नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य र सरसफाइमा गरेको रुपान्तरणले आज देशकै नमुना नगरपालिका बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राष्ट्रिय स्तरमै सेवा उपलब्ध गराउँदै आएको बताउँदै उहाँले विभिन्न चुनौतीहरु पार गर्दै नगरपालिकाले कलेज र अस्पताल स्थापना गरेको स्मरण गर्नुभयो । विद्यार्थी जीवनमा हुने सानो गल्ती र हेलचेक्र्याइँले विद्यार्थीको जीवन संकटमा पुग्न सक्नेतर्फ सचेत पार्दै उहाँले आफ्नो भविष्य अरुले होइन, आफैले बनाउने हो भन्नुभयो । नगरपालिकालाई आमनिर्भर बनाउने बाटोमा अग्रसर भइरहेको बताउँदै उहाँले सरकारले जनतालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिन नसक्दा युवाहरु विदेशिने क्रम झन् बढिरहेको प्रष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयले गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य राखेको बताउँदै नगर प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभयो । उपप्रमुख रजनी जोशीले नर्सिङ पेशा विशुद्ध बिरामीहरुको सेवासँग जोडिएको संवेदनशील विषय भएको बताउँदै नर्सहरु आफ्नो कर्तव्य र दायित्वबाट सुसूचित हुनुपर्ने बताउनुभयो । उहाँले नर्सिङका विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै अस्पतालमा र समुदायमा गरेर जनतासँग नजिक बसेर काम गर्ने अवसर पाउने बताउँदै नपाबाट सञ्चालित सातवटै कलेजहरुको उद्देश्य जनताको सेवा गर्नु हो भन्नुभयो । भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले ख्वप सर्कलका शैक्षिक सस्थाहरुको अभिभावकत्व ग्रहण गरिरहेको बताउँदै शिक्षि, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो । उहाँले ख्वप सर्कल अन्तर्गतका कलेजहरु स्थापनामा धेरै संघर्ष गर्नुपरेको प्रसंग जोड्दै ख्वप नर्सिङ कलेजले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै सीप, व्यवहार सिकाउँदै अवसर र चुनौतीहरुको सामना गर्न अब्बल बनाउने बताउनुभयो । ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले संस्था स्थापनाको उद्देश्यबारे मनन गरेर अगाडि बढन्पर्नेमा जोड दिँदै अध्ययनको सिलसिलामा विदेशिने विद्यार्थीहरु पढाइ सकेर देशमै फर्कने अठोट गर्न सक्नुपर्छ भन्नुभयो । कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरुले आफ्नो अध्ययन पूरा गरिसकेपछि आफ्नो दक्षताअनुसारको सेवा गर्ने लक्ष्य राख्नुपर्ने बताउँदै विद्यार्थी ख्वपको गहना र गौरव हो भन्नुभयो । उक्त कार्यक्रममा नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोलले नर्सिङ पेशामा आबद्ध हुनेहरुमा बिरामीको सेवा गर्ने भावना हुनुपर्ने, शिक्षिका मुना लवजूले संस्था सञ्चालन र विद्यार्थीहरुको वृत्ति विकासमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालक समितिको संयुक्त पहल आवश्यक भएको बताउनुभयो  

