राज्यको निकाय र देशको राजनीतिक पार्टीहरुको दायित्व भित्र पर्दछ| नेपालमा हरेक जात धर्म विशेषको आफ्नै मौलिकता भएको देश हो।मौलिकता हुँदाहुँदै पनि हाम्रो तामाङ समुदायमा अझ पूर्वी भेगमा तामाङ सेलो निक्कै नै चल्छ भने अहिले यो पश्चिम भेगमा म्हेंदोमाया गीतको पनि चर्चा अघि बढिरहेको पछिल्लो दिनहरूको आधुनिक तामाङ कलाकारहरूको उपस्थितिले पनि संकेत गरिसकेको छ| बागमती प्रदेशमा विशेषगरी तामाङ समुदायकै बहुल्यता छ। बागमती प्रदेशमा रामेछाप,दोलखा,सिन्धुपाल्चोक,सिन्धुली चितवन,मकवानपुर,नुवाकोट,धादिङ,रसुवा र काभ्रेपलाञ्चोक लगायत थुप्रै जिल्लाहरूमा यसरी तामाङ समुदायको बसोबास र बहुल्यता बढी नै छ! देशको गहना देशको सम्पत्ति संस्कृति पनि हो। देशमा भएको आफ्नो भेषभूषा कला संस्कृतिलाई जगेर्ना गर्नु संरक्षण गर्नु राज्यको दायित्व भित्र पर्छ राज्यले यसरी देशभित्र रहेको विविध किसिमको संस्कृति र कलालाई जोगाउनु सकियो भने देशमा भएको कलाकारहरु देखि लिएर विभिन्न पेशा व्यवसायमा लागेको व्यवसायीहरुलाई पनि एउटा व्यावसायिक मार्ग हुनसक्छ। विश्वको यस्तो देशहरू हुन्छन् जहाँ आफ्नो संस्कृति कला र संस्कारलाई विश्वसामु चिनाउन सफल हुन्छ र यसै सफलता सँगसँगै त्यहाँका स्थानीय बासिन्दा त्यहाँका जीविको चलाउने व्यवसायीहरु पनि त्यहाँ रोजगारको सिर्जना गर्न सकिन्छ। यसरी कलाकारहरूले संस्कृतिलाई जोगाउन सक्यो भने र राष्ट्रमा जिम्मेवार निकायमा रहने जिम्मेवार संस्थाले पनि आफ्नो संस्कृति र कलालाई संरक्षण गर्न सक्यो भने देशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणहरु विश्वको कैयौं देशहरुमा देख्न सकिन्छ|   यहि बिषयमा तामाङ् समुदायबाट प्रतिनित्व गर्ने राजनितिक दलको नेता,समाजसेवीहरु समुदायको सास्कृति-हाम्रो गहना हो| हाम्रो पहिचान हो भन्ने मुल मन्त्रका साथ अघि बढेमा म्हेंदोमाया गीतसंगीतको पनि लोप हुनबाट जोगाउन सकिने म्हेंदोमाया कलाकार संघको केहि सदस्यहरुले काठमान्डौ अनलाइन टिमलाई जानकारी दिनुभएको छ!          

