अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गर्नुभयो । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ९० सालको भूकम्पले पूर्ण क्षति पु¥याएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा सहयोगी सम्पूर्णलाई धन्यवादज्ञापन गर्दै जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको बताउनुभयो । नरसिंह शक्तिको प्रतिक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतिक दर्साउने बताउँदै उहाँले शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य नभएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउनुभयो । भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. ७ करोड ७७ लाख लगत इस्टमेट पारित गरेकोमा उपभोक्ता समितिमार्फत रु. ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौ“ सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै प्रमुख प्रजापतिले ‘भक्तपुरको महŒवपूर्ण सम्पदा संक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक हो ।’ भन्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर भव्य रुपमा पुनःनिर्माण हुनुले भक्तपुरबासीकै गौरव बढाएको बताउँदै ऐतिहासिक प्रमाणको अभावमा पनि भक्तपुर नगरपालिकाले यस मन्दिरलाई मौलिक स्वरुपमै पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उपत्यकाका मौलिक शैली जीवित राख्ने अभियानमा भक्तपुर नपा पनि अग्रसर भएर लागिरहेको बताउँदै उपप्रमुख जोशीले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै देशकै एउटा महत्वपूर्ण सम्पत्ति संरक्षण भएको बताउनुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन सँगै देशको आर्थिक विकासमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै विनासकारी भूकम्पले सम्पदामा क्षति पु¥याए पनि जनताले यसलाई पुनः पुरानै शैलीमा पुनःनिर्माण गर्नु पनि ठूलै उपलब्धी भएको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताउनुभयो । उहाँले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको बताउँदै सम्पदाहरुको समय सापेक्ष ढंगले जीर्णोद्धार र मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै आएको महानिर्देशक प्रधानांगले बताउनुभयो । इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउँदै जनप्रतिनिधि र जनताको एकताले नै यो सम्भव भएको बताउनुभयो । भक्तपुर नपाले मूर्त र अमूर्त सबै खाले सम्पदाहरुलाई पुनःर्जीवित गर्ने काम गर्दै आएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै दस्तावेजीकरणलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनु भक्तपुर नपाको अर्काे उल्लेखनीय विशेषता रहेको बताउनुभयो । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणको काममा संलग्न हुन पाउनु आफैमा गौरवको विषय हो भन्दै लक्ष्मीनरसिंहको पुरानो मन्दिरको सीमित जानकारी बीच पनि अन्य मन्दिर अध्ययन अनुसन्धान गर्दै यसको प्राविधिक कार्य अगाडि बढाइएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगडबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । कार्यक्रममा लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभई लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणले टौमढी क्षेत्रलाई थप आकर्षक स्वरुप दिएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रमबस्च प्रमुख अतिथि नारायणमान बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको अवसरमा लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गरिएको हो । लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास बि.सं. २०७८ मंसिर २७ गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभएको थियो । मन्दिरको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न भएको थियो । उक्त मन्दिरका लागि २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरुप प्राप्त भएको र ७५० जनाभन्दा बढीले श्रमदान गरेको थियो भने लाखौ“ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जनाएको छ । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै टौमढी र गःहिटी क्षेत्रको आकर्षण थप बढेको छ ।