Read More

आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था गरेको बताउनुभयो । भनपा वडा नं. ७ कार्यालयबाट आयोजित शैक्षिक ऋण लिई उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दे प्रमुख प्रजापतिले प्रत्येक विद्यार्थीहरुले आआफ्नो विषयमा विशेषज्ञता हासिल गरी देश र समाजको सेवामा लाग्ने आशा व्यक्त गर्नुभयो । सरकारी विद्यालय र कलेजहरुको शैक्षिक गुणस्तर कमजोर हुनुको कारण सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिनुले हो भन्दै उहाँले २७ हजार विद्यालयमा १५ हजार बढी विद्यालयमा १०० भन्दा कम विद्यार्थी हुन ५०० भन्दा बढी कलेजहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्नु शिक्षा क्षेत्रमा सरकारको असफलता हो भन्नुभयो । ‘भक्तपुरमा पहिले शैक्षिक क्षेत्र निकै कमजोर थियो । यहाँका समाजका अगुवाहरु र स्थानीय जनता, जनप्रतिनिधिको पहलमा आजको अवस्थामा पुगेको हो । भक्तपुरको शैक्षिक र समग्र विकासको किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र विभिन्न आन्दोलनमा भाग लिने जनताको महत्वपूर्ण योगदान छ’— उहाँले भन्नुभयो । पार्टी भनेको मान्छेको भिड नभई विचार र सिद्धान्तको आधारमा आदर्श समाज निर्माणको लागि संगठित जनताको जमात भएको बताउँदै उहाँले भनपामा नेमकिपाका कार्यकर्ताहरु जितेको कारण पार्टीको नीति तथा सिद्धान्त अनुसार जनताको हितमा काम भइरहेको उल्लेख गर्नुुभयो । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शैक्षिक ऋण दिएर नगरपालिकाले विद्यार्थीहरुलाई गुण लगाएको हुँदा पढाइ सकेपछि नेपालमै बसेर समाजको इमानदारीपूर्वक सेवा गरेर गुण तिर्नुपर्ने बताउनुभयो । शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा विद्यार्थीहरुले त्यसको सही प्रयोग गर्नुपर्नेतर्फ ध्यानाकर्षण गर्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघका सचिव दिनेश खड्गीले भनपाले शैक्षिक ऋण उपलब्ध गराउनु अत्यन्त सराहनीय कार्य भएको र इतिहास, भूगोल जस्ता विषयमा छात्रवृत्तिको व्यवस्थाले भक्तपुरका धेरै विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । शैक्षिक ऋण लिएर नर्सिङ उत्तीर्ण गरेकी संगिता तुईतुईले ऋणको व्यवस्था नभएको भए आफूले नर्सिङ पढाइ पूरा गर्न नसक्ने बताउँदै नपालाई ऋण प्रदान गरेकोमा धन्यवाद दिनुभयो । भनपा ७ मा ५३ जना विद्यार्थीले रु. ५ लाखका दरले ऋण स्वीकृति गरी भनपाबाट ऋण लिइ अध्ययन गरिरहेकोमा ९ जनाले ऋण चुक्ता गरिसकेका छन् । भनपाले ७५१ जनालाई ऋण स्वीकृत गरी रु. १५ करोडभन्दा बढी ऋण प्रवाह गरिरहेको छ । आ.व. २०८२।८३ को लागि पनि शैक्षिक ऋण सम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । नपाका अनुसार ६४ जनाले रु. ३ करोडभन्दा बढी ऋण फिर्ता गरिसकेका छन् ।  

Read More

विद्यार्थीहरुको स्वागत र अभिमुखीकरण कार्यक्रम

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२÷८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा शुक्रबार सम्पन्न भयो । विद्यालयको प्रा·णमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले भक्तपुर कला–संस्कृतिको क्षेत्रमा छुट्टै पहिचान र आफ्नै जाति र जनजातिको बाहुल्यता रहेको नगर भएको बताउनुभयो । उहा“ले भन्नुभयो, “देशका विभिन्न जिल्लाका भाषाभाषी, जनजातिको कला र संस्कृतिको पनि छुट्टै महŒव छ । हाम्रो देशमा रहेका जातजातिको जति पनि भाषाभाषी, कला र संस्कृति छन् ती सबै विश्वको कला र संस्कृतिभित्र पर्दछ । भक्तपुर नगरका केही मन्दिर र सांस्कृतिक धरोहरहरू विश्व सम्पदामा सूचिकृत छन् । त्यस्तै नेपालमा रहेका जातजाति, भाषाभाषीका सम्पदाहरू पनि विश्वकै सम्पदा हुन् । त्यसको संरक्षण हामीले गर्नुपर्छ† नेपाली जनताले गर्नुपर्छ ।” विद्यालयमा अध्ययनको क्रममा केही अप्ठ्यारा भएमा विद्यालय सञ्चालक समिति र शिक्षकहरूलाई आफ्नै अभिभावक ठानी समस्या पोखेमा समस्याको समाधानतर्फ विद्यालय परिवार लागिपर्ने उहा“ले बताउनुभयो । अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “अध्ययनरत विद्यार्थीले विद्यालयलाई आफ्नै घरको रूपमा हेर्नुहोला, आफ्नै घर ठानी माया गर्नुहोला ।” कार्यरत शिक्षक तथा कर्मचारीहरूको भाषा सभ्य र सुसंस्कृत हुनुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले भन्नुभयो, “कर्मचारीहरूको व्यवहार विद्यार्थीलाई चित्त दुख्ने खालको हुनुहुन्न । विद्यार्थीको दृष्टिकोण सकारात्मक हुने गरी शिक्षक कर्मचारीले जिम्मेवारी निर्वाह गर्नु जरूरी छ ।” कार्यक्रमका सभापति, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मा.वि. स्थानीय तहबाट सञ्चालित देशकै पहिलो अग्रणी संस्था भएको चर्चा गर्दै सर्वसाधारण जनताका छोराछोरीलाई सुलभ शिक्षा प्रदान गरी एक्काइसौ“ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने देशभक्त र कर्तव्यनिष्ठ नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनुभयो । नगर प्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षा भनेको राज्यको दायित्व हो, जिम्मेवारी हो, संविधानले देखाएको बाटो पनि यही नै हो ।” ख्वप मा.वि.को जगमा दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेको र आज ती शैक्षिक संस्थाहरू विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “यस वर्ष ख्वप मा.वि.मा कक्षा ११ मा मात्र ६८ जिल्लाका १,८२९ जना विद्यार्थी भर्ना हुनु खुसीको कुरा हो ।” गुणस्तरीय शिक्षाको लागि ख्वप माविमा भर्ना भएका विद्यार्थीहरूको विश्वासमा कमी आउन नदिन विद्यालय सञ्चालक समिति र भक्तपुर नगरपालिका लागिपर्ने प्रतिबद्धता उहा“ले व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “ख्वप मा.वि. भक्तपुर नगरपालिका र भक्तपुर नगरवासीको करबाट सञ्चालित भएकोले यसमा केही कमीकमजोरी भएमा कर दुरूपयोग भएको ठानी नगरवासीले चित्त दुखाउनेछ । यहा“ अध्ययनरत विद्यार्थी अनुशासित भएमा विद्यार्थीको अभिभावक, शिक्षकमात्र होइन भक्तपुर नगरवासी नै खुसी हुनेछन्† भक्तपुर नगरको विकास निर्माणमा कटौती गरी विद्यालय सञ्चालनमा गरेको खर्चले देशभरिका जनताका छोराछोरीलाई पढाउन पायौ“ भनेर नगरवासी खुसी हुनेछन् ।” कार्यरत शिक्षक–कर्मचारी र विद्यार्थीहरूले भक्तपुर नगरवासीको योगदानलाई कहिल्यै बिर्सन नहुने आशा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सम्भवतः शिक्षामा धेरै खर्च गर्ने नगरपालिकाहरूमा सबभन्दा माथि भक्तपुर नगरपालिका पर्दछ । यस वर्ष भनपाले ५४ करोड ४ लाखभन्दा बढी रकम अर्थात् भनपाको बजेटको २१.८ प्रतिशत शिक्षाको विकासको लागि विनियोजन गरेको छ ।” पढ्ने र श्रम गर्ने नाममा युवाहरूको बढ्दो विदेश पलायनले पढाउने शिक्षक र उपचार गर्ने चिकित्सकका साथै देश युवाविहीन हु“दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहा“ले अध्ययनरत विद्यार्थीले देशमै बसी सेवा गर्न सोच राख्नुपर्ने र अहिलेदेखि नै देशको सेवा गर्ने सोच राखेमा सुन्दर नेपालको नक्सा तयार गर्न सकिने र यस्तै विद्यार्थी तयार गर्ने उद्देश्य विद्यालयको रहेको बताउनुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “विदेशमा विद्यार्थी पठाउने केही शैक्षिक दलालीहरूले देशको शैक्षिक संस्थाहरू तहस नहस गर्दै छन्† यसतर्फ विद्यार्थीहरू सचेत रहनुपर्छ । ख्वप शैक्षिक संस्थाहरू शैक्षिक हडताल र बन्दबाट टाढा रही असल र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा अग्रसर छ ।” नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साथीहरूस“ग मित्रवत् व्यवहारका साथै मित्रवत प्रतिस्पर्धा हुनुपर्ने र मित्रवत् व्यवहारले सफलता प्राप्त गर्न सकिने बताउनुभयो । उहा“ले भन्नुभयो, “विद्यार्थीले विद्यालयलाई पि“जडा होइन घरको रूपमा लिनुपर्छ । त्यसको लागि विद्यालयलाई परिवारको सदस्यको रूपमा आफूलाई परिवर्तन गर्नुपर्छ ।” विद्यार्थीहरू अत्यन्त उत्सुक र जिज्ञासु हुनुपर्ने धारणा राख्दै प्रदेश सांसद गोसाईले उत्साह र जिज्ञासुलाई प्रेरणाको रूपमा लिए सफलतामा पुग्न सकिने बताउनुभयो । उहा“ले भन्नुभयो, “दुःख र सङ्घर्ष नगरी कुनै पनि उपलब्धि हासिल गर्न सकिन्न । यदि कसैले दान वा निगाहको रूपमा सफलता हासिल गरेमा त्यो नक्कलीमात्र हुनेछ । नक्कली सफलताको पछाडि विद्यार्थी लाग्नुहुन्न ।” भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने सपनालाई साकार पार्ने उद्देश्यले विद्यालय सञ्चालन भइरहेको र भनपा ख्वप विश्वविद्यालय सञ्चालनमा लागिपरेको बताउनुभयो । समाज परिवर्तन गर्न विद्यार्थी स्वयं अनुशासित र इमानदार हुनुपर्नेमा उहा“ले जोड दिनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जीवनको लक्ष्यप्रति आशावादी भएर लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो । ख्वप अस्पतालका निर्देशक डा. मजेशप्रताप मल्लले आफ्नो जीवनको लक्ष्य प्राप्तिप्रति गम्भीर भएर लाग्न र अभिभावकहरूस“ग नियमितरूपमा छलफल र भावना सातासात गर्न सुझाव दिनुभयो । ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मा.वि.को आफ्नै किसिमको गौरव र गरिमा रहेको जानकारी दि“दै विद्यार्थीहरू कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सामाजिक सञ्जाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समयको संवेदनशीलतालाई ध्यान दिन नसके जीवन लक्ष्यमा पुग्न गा¥हो हुने बताउनुभयो । ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरू प्रशान्त महतो र नेहा पटेलले पनि स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छे“ले ख्वप कलेजबाट प्रकाशित ख्वप जर्नलको अड्ढ –७ विमोचन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।  

Read More

ख्वप कलेजमा शिक्षक तथा कर्मचारी भेला

  भक्तपुर २०८१ फागुन १५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा आज कलेजमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको भेला सम्पन्न भयो । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले कलेज र विश्वविद्यालयहरु राजनैतिक कार्यकर्ता तयार हुने थलो भएको बताउँदै विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा र नियुक्तिले गर्दा सक्षम र योग्य व्यक्तिहरु ओझेलमा परिरहेको बताउनुभयो । जनताको अपेक्षाअनुसार मुलुकले आर्थिक प्रगति र समृद्धि हासिल गर्न नसकेको बताउँदै उहाँले सरकार असफल सावित भएको बताउनुभयो । शिक्षक तथा प्राध्यापकहरुले व्यापक दृष्टिकोण राखेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउनुपर्नेमा जोड दिँदै उहाँले परीक्षा उत्तीर्ण गर्ने उद्देश्यले मात्र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक जग कमजोर हुने बताउनुभयो । स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेमा जोड दिँदै उहाँले शासक दलहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताललाई सँधै पक्षपातपूर्ण व्यवहार गरिरहेको उल्लेख गर्नुभ्यो । भारतको ओडिसास्थित किट कलेजमा घटेको घटनामा सरकार नै मुख्य दोषी रहेको बताउँदै उहाँले सरकारले हरेक प्रदेशमा एउटा विश्वविद्यालय र अस्पताल सञ्चालनमा जोड दिए देशको सन्तुलित विकास हुने थियो भन्नुभयो । राजनीतिक नेता तथा कार्यकर्ताहरुले इमानदारीपूर्वक देश र जनताको पक्षमा राजनीति नगर्दा देशमा अनियमितता र भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उहाँले कुनै पनि देश विकासमा बुद्धिजीवीहरुले देश र समाजलाई अगाडि बढाउने उद्देश्यले काम गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप विश्वविद्यालय भक्तपुरको मात्र नभई देशकै गौरवको योजना भएको बताउँदै उहाँले शासक दलहरुबीच हरेक विषयमा भागबण्डा गर्ने गलत प्रवृत्तिकै कारण ख्वप विश्वविद्यालयको विधेयक अहिलेसम्म पारित हुन नसकेको बताउनुभयो । नेपालमा अमेरिकी (यु.एस.एड.) को सहयोग स्थगित मात्र नभई खारेज नै हुनु आवश्यक रहेको बताउँदै उहाँले विदेशीको भरमा देश कहिल्यै आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । भक्तपुर नगरपालिका र नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्था र अस्पताललाई आत्मनिर्भर तरिकाले सञ्चालन गर्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको सञ्चालन विधि तथा प्रणाली सबैको चासो र सिकाइको विषय बनिरहेको बताउँदै ख्वपको शैक्षिक प्रगति सबैको लागि अनुकरणीय बन्दै गइरहेको बताउनुभयो । कार्यक्रममा ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारी र ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले शिक्षक र विद्यार्थीहरुले देश विदेशको राजनीति नबुझ्दा भविष्यमा ठूलो दुर्घटना हुन सक्ने र राजनीतिक रुपमा प्रतिबद्ध शिक्षक विद्यार्थीमा क्रान्तिकारी भावना रहेको हुन्छ भन्नुभयो ।

Read More

बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप सप्ताह सुरु भएको छ । विद्यार्थीको सर्वांगीण विकासमा टेवा पु-याउने उद्देश्यले आयोजित सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक विकासका लागि नियमित रुपमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । अन्तर्गत भलिबल, कविता, ब्याडमिन्टन, डोरी तान्ने, फुटबल, हाजिरी जवाफ, टि.टी., म्युजिकल चेयर, नृत्य, स्ट्याण्ड अप कमेडी र दौड प्रतियोगिता सञ्चालन भइरहेको छ । डोरी तान्ने प्रतियोगिताको प्रतियोगिताको छात्रातर्फ टिकेश्वरी बोहरा, विमला न्यौपाने, आशा थापा, अस्मिता बोहरा, प्रतिभा खड्का र विपना भण्डारीको समूहले पहिलो स्थान हासिल गरेको छ ।यमुना उपाध्याय, संगीता भट्टराई, अम्बिका न्यौपाने, नवीना  राई, सुवना खड्का, जानकी कठायतको समूह दोश्रोे भएको छ । सोही प्रतियोगिताको छात्रर्फ प्रकाश बहादुर साउँद, थानेश्वर प्रसाद पाण्डे, शिवराज न्यौपाने, ललिता टमाटा, अनिल थापा र समीर गैह्रैको समूह प्रथम भएको छ । त्यसैगरी मुकेश सञ्जेल, टेक बहादुर थापा मगर, उत्सव श्रेष्ठ, अरुण तिवारी, आयुहाङ्ग राई र सागर राईको समूह द्वितीय भएको छ । लामो दौड प्रतियोगितामा छात्रातर्फ सुनिता साउँद, झरना राई र अप्सरा राई क्रमशः पहिलो, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ गौतम खडायत पहिलो, विशाल लिम्बू दोश्रो र सुजल सुनुवार तेस्रो भएका छन् । म्युजिकल चेयर प्रतियोगिताको छात्रातर्फ रेनुमाया श्रेष्ठ, निली श्रेष्ठ र सुजा श्रेष्ठ क्रमशः पहिला, दोश्रो र तेस्रो भएका छन् । छात्रतर्फ टेक बहादुर थापा मगर पहिलो , सुदीप श्रेष्ठ दोश्रो र सन्तोष कार्की तेश्रो भएका छन् ।

Read More
Back To Top