Read More

सबैले जोजो सिवालाई घृणा गर्छन्

जोजो सिवा कसरी विकसित हुँदैछ, पोशाकदेखि कोरियोग्राफीसम्म। पप स्टार बनेकी बाल स्टार जोजो सिवाको संसार, जो टिभी स्टार बनेकी छिन्, पर्दामा देखिने भन्दा पनि सानो छ। उनको गृहस्थल, स्टुडियो सिवा, क्यालिफोर्नियाको बर्ब्याङ्कमा एउटा अविवेकी कुनामा अवस्थित छ। बन्दुक पसलको छेउमा, यो पसिनाले भिजेको खुट्टा जस्तै गन्ध आउने हरियो कोठा भएको नाङ्गो, कालो नृत्य स्टुडियो हो। जिज्ञासु यात्रुहरूले सिवालाई उनको अनग्लैमरस फिशबोलमा काम गरिरहेको देख्न रंगीन झ्यालहरूबाट सजिलै हेर्न सक्छन्।   युरोपेली भ्रमणको तयारी गर्न सिवा हालै आफ्ना नर्तकहरू र टोलीसँग त्यहाँ पुगिन्। अर्को दिन, जब उनी एल्टन जोनको “आई एम स्टिल स्ट्यान्डिङ” को नसामा बाँचेको गीत, “आई एम स्टिल डान्सिङ” बजाउन आफ्नो फोनमा स्क्रोल गरिरहेकी थिइन्, गुफा स्टुडियोमा केही आवाज आयो।   “हामीसँग भूत छ,” उनले भनिन्, जब उनका चार ब्याकअप नर्तकहरूले विनम्रतापूर्वक हाँसे। “उनको नाम भेरोनिका हो।”   केही सेकेन्ड पछि, सिवाले आफ्नो घृणा गर्नेहरूको बारेमा गीत प्रस्तुत गर्न थालिन्, आफ्नै नामले चकित पारिएको घरमै बनाएको जर्सी लगाएर।   सिवाले आफ्नो युवा जीवनको आधा भन्दा बढी समयसम्म विशिष्ट प्रसिद्धि र आकर्षक स्टारडमको बीचमा छटपटी गरिरहेकी छिन्। बाल्यकालमा, उनले “डान्स मम्स” मा कोचजिला एबी ली मिलरको क्रोधको मार बेहोर्नुपर्‍यो र त्यसपछि रियालिटी टिभी त्यागेर निकलोडियनको सुन्तला चरन क्षेत्रको लागि, अत्यन्त सफल व्यापारिक साम्राज्यको अध्यक्षता गरिन्। १७ वर्षको उमेरमा, उनको खेलौना बिक्री कमाईको शिखरमा, उनी लेडी गागाको “बोर्न दिस वे” को लागि सेट गरिएको टिकटकमा क्वियरको रूपमा बाहिर आइन्। उनी “द मास्क्ड सिंगर” र एन्ड्युरेन्स प्रतियोगिता कार्यक्रम “स्पेशल फोर्सेस” मा देखा परिन्। गत वर्ष, २१ वर्षको उमेरमा, उनले प्रसिद्धिको अलि बढी परिपक्व चरण सुरु गरिन् जसको क्रममा उनले “गे पप” लाई “संगीतको नयाँ विधा” को रूपमा वर्णन गरिन् र आफ्नो अनुहारलाई KISS Kewpie पुतली जस्तै रंगाइन्।   “यो गाह्रो छ, किनकि केही चीजहरू म पछाडि फर्केर हेर्छु र मलाई लाग्छ, ‘जोजो, तिमी के गर्दै थियौ?’” उनले भनिन्।   सिवा र उनको सानो, चम्किलो कक्षामा रहेकाहरूले कसम खान्छन् कि अब उनी पहिलेभन्दा धेरै आफैं छिन्; खुसी पनि छिन्। त्यसोभए, नयाँ र सुधारिएको जोजो सिवा को हुन् जसलाई उनी अहिले संसारले जान्न चाहन्छिन् – भ्रमणमा, टिभीमा, टिकटकमा?   “मलाई आफ्नो बारेमा थाहा भएको कुरा यहाँ छ: मलाई थाहा छ म २२ वर्षको छु। मलाई थाहा छ म राम्रो दिनमा लगभग ५ फिट ८, ५ फिट ९ अग्लो छु। मलाई थाहा छ मेरो दाहिने खुट्टा र देब्रे खुट्टा छ। मलाई थाहा छ मेरो नीलो-हरियो-हेजल आँखा छ। र मलाई थाहा छ मेरा दाँत नक्कली छन्। र मलाई थाहा छ मेरो नाम जोजो हो। अरू सबै कुरा केवल मानव जीवन हो र सधैं परिवर्तनशील छ। अरू सबै कुरा। र यो सुन्दर छ,” उनले भनिन्। सिवाको संगतमा बिताएको दिउँसो उनी के हुन् वा बन्न चाहन्छिन् भन्ने बारेमा अवास्तविक अवलोकनहरूले भरिएको हुन्छ। यो दुर्लभ छ कि, २२ वर्षको उमेरमा, कसैले आफ्नो सम्पूर्ण “कुरा” पत्ता लगाएको छ, र उनी धेरै कुराहरू भएकी छिन्: एक कामदार, एक स्टारलेट, एक रोल मोडेल, एक स्व-घोषित “खराब केटी,” एक स्थायी बच्चा, एक चिन्तित वयस्क जसले मानिसहरूलाई उनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै।   सिवाको बारेमा एक मात्र कुरा मिल्दोजुल्दो छ कि उनी मानिसहरूलाई पागल बनाउनमा धेरै राम्रो छिन्।   समलिङ्गी पपले धुन पाउँछ गत वर्ष, उनले माइली साइरसको “ब्याङ्गर्ज” युगको आफ्नै संस्करणको रूपमा कल्पना गरेको कुरामा आफ्नो संगीतलाई वयस्कतामा तान्ने प्रयास गरिन्। तर MTV मा ट्वर्क गर्नु वा नग्न संगीत भिडियो फिल्म गर्नुको सट्टा, सिवाले प्राइड कन्सर्टहरूमा स्टेजमा फायरबलको लामो तान लिइन् र लेस्बियन हृदयविदारकको बारेमा गाउँदै आफ्नो टाउकोमा काटिएको टेडी बियर लगाएकी थिइन्। उनले “संगीतको नयाँ विधा … ‘गे पप’ भनिने” बारे धेरै मूर्खतापूर्ण स्पष्ट बयानहरू दिइन् र दाबी गरिन् कि उनको पुस्ताको कुनै पनि स्टारले कलात्मक रूपमा “यति नाटकीय परिवर्तन” गरेको छैन। उनले नयाँ, अलि बढी वयस्क संगीतको EP जारी गरिन् जसलाई रोलिङ स्टोनमा गरिएको विनम्र समीक्षाले पनि “पहिचान संकट” सँग तुलना गरेको छ।   “सबै कुराले तपाईंलाई भोलिको जस्तो बनाउँछ, तपाईंका सबै अनुभवहरू,” उनकी आमाले उनलाई सम्झाइन्, सिवाको गीत “यस्टर्डेज टुमारोज टुडे” लाई लगभग उद्धृत गर्दै, जुन यस विगतको युगको भ्रमपूर्ण नामकरण गरिएको अवशेष हो।   जोजो सिवाले गत जुनमा शिकागो प्राइडमा फायरबलको एक स्वीग लिन्छिन्।   जोजो सिवाले गत जुनमा शिकागो प्राइडमा फायरबलको एक स्वीग लिन्छिन्।   सिवा सहमत भइन् कि उनलाई पछुताउनु पर्ने थोरै छ, विशेष गरी यस अवधिले मानिसहरूलाई उनलाई गम्भीरतापूर्वक लिन बाध्य पारेकोले: “मलाई याद छ कि मैले त्यसो गर्नु अघि, मलाई बच्चाको रूपमा हेरिएको थियो। र मैले त्यो पूर्ण रूपमा तोडें।”   तैपनि, त्यो पुन: ब्रान्डको नतिजाबाट समग्रमा असन्तुष्ट, सिवा यस वर्षको पुनर्निवेशको लागि निस्किइन्। उनले चम्किलो जर्सी र नरम चम्किलो आँखाको छायाँको लागि काँटेदार कपाल र अनुहारको रंगको व्यापार गरेकी छिन् — र उनी स्टेजमा घुमिरहेकी वा आफ्ना दर्शकहरूलाई सी-शब्द चिच्याइरहेकी छैनन्।   नयाँ नयाँ जोजो अझ बढी विभाजनकारी छिन्, किनभने उनले एक पुरुषलाई डेट गर्न थालिन्। उनले LGBTQ अधिकारको लागि आफ्नो स्वर वकालतलाई कम गरेकी छिन्, यस प्रक्रियामा केही समलैंगिक प्रशंसकहरूलाई टाढा बनाएकी छिन्। र उनले “बेट्टे डेभिस आइज” को खराब प्राप्त कभर र एक साथ भिजुअल जारी गरिन् जसले “ट्रेडवाइफ” तुलना कमाएको थियो।   केही महिना पछि, सिवाले आँखा नघुमाई गीतको पूरा शीर्षक भन्न सक्दिनन्।   “मलाई विश्वास गर्नुहोस्, म अहिले त्यो गीतमा सबैभन्दा ठूलो घृणा गर्ने व्यक्ति हुँ,” उनले भनिन्। “म भन्दा अरु कसैले ‘बेट्टे डेभिस’ लाई घृणा गर्न सक्दैन।”   सिवाले यस वर्षको सुरुमा १९८१ मा किम कार्नेसले कन्सर्टमा लोकप्रिय बनाएको गीत कभर गरिन्, र “मानिसहरूले यसलाई मन पराए,” उनले भनिन्। त्यसपछि उनले यसलाई रेकर्ड गरिन्, यसको रिलिजलाई एउटा क्लिपको साथ जिस्क्याइन् जसमा उनले घुमाउरो गोरो विग, मोती र फ्लोरल क्रप टप लगाएकी छिन्, जुन उनले स्टेजमा र बाहिर लगाउने स्पोर्टी इन्सेम्बलहरू भन्दा धेरै टाढा छ। जब उनीहरूले सिवाको किरकिरा स्वरको आलोचना गरिरहेका थिएनन्, आलोचकहरूले सौन्दर्यशास्त्रमा उल्लेखनीय प्रस्थानमा ध्यान केन्द्रित गरे, “ट्रेडवाइफ” को लुकसँग तुलना गर्दै।   “यो मूलतः हेलोवीन पोशाक थियो,” उनले तथाकथित ट्रेडवाइफ गेटअपको बारेमा भनिन्। “मानिसहरूले साँच्चै सोचेका थिए कि म सबै कुरा परिवर्तन गर्दैछु – जस्तै, धिक्कार छ, यो राम्रो विग थियो! मलाई थाहा छैन ‘ट्रेडवाइफ’ कहाँबाट आयो।”   तर गीत टुर सेटलिस्टमा रह्यो, किनभने उनी घृणा गर्नेहरूलाई पूर्ण रूपमा आत्मसमर्पण गर्दिनन् र किनभने केही मानिसहरूलाई अझै पनि यो मन पर्छ। सिवाले भनिन् कि उनी हरेक रात योसँग डराउँछिन्।   “अब जब म ‘बेट्टे डेभिस आइज’ गाउँछु, यो ‘यहाँ हामी जान्छौं’ जस्तो छ।” स्फटिकमा रिबुट गर्दै जब सिवा रिहर्सल गरिरहेकी थिइन्, जोजो सिवा™ पछाडिको मेसिनले स्फटिक बजाउँदै थियो। सिवाकी आमा, जेसलिन, र बुबा, टम, उनको टुर…