Read More

बिस्का जात्रा तथा नयाँ वर्षको २०८२ को शुभकामना र्‍याली सम्पन्न

भक्तपुर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट शुरु भएको शुभकामना ¥याली टौमढीमा पुगी सभामा परिणत भयो । टौमढीमा भएको शुभकामना सभामा बोल्नुहु“दै प्रमुख अतिथि सांसद सुवालले “राजनीति निस्वार्थ रुपले देश र जनताको सेवाको लागि होे र देशको सम्मुनत विकासको लागि जनतामा राजनीतिक चेतना हुनुपर्छ” भन्नुभयो । उहा“ले आधुनिक युगमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भक्तपुरको पहिचान बोकेको मूर्त र अमूर्त सम्पदाहरुसँग सम्बन्धित बिस्का जात्रा संसार भरीका स्वदेशी तथा विदेशी पर्यटकहरुले समेत प्रत्यक्ष हेर्ने भएकोले जात्रालाई सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य रहेको जानकारी गराउनुभयो । प्रमुख अतिथि सुवालले अहिलेको सरकारले देशको सन्तुलित विकासको लागि विदेशबाट भित्रिने रेमिट्यान्सको भर नपरी स्वदेशमा आप्mनो श्रम र सीप उपयोग गरी कार्य गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुुहुँदै देशको अर्थतन्त्र जोगाउन कालो बजारी नियन्त्रण गर्न जनता सजग हुनुपर्ने चर्चा गर्नुभयो । “भक्तपुर नघुमे संसारका आधा भाग नघुमे सरह हुन्छ ।” भन्ने विभिन्न समयमा भक्तपुर भ्रमण गर्ने विद्वानहरुले उल्लेख गरेको स्मरण गर्नुहुँदै भक्तपुरको सम्पदा र सँस्कृतिअन्तर्गत परम्परादेखि चलिआएको बिस्का जात्रालाई सबै मिली सभ्य र भव्य रुपमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा मर्यादित रुपमा मनाउन यही चैत्र १४ र १९ गते सम्बन्धित सरोकारवालाहरुको बैठक बसी आवश्यक तयारी पूरा गरी सकेको जानकारी दिनुुहुँदैे विस्का जात्रामा हजारौं स्वदेशी र विदेशी पर्यटकहरुले प्रत्यक्ष अवलोकन गर्न आउने तथा विभिन्न सञ्चार माध्यमहरुबाट विश्वभरका नागरिकहरुले प्रत्यक्ष हेर्ने हुनाले जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र सभ्य बनाउनु नगरबासीहरु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । संसारभर भक्तपुर साँस्कृतिक नगरका साथसाथै जीवीत संग्रहालयको परिचय दिन सफल भइरहेको चर्चा गर्नुहुँदै सन् २०२३ मा नेपाल भ्रमणमा आएकामध्ये २५ प्रतिशतले भक्तपुर नगरको भ्रमण गरेको उहा“ले बताउनुभयो । साथै आन्तरिक पर्यटन प्रबद्र्धनको लागि गत मंसिर २८ गतेदेखि पौष २ गतेसम्म भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ¥यालीमा उपस्थित, जनप्रतिनिधिहरु, कर्मचारीहरु, संस्कृतिकर्मीहरु, स्कूल कलेजका शिक्षक, विद्यार्थीहरु, स्काउट, संस्कृतिप्रेमी नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भैरबनाथको रथ वास्तुकला, भूकम्पीय, सामाजिक, ट्राफिक र स्ट्रक्चर गरी ५ वटा इन्जिनियरि·को बेजोड नमूना भएको बताउनुहुँदै बिस्का जात्राको मुख्य आकर्षणको रुपमा आजबाट शुरु हुने रथ तान्ने जात्रालाई सभ्य, भव्य र सुरक्षित रुपमा मनाउन सम्पूर्ण नगरबासीहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहु“दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बिस्का जात्राको माध्यमबाट अन्तर्राष्ट्रिय समुदायमा भक्तपुरको परिचय दिई गौरवान्वित गरिरहेको बताउनुहुँदै बिस्का जात्रा जस्तो अमूर्त सम्पदालाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको तर्पmबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुहुँदै जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालनको लागि अनुरोधका साथै उच्छृङ्खल गतिविधि नगर्न नगरबासीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा गुठी संस्थान, भक्तपुर शाखाका प्रमुख खिमा ओलीले गुठी संस्थान,भक्तपुरले चैत्र २८ गते दिनको ३ बजेको समयमै जात्रा शुरु गरी जात्रालाई सफल बनाउन पुजारी, नाइके तथा नगरबासीहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले समय सँगसँगै बिस्का जात्रा पनि सुधारोन्मुख हुँदै आएको बताउनुहुँदै प्रसिद्ध विस्का जात्रा सम्पन्न गर्न आवश्यक दुबै रथ निर्माण सम्पन्न पश्चात जनसमुदायलाई हस्तान्तरण गर्नका लागि तयारी अवस्थामा रहेको बताउनुहुँदै रथ तान्ने चलन अनुसारनै माथि र तलको टोलमा रहेका समुदायले तान्ने भनी तोकिएको दिनमा तोकिए अनुसारनै तानी जात्रालाई भव्य, सभ्य, अनुशाशित र मर्यादित तारिकाले सम्पन्न गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।  

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु चोकमा नगरपालिकाले पुरातत्वविद्, प्राज्ञ तथा संस्कृतिविद्हरुको उपस्थितिमा स्थानीय जनताहरुसंग शुक्रबार अन्तरसंवाद गरेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले सम्पदाले संस्कृति र सभ्यताको प्रतिविम्बित गर्ने हुँदा मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले आप्mनो अध्ययनकालमा वाने लाय्कुको कार्यपत्र तयार गरेको स्मरण गर्नुहुँदै यसबारे आधिकारिक लेख र सन्दर्भ सामग्रीको अभावले सही सूचना सम्प्रेषण हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई इतिहास र संस्कृतिबारे सूचित गराउँदा सम्पदा संरक्षणमा अपनत्व कायम हुनेमा जोड दिँदै कार्यक्रमले वाने लाय्कुबारे सही सूचना प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरमा ख्वप लाय्कु, बलम्पु लाय्कु र वाने लाय्कु गरी तीनवटा लाय्कु रहेको चर्चा गर्दै तत्कालीन त्रिपुर दरवारबाट पूर्वतिरको राजकुल वा राजदरवार भएकोले वाने लाय्कु भनिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लाय्कुको अर्थ राजदरवार त हो नै, त्यसका साथै सत्ता, शक्ति, संस्कृति र सुरक्षाको पनि केन्द्र हो ।’ त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले वाने लाय्कुको इतिहास र यससंग सम्बन्धित संस्कृतिबारे अध्ययन अनुसन्धान नभएकै कारण उपेक्षाकृत भएको उल्लेख गर्दै ऐतिहासिक कालखण्डमा वानेलाय्कुमाथि पटक पटक आक्रमण भएकोले यहींको भग्नावशेष ईटाबाट ख्वप लाय्कुमा तलेजु मन्दिर निर्माण गरिएको तथ्य उजागर गर्नुभयो । उहाँले राजकुलको पहिलो विकास भएको थलो नै वाने लाय्कु हो भन्नुभयो । सह प्राध्यापक विश्वमोहन जोशीले शासक वर्गले कुनै पनि समाजलाई ध्वस्त पार्न त्यहाँको शिक्षा र संस्कृतिमाथि आक्रमण गर्ने गरेका ऐतिहासिक तथ्यहरु प्रकाश पार्दै भक्तपुर नगरपालिकाले नेवाः संस्कृति र जीवनशैलीको पुनः जागरण अभियान थालेको बताउनुभयो । दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले तथ्यले प्रमाणित गरेको किम्बदन्तीले इतिहास बोल्ने चर्चा गर्दै चाँगुबाट कलश यात्रा भक्तपुरमा नल्याई मल्ल कालमा हनुमानढोका, शाह कालको पछिल्लो समयमा नारायणहिटी र गणतन्त्रपछि हाल शितल निवास लग्नु सत्ता र शक्तिकै खेल हुनसक्ने र इतिहासलाई यसरी बंग्याउन नहुनेमा जोड दिनुभयो । संस्कृतