उभौली पर्वको परिचय : उभौली पर्व, प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजकहरू, अर्थात् नेपालका किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो, जस्को अर्को नाम “साकेला पर्व” पनि हो। आजको दिनदेखि यस पर्व, वा उभौली पर्व लाई ऋतु परिवर्तनको संकेत दिने पर्वको रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै एक सातासम्म मनाउने गरिन्छ। वैशाख शुक्ल पूर्णिमादेखि एक महिना भर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ। किराँत समुदायले धुमधाम सँग मनाउने उभौली पर्वलाई, पृथ्वीमा “कृषियुग” सुरु भएदेखि नै मनाउदै आइएको एक पर्वको रुपमा मनाउने गर्ने गरिन्छ। र, यस पर्वको पहिलो दिन “चण्डी नाच” नाच्ने चलन छ, जुन नाच द्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ। यसरी “चण्डी नाच” नाचिने पर्व भएकोले, यस पर्वको पहिलो दिनलाई “चण्डी पूर्णिमा” भनेर पनि चिनिन्छ र यो चाड बैशाखको “बुद्ध पुर्णिमा” को दिनमा पर्दछ। तर, किराँत समुदायहरूले धेरै समय अगाडी देखि मनाउँदै आएको यस चाड कुन समय वा कहिले देखि मनाउन शुरु भएको हो भन्ने बिषयमा कुनै सटिक प्रमाण अझै फेला परेको भने छैन। सांस्कृतिक महत्व र विभिन्न नामहरु किराँत समुदायले यस दिनलाई “सुम्निमा” अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गर्दछन् यसै कारण यो पर्व सांस्कृतिक दृष्टिले समेत पनि अत्यन्तै महत्वपूर्ण रहेको छ। किराँत समुदाय भित्रका चाम्लिङ, बान्तावा, सुनुवार, राई, याक्खा, लिम्बू, लगायतका जातिहरूले यस उभौली पर्व / चाडलाई महान चाडका रुपमा मनाउने गर्दछन्। उभौली पर्वलाई किराँत समुदायका जातीहरुले ठाउँ बिशेष र आफ्नो बोल्ने भाषा अनुसार फरक-फरक नामले बोलाउने र चिन्ने गर्दछन्। यस समुदायको लिम्बूहरूले “चासोक” वा “यक्वा तङनाम”, राई र चाम्लिङजातीले “साकेला”, सुनुवारहरुले “फोलष्यादर” वा “ष्याँदरपिदार”, बान्तावाहरूले “साकेवा” वा “साकेन्वा”, र दुमीले “तोसी” वा “तोसु” इत्यादी नामहरुले ले उभौली पर्वलाई सम्बोधन गर्ने गरेको पाइन्छ। यसै गरि यस पर्वलाई याक्खाहरूले “युच्याङ” र थामी जातिले “भुम्या” नामले सम्बोधन गर्ने गरेको पनि पाईन्छ। नेपालमा किराँतहरुको वासस्थान नेपालमा किराँत जातिहरु विभिन्न स्थानहरुमा बसोबास गर्दै आएका छन्, समान्यत नेपालको पूर्वी भाग खोटाङ, भोजपुर, उदयपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, सुनसरी, मोरङ, इलाम, पाँचथर लगायतका जिल्लाहरूमा किराँत हरुको वसोबास रहेको पाईन्छ। पछिल्लो समयमा देशको राजधानी लगायत नखिपोट, टुँडिखेल, जावलाखेल, वानेश्वरलगायत ठाउँमा समेतका उनीहरुको उपस्थिति रहेको