Read More

डा .विनय दाहालको नयाँ गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत  ‘सहीछाप ‘सार्वजनिक भएको छ। डा .विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार  डिपी खनालको शब्दरचना र देवेन्द्र बरालको संगीत रहेको छ। गीतलाई विश्व अधिकारीले एरेन्ज गरेका हुन। पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी सुरेश कोहली र सजना गुरुङको अभिनय रहेको भिडियोमा नवराज उप्रेतीको सिनेमाटोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोलाई चर्चित निर्देशक मौसम हिमालीले निर्देशन गरेका हुन। लामो समय देखि अमेरिकामा रहेर पेशाले चिकित्सक रहेका डा. विनय  र पेशाले अधिबक्ता रहेकी मुक्ता गीत गायनमा पनि उत्तिकै अब्बल बन्ने कोसिसमा रहेका छन् । यसअघि मुक्ता पान्डेद्वारा गाइएको धेरै कभर गीतहरुलाई सामाजिक संजाल फेसबुकमा धेरै रुचाईएको थियो। ‘सहीछाप ‘ गीतलाई पनि यसअघिका कभर गीतहरु जस्तै दर्शकले मन पराउनेमा मुक्ता बिस्वस्त रहेकी छिन। चिकित्सक विनय र अधिबक्ता मुक्ताको युगल गीत ‘सहीछाप’ सार्वजनिक युगल गायनमा पनि जम्दै चिकित्सक र अधिबक्ताको सफल जोडी (भिडियो सहित ) अमेरिकाबाट आयो  कभरगीतमा लोकप्रिय मुक्ता पान्डेको अफिसियल  गीत ‘सहीछाप’  सार्वजनिक भएको छ | डा .विनय दाहालको नयाँ गीत  ‘सहीछाप’ सार्वजनिक भिडियो लिंक https://www.youtube.com/watch?v=eGXvOAKN7F8&t=2s  

Read More

 जुम्लामा नयाँ देउडा गीतको छायंकन घोडासिन गाँउमा

  जुम्लामा नयाँ देउडा गीतको छायंकन घोडासिन गाँउमा सकिएको छ | नेपालको सुदुरपश्चिम जुम्लामा देउडा गीतको छायांकानको क्रम त्यहाको स्थानीय मौलिक्क्त झल्किने यस किसीमको प्रस्तुतिले नेपालको पश्चिम क्षेत्रमा भएको सास्कृतिक महत्वलाइ कलाकारले पनि उजागर गर्ने मौका मिलेको छ देउडाको अर्थ : देउडालाई नेपाली बृहत् शब्दकोश (२०५७) पृष्ठ ६२६ का अनुसार देउडा (ना.) पश्चिम नेपालको लोकगीत तथा चल्ने गीतको एक ताल हो । देउडा शब्दको शाब्दिक अर्थ हो टेडो, बांगो वा छड्के सामूहिकरूपमा देउडा खेल्दा पादपंतिm डेउडी पर्ने हुँदा यसलाई देउडा खेल भनिएको हो । बुढाक्षेत्री, हर्कबहादुर (२०६९), स्नातकोत्तर शोधपत्र, पृ.१ देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गर्नुभएको हो । उहाँले कोल घुमेजस्तै गरेर गोलाकाररूपमा खेलिने खेललाई देउडा भनिन्छ, भन्नुभएको छ । (उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता) देउडालाई देवरागको रूपमा पनि स्वीकारिन्छ । देवरागको अपभ्रंश रूप नै वर्तमानको बोलीचालीमा देउडा हो । देउडा खेल्दा पाइला देउडी हान्ने भएकाले यो खेललाई देउडा भनिएको हो । लामिछाने, मनोहर (२०६५), लोकसाहित्य र संस्कृतिका केही पाटाहरु पृ.८८. हामी खुट्टाको चालमा देउडा खेल्छौं । त्यसरी खुट्टा चाल्ने प्रक्रियालाई पैतलो भनिन्छ । त्यो पैतलो हान्दा हामी डेड स्टेप हान्छौं । एउटा स्टेप हान्दा हाम्रो खुट्टा पूरा जान्छ, अर्को हान्दा आधा । गीत गाउँदा पनि दुईटा पंक्तिमा एउटा पंक्तिको श्लोक पहिलो चोटि पूरा जान्छ, दोस्रोपटक आधा उच्चारण हुन्छ । यसरी देउडा खेल्दा होस् गाउँदा डेडीको प्रमुखता भएकाले देउडा नाम रहन गएको भन्न सकिन्छ । उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता देउ र डा देउ भनेको देवता र डा भनेको देवताको स्तुतिबाट सुरू गरी जीवनका विविध आयामहरूको डाको छोडेर लयबद्घरूपमा गाउनु भन्ने अर्थ हुन्छ । साउद, मोहनकुमार (२०७२), स्नातकोत्तर शोधपत्र पृ.१, डेउडा शब्दको व्युत्पत्ति डेढ खुट्टाले पैतला मिलाई सामूहिकरूपमा गाइने वा खेलिने हुनाले सम्बन्धित क्षेत्रमा दर्शकहरूबाट बढी लोकप्रियता हासिल गरेको गीत देउडा गीत हो । जोशी, होमनाथ (२०७२), स्नातकोत्तर शोधपत्र पृ.१ देउडा नामले बोलाइने स्वतन्त्र गेयात्मक अभिव्यक्तिलाई देउडा भनिन्छ । पन्त, जयराज देउडा पुस्तक (२०६४), पृ.१ यसरीमाथिका भनाइलाई संश्लेषण गर्दा देउडा भनेको पश्चिम नेपालको उत्कृष्ट लोक संस्कृति हो । जुन गाउन र खेल्न मिल्छ । यो निश्चित चाडपर्वमा गाइने र यी गीतहरूमा विभिन्न देवताहरूको चरित्रगाथा समेटिएको हुनाले देउताको गाथा अथवा देवराग पनि भन्न सकिने देखिन्छ । यसैगरी पैतला चाल्दा होस् गीत गाउँदा होस् डेडीको प्रमुखता हुने भएकाले यो गीतको नाम देउडा भन्न सकिन्छ । देउडा गीतको परिचय; देउडा नाचमा गाइने गीतलाई पनि दोहोरी भनिन्छ । नाचसँगै ठिटाठिटीहरूले देउडा गीत गाउँछन्, यो गीतमा बाजा बजाउने चलन छैन, देउडागीत सुदूरपश्चिमको प्रसिद्ध लोकसंस्कृति हो । रिमाल, प्रदीप (२०५३), कर्णाली लोकसंस्कृतिखण्ड ५,पृ.९ नेपाली सञ्चार माध्यममा पहिलोपटक गाउने प्रथम गायक कर्णाली प्रदेश जुम्ला जिल्लाका तत्कालीन कात्तिकस्वामी गाविस वडा नम्बर २ बोहोरा गाउँमा जन्मनु भएका महाशंकर देवकोटा हुनुहुन्छ । उहाँले २०२०-०९-०९ मा पहिलोचोटि रेडियो नेपालमा गाउनु भएको थियो । जुन गीत यस प्रकार छ । लाइ भोट्या खर्सुको साँगु, तर भोट्या तर्दैन पानी तिर्खा मेटिजान्छ, लाई माया मर्दैन । प्रथम गायक महाशंकर देवकोटाका अनुसार देउडा गीत बिरामीको लागि औषधिजस्तै हो । दिनभरि काम गरेर थाकेको शरीर साथीसँग बसेर देउडा गीत गाएर खेल खेल्दा थकाइ पनि मेटिन्छ र विचार पनि आदानप्रदान हुन्छ । देउडा गायनको उत्पत्ति सामवेदबाट भएको हो । प्राचीनकालमा देवताले गाएर नाच्ने गर्दथे जुनकुरा गीतबाट