छ भने विभिन्न उद्देश्यले किराँतहरुको बसोबास बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारत लगायतका देशहरुमा समेत उल्लेख्य मात्रामा रहेका छ। उभौलो पर्वको अबसरमा राजधानी, काठमाडौँमा बसोबास गर्ने किराँतहरु ललितपुरको हात्तीवनस्थित “साकेला थान” मा जम्मा भई पूजाआजा गर्ने गर्दछन्। त्यसै गरि किराँतहरूको बसोबास रहेको नेपाल बाहिर बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारत लगायतका देशमा समेत पनि यो चाडलाई भव्यताका साथ मनाउने गरिएको छ। उभौली पर्वका क्रियाकलापहरु र प्रकृति सँगको सम्बन्ध उभौली पर्वको अवसरमा, आजको दिन किराँती परम्परा अनुसार भूमि-पूजन गर्ने पुरानो चलन रही आएको। यो पर्व पुर्ण रुपमा मौसम र प्रकृति सँग सम्बन्ध राख्ने पर्वको रुपमा बुझ्न का साथै देख्न सकिन्छ। दक्षिनायनको झन्डै मद्द्य तिर, बैशाख महिनादेखि दिन लामो हुने र गर्मी महिनाको सुरु भए पच्यात चिसो भू-भागतर्फ पनि तातो हुदैँ जाने हुनाले पहाडी तथा हिमाली भेगका मानिस लगायत तिनका गोठहरु पनि मास्तिर सर्न थाल्ने चलन कतिपय स्थानमा अझै पनि चलन-चल्ती मा रहेको देख्न सकिन्छ। यसरि यस पर्वले मानिसहरु पुराना दिनहरुमा चिसो यामको सुरुवात संगै वासस्थान तल तिर सर्ने र तातो मौसम सुरु हुदा माथि लाग्ने जीवन शैलीको प्रतिनिधित्व तथा सम्झना गराउने गर्दछ। यसरी मौसम अनुसार तल (उधो) वा माथि (उभो) बास्थान सर्ने चलन थोरै नै भएपनि नेपालका केही भागहरुमा अझै पनि यथावत नै रहेको पाइन्छ। नेपालको समतल भाग तराई वा मधेशतिर गर्मी बढ्दै जादा माथिल्ला पहाडी र हिमाली भूभागहरुमा समेत मौसम तातिदै जान्छ। यसरी गर्मि बढ्दै जादा चराचुरुङ्गी, पशुपक्षी, कीराफट्याङ्ग्रा लगायत माछाहरू समेत पनि उभो अर्थात् लेकतिर बसाईं सर्छन भन्ने जन विश्वासका रहेको छ। र, यसै कारणले वैशाख पूर्णिमामा किराँत समुदाय द्वारा मनाइने यस पर्व “उभो” सब्दबाट प्रेरित भएर “उभौली” को नामले चिनिने तथा मनाइने गरिएको हो। नेपालका किराँती समुदायले मनाउने पर्वहरु मद्ये “उभौली” र “उधौली पर्व”, यी दुवै पर्वहरु कृषि, पशुपालन र उनीहरूको जीवन पध्दतिहरू सँग सम्बन्ध राख्ने पर्वको रुपमा रहेका छन्। आज, वैशाख शुक्ल पूर्णिमा “उभौली पर्व” हो भने त्यसै गरि मंसिर शुक्ल पूर्णिमाको दिन भने “उधौली पर्व” मनाउने गरिन्छ। किराँती परम्परा अनुसार प्रकृतिमा उभौली सुरु भएपछि घामको तापले पृथ्वी तात्तिने र बीउविजन लगाउने कार्य गर्दा ति छिट्टो उम्रिने भएकाले यो समय/ यामलाई, उक्त समय अनुसारको बालीहरू लगाउने यामको रुपमा लिने गरिन्छ। र, उभौलीमा लगाइएको बाली उधौलीमा घर भित्र्याइने चलन पनि रही आएको देख्न सकिन्छ। किराँत