प्रष्ट हुन्छ । राजा ठूला नेपालका देउ ठूला सरुका देउता त रमाइला हुन्छन्, गाउँघरहरूका खेल खेल्दा खुट्टा देउडा बांगा गरेर चलाउने तथा देब्रे खुट्टा अगाडि बढाउने तथा देउडीएर खेल्ने भएकाले देउडा भनिएको हो । पाण्डे गोविन्दप्रसाद (२०६०), डेउडाको विगतदेखि वर्तमानसम्म देउडा गीतमा प्राकृतिक प्रवाह र स्वतन्त्र मौलिकता छ । यिनमा भाषाको मूल स्रोत स्थानीय प्रकृति, विविध हृदयका भावअंकूर, नाना रस, अनेक अलंकार, निश्चल हृदयका स्वच्छ विचार एवम् प्रकारका सहृदयगम्य सूक्ष्म अतिक्रितिम, प्रकृति र मनोहर लोकसाहित्यको प्रवाह पाइन्छ । तीर्थयात्रा, माडुपैठ, हाडबाट, छैटी, विवाह, व्रतबन्ध एवम् अनेक आर्तवजातीय उत्सवहरू गीतका रोकी नसक्ना मूल फुट्दछन् । स्व. योगी, नरहरी नाथको इतिहास प्रकाशमा व्यक्त विचार पृ.६ विश्वविजेता सूर्यवंशी शक (खस) जातिकी कूल देवी बडिमालिका मलयगिरी पर्वततिर गमन गर्नु अघि उहाँ देउरा वा देउराली भनिने आफ्नो जन्मथलोमा बस्नुहुन्थ्यो र उहाँको जन्मदिवसमा भक्तजनहरूले उहाँको सम्मानमा एउटा सामूहिक नृत्य लोकगीतका रूपमा प्रस्तुत गर्दथे र त्यो गायन र नृत्य देउरा वा देउरालीमा हुने भएकाले त्यसलाई देउडा भनिन्थ्यो । देवकोटा, रत्नाकर (२०६०), भूमिका लेखन, पाण्डे गोविन्दप्रसाद, देउडा विगतदेखि वर्तमानसम्म हामी यसलाई न्याउल्या गीत भन्छौं । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्ययन गर्दा न्याउल्या संस्कृति, न्याउली चरीको गीतजस्तै सुमधुर भएकाले सोहीअनुसार नामाकरण गरेको पाइन्छ । देउडा त पछि आएको हो । २०१५/१६ साल फागुनतिर जनकविकेशरी धर्मराज थापा पश्चिम भ्रमणमा गएर त्यहाँको गीतसंगीतको अवलोकन गर्नुभयो । सोही समयमा होरी खेलेको देख्नुभयो । त्यो खेललाई होरीका देउडा भनिन्छ । उहाँ काठमाडौं फर्केपछि गोलाकाररूपमा खेलिने सबै देउडा हुन् सोच्नुभयो सायद । उहाँ त्यसबेला रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले त्यहाँ रेकर्ड गरेको कार्यक्रम जब देउडाभन्दै रेडियो नेपालबाट प्रसारण हुँदा जनमानसमा पश्चिममा खेलिने खेल सब देउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा उहाँले व्यक्तिगत धारणाको आधारमा भन्नुभएको थियो । कसैलाई थाहा नभएको कुरा एक्कासी रेडियो नेपालबाट देउडा भनेर बजाएपछि सुदूरपश्चिमका सबै कुरा देउडा भए । यसरी सञ्चारमाध्यमबाट देउडा प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजीब्रोमा झुण्डियो । यसको मौलिक नाम न्याउल्या नै हो । उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता । सुदूरपश्चिमका ९ जिल्ला तथा कर्णालीका पूरै जिल्ला र पहाडी जिल्लाहरूमा प्रचलित लोकसंस्कृतिको उत्कृष्ट नमूना हो, देउडा गीत । लामिछाने, मनोहर (२०६५), लोकसाहित्य र सांस्कृतिको केही पाटाहरू पृ.८० कसैलाई रैबार लाउँदा मायामोह साटासाट गर्दा खुसी हुँदा पीडा अभिव्यक्त गर्दा पनि देउडा एक अब्बल माध्यमको रूपमा स्थापित भएको छ । इतिहासलाई अध्ययन गर्दा, अग्रजहरूसँग साक्षात्कार गर्दा, लेकमा सामल पठाउँदा, प्रदेशबाट रैबार पठाउँदा, प्रेमी र प्रेमीका बीच संवाद गर्दा शुभविवाह वा बालक जन्मिँदा होस् देउडाको सहारा लिने प्रचलन आफैँ कायमै छ । धमला, कृष्णराज (२०७३), भूमिका लेखन, बिष्ट रत्नकमल, पौला झल्का, देउडा गजलसंग्रह पृ४ कर्णालीमा प्रचलित देउडा नृत्य र गीत कविला समाजको उत्पादन हो । यो गीत तथा नृत्यमा कुनै जातीय लिंगीय, विभेद छैन । देउडा गीतमा सामन्ती सामाजिक उत्पादनदेखि पूँजीवादी प्रभाव र क्रान्तिकारी विद्रोहको संवेग पनि पाइन्छ । कुँवर, राजबहादुर (२०६९), कर्णाली वर्गसंघर्षको आँखीझ्यालबाट पृ.१०५ पश्चिम नेपालका मागल, भस्मो, धमारी, छलिया, चाचरीहरू पनि छन् तर देउडा जति लोकप्रिय अरु छैनन् । देउडामा श्रृंगार रस छ । देशप्रेमको भाव छ । गरिबीको कथा छ । दरिद्रको व्यथा छ । समाजमा कथित माथिल्लो वर्गले गरिबमाथि गरेका अत्याचारका व्यथा छन्…

Read More

रुसी स्कुलकी छात्रा बिलबोर्डको शीर्ष 10 मा

‘सिग्मा ब्वाई’ यसअघि युट्युब, टिकटोक र साजानमा भाइरल भएको थियो। दुई रूसी स्कुलकी केटीहरूको एउटा भाइरल गीतले क्याटी पेरी, बोन जोवी र केशा जस्ता विश्वव्यापी सङ्गीत हेभिवेटहरूको ट्र्याकहरूलाई पछाडि पार्दै बिलबोर्डको शीर्ष दस नृत्य हिटहरूमा स्थान बनाएको छ। ‘सिग्मा ब्वाई’ गीतले जनवरी 15 मा ‘हट डान्स/पप सङ्ग्स’ विधामा सातौँ स्थान लिएको थियो। यो ट्र्याक बेट्सी भनेर चिनिने 11 वर्षीया स्वेतलाना चेर्टिचेभा र 12 वर्षीया मारिया यान्कोव्स्काया, रूसी सङ्गीतका दुई उदीयमान ताराहरूले रेकर्ड गरेका थिए। नोभेम्बरमा रिलिज भएको, गीतले युट्युब, टिकटोक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा भाइरल हुनु अघि चाँडै घरेलु रूपमा आकर्षण प्राप्त गऱ्यो। युट्युबमा मात्रै सिग्मा ब्वाईले 54 मिलियन भ्यूज तथा स्पटिफाईमा 3.8 मिलियन प्लेज पाएको छ। यो गीत मिम भिडियोमा पनि देखाइएको छ, जसमा इटालियन फुटबल क्लब अटलान्टाको एउटा पनि समावेश छ, र प्रागमा हकी खेलको क्रममा बजाइयो। आरटीसँग कुरा गर्दै बेट्सीका बुबा र निर्माता मिखाइल चेर्टिसेभले बिलबोर्डमा गीतको सफलतामा आफ्नो आश्चर्य र गर्व व्यक्त गर्दै दुवै केटीहरू यो समाचारबाट “पूर्ण रूपमा खुसी” भएको बताए। तथापि, वर्तमान भूराजनीतिक अवस्था र पश्चिममा रुसी विरोधी भावनाहरूलाई ध्यानमा राख्दै बिलबोर्डद्वारा छनोट हुनु अप्रत्याशित थियो भनी उनले उल्लेख गरे। “एउटा अचम्मको कथा… उनीहरूका लागि अप्रत्याशित। तर म गीतको शक्तिमा विश्वास गर्छु, यदि एउटा गीत प्रतिभाशाली छ भने, सबै प्रतिबन्धहरूको बावजुद यसको उत्कृष्ट भविष्य छ, “उनले भने। यद्यपि, सिग्मा ब्वाईको बिलबोर्ड चार्टमा समावेश उल्लेखनीय थियो, केटीहरूले उनीहरूको अनलाइन लोकप्रियतालाई अझ बढी महत्त्व दिन्छन् भनी उनले थपे। “सन् 1990-2000 को दशकमा हुर्केका पुस्ताका लागि विदेशी सङ्गीत चार्टमा प्रवेश गर्नु सपना थियो। तर नयाँ पुस्ताका लागि, 1.5 मिलियन टिकटोकले उनीहरूको गीत प्रस्तुत गर्ने वा शाजमको विश्व शीर्ष चार्टमा हुनुको अर्थ बिलबोर्डमा देखा पर्नुभन्दा बढी हो, “उनले भने। स्वेतलानाले पनि आरटीसँग आफ्ना विचारहरू साझा गरिन्ः “म धेरै खुसी भएँ। विश्वव्यापी चार्टमा सातौँ स्थानको अर्थ धेरै हुन्छ। तर, साँच्चै भन्नुपर्दा, मैले बिलबोर्डलाई कहिल्यै पछ्याएको छैन, किनभने किशोरकिशोरीहरू युट्युब, टिकटोक, शाजाम जस्ता सामाजिक सञ्जालहरूमा बढी रुचि राख्छन्। यदि हामीले त्यहाँ ठुलो सङ्ख्या देख्यौँ भने, हाम्रो लागि यसको धेरै अर्थ हुन्छ। ” चेर्टिसेभका अनुसार, ‘सिग्मा ब्वाई’ को सफलताले विश्वव्यापी सङ्गीत प्रवृत्तिहरूको विकसित प्रकृतिलाई प्रकाश पार्छ। उनले भने, “गीतहरूलाई सफल हुन ठुलो प्रचार र कोष चाहिन्छ भन्ने गलत धारणा छ”, जबकि यस चरणमा, एउटा गीतले न्यूनतम लगानीका साथ सामाजिक सञ्जालमार्फत थप अन्तर्राष्ट्रिय लोकप्रियता प्राप्त गर्न सक्छ।