समुदायका विभिन्न जातिहरूले एक वर्षलाई दुई भाग अर्थात् उभौली र उधौलीमा छुटयाउने गर्ने गर्दछन्। उभौली पर्व प्रकृतिको पूजा बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतहरूले उभौली भन्दछन् भने बाली तयार भएपछि बाली घर भित्राइने यामलाई उधौली भन्ने गर्दछन्। यी दुवै याममा, किराँत समुदायले प्रकृतिको पूजा-आजा गरी यी पर्वहरू मनाउने गर्दछन्। उनीहरुले उभौली पर्वमा पूजा-आजा गर्नु को मुख्य अभिप्राय पछाडी, आफ्नो साथसाथै सबैको अन्नबाली सप्रियोस्, सबैको बालीनाली राम्रो होवोस्, सम्पूर्ण पृथ्वीमा कहीँ कतै पनि खाद्यान्नको कमी इत्यादी कहिल्यै नहोस्, सम्पूर्ण पृथ्वीवासीहरूमा समेत सुख-शान्ति-सुस्वास्थ्य सधैँ रही रहोस्, दैवीप्रकोपका साथै प्राकृतिक विपत्तिहरू समेत नआऊन् भन्ने जस्ता शुभ-भावहरू नै महत्व को रुपमा रहेका हुन्छन्। हाम्रो जस्तो कृषि प्रधान देश, त्यस् माथि पनि प्रकृतिको अनुपम सुन्दरता बोकेको नेपाल प्राकृतिक रूपमा अत्यन्तै धनि देश होईन भनेर नकार्ने व्यक्ति वा कुनै कारण देखाउने मान्छे बिरलै पाईएला पनि। धेरै वर्ष वा भनौ हजारौ-हजार वर्ष देखि नै हाम्रा पूर्खाहरूले मानिस प्रकृतिसँग कसरी तालमेल मिलाउदै यस जगतमा जिउन पर्छ भनेर सिकाउने कार्य हरेक नया पुस्तालाई हस्तान्तरण गर्दै आएका थिए कुरामा दुई मत छदै छैन। यस पृथ्वीमा वसोवास गर्ने मानव लगायत सम्पूर्ण खोला, नाला, हावा, पानी, रुख देखि किरा-फट्याङ्ग्रा, पशु-पन्छी सबै एक अर्काका परिपूरक हुन् भन्ने कुरा पनि पुर्खाहरू बाट पछिल्लो पुस्ताहरूलाई हस्तान्तरण गर्दै उनीहरुले जीवन बाच्ने र बिताउने विसुद्ध नियम सिकाएर गएका छन्। यस समुदायले प्रकृतिमा रहेका हरेक तत्व जस्तै भूमी, जल, अग्नी, आकाश, वायु, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्ने गर्दछन्। यस पूजा-आजाको मूल सन्देश भनेको यी सबै तत्वहरू प्रति आभारी रहेर बाच्नु र सधै तिनीहरू सँग कृतज्ञ रहनु नै हो। उक्त सिकाई हरूबाट यस जगतका हरेक प्राणीले “प्रकृतिबाट विच्छेद भएर बाच्ने होइन, तर प्रकृतिसँग एकाकार भएर बाँच्नुपर्छ” भन्ने महत्वपुर्ण सन्देस समेत दिएको छ। थोरैनै भए पनि अहिलेको वर्तमान समयका व्यक्तिहरु भौतिक सुख, भौतिक वैभवहरूमा धेरै समय आफै हराएर कहिँ कतै नपुगेको भान हुन् थालेकाले होला वा माथि उल्लेखित संदेशहरूको मूल कारण / तत्व बुझेर भौतिक संसारको भागा-भाग बाट थाकेर फेरि उही पुरानै अद्यात्मिक विचार र प्रकृतिमै फर्कन थालेको सन्दर्भहरू उदाहरनिय छन्। पुराना पुस्ताले दिएका प्रकृतिवादले अहिलेका नया पुस्तालाई प्रकृतिसँगै एकाकार हुन प्रेरित गरिरहेको छ र प्रकृतिसँग आ-आफ्नो जीवनको लय मिलाउन…