Read More

रुसी स्कुलकी छात्रा बिलबोर्डको शीर्ष 10 मा

‘सिग्मा ब्वाई’ यसअघि युट्युब, टिकटोक र साजममा भाइरल भएको थियो। दुई रूसी स्कुलकी केटीहरूको एउटा भाइरल गीतले क्याटी पेरी, बोन जोवी र केशा जस्ता विश्वव्यापी सङ्गीत हेभिवेटहरूको ट्र्याकहरूलाई पछाडि पार्दै बिलबोर्डको शीर्ष दस नृत्य हिटहरूमा स्थान बनाएको छ। ‘सिग्मा ब्वाई’ गीतले जनवरी 15 मा ‘हट डान्स/पप सङ्ग्स’ विधामा सातौँ स्थान लिएको थियो। यो ट्र्याक बेट्सी भनेर चिनिने 11 वर्षीया स्वेतलाना चेर्टिचेभा र 12 वर्षीया मारिया यान्कोव्स्काया, रूसी सङ्गीतका दुई उदीयमान ताराहरूले रेकर्ड गरेका थिए। नोभेम्बरमा रिलिज भएको, गीतले युट्युब, टिकटोक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा भाइरल हुनु अघि चाँडै घरेलु रूपमा आकर्षण प्राप्त गऱ्यो। युट्युबमा मात्रै सिग्मा ब्वाईले 54 मिलियन भ्यूज तथा स्पटिफाईमा 3.8 मिलियन प्लेज पाएको छ। यो गीत मिम भिडियोमा पनि देखाइएको छ, जसमा इटालियन फुटबल क्लब अटलान्टाको एउटा पनि समावेश छ, र प्रागमा हकी खेलको क्रममा बजाइयो। आरटीसँग कुरा गर्दै बेट्सीका बुबा र निर्माता मिखाइल चेर्टिसेभले बिलबोर्डमा गीतको सफलतामा आफ्नो आश्चर्य र गर्व व्यक्त गर्दै दुवै केटीहरू यो समाचारबाट “पूर्ण रूपमा खुसी” भएको बताए। तथापि, वर्तमान भूराजनीतिक अवस्था र पश्चिममा रुसी विरोधी भावनाहरूलाई ध्यानमा राख्दै बिलबोर्डद्वारा छनोट हुनु अप्रत्याशित थियो भनी उनले उल्लेख गरे। “एउटा अचम्मको कथा… उनीहरूका लागि अप्रत्याशित। तर म गीतको शक्तिमा विश्वास गर्छु, यदि एउटा गीत प्रतिभाशाली छ भने, सबै प्रतिबन्धहरूको बावजुद यसको उत्कृष्ट भविष्य छ, “उनले भने। यद्यपि, सिग्मा ब्वाईको बिलबोर्ड चार्टमा समावेश उल्लेखनीय थियो, केटीहरूले उनीहरूको अनलाइन लोकप्रियतालाई अझ बढी महत्त्व दिन्छन् भनी उनले थपे। थप पढ्नुहोस्ः किन डोस्तोव्स्की टिकटोकमा ट्रेन्डिङ हुँदै छ “सन् 1990-2000 को दशकमा हुर्केका पुस्ताका लागि विदेशी सङ्गीत चार्टमा प्रवेश गर्नु सपना थियो। तर नयाँ पुस्ताका लागि, 1.5 मिलियन टिकटोकले उनीहरूको गीत प्रस्तुत गर्ने वा शाजमको विश्व शीर्ष चार्टमा हुनुको अर्थ बिलबोर्डमा देखा पर्नुभन्दा बढी हो, “उनले भने। स्वेतलानाले पनि आरटीसँग आफ्ना विचारहरू साझा गरिन्ः “म धेरै खुसी भएँ। विश्वव्यापी चार्टमा सातौँ स्थानको अर्थ धेरै हुन्छ। तर, साँच्चै भन्नुपर्दा, मैले बिलबोर्डलाई कहिल्यै पछ्याएको छैन, किनभने किशोरकिशोरीहरू युट्युब, टिकटोक, शाजाम जस्ता सामाजिक सञ्जालहरूमा बढी रुचि राख्छन्। यदि हामीले त्यहाँ ठुलो सङ्ख्या देख्यौँ भने, हाम्रो लागि यसको धेरै अर्थ हुन्छ। ” चेर्टिसेभका अनुसार, ‘सिग्मा ब्वाई’ को सफलताले विश्वव्यापी सङ्गीत प्रवृत्तिहरूको विकसित प्रकृतिलाई प्रकाश पार्छ। उनले भने, “गीतहरूलाई सफल हुन ठुलो प्रचार र कोष चाहिन्छ भन्ने गलत धारणा छ”, जबकि यस चरणमा, एउटा गीतले न्यूनतम लगानीका साथ सामाजिक सञ्जालमार्फत थप अन्तर्राष्ट्रिय लोकप्रियता प्राप्त गर्न सक्छ।  

Read More
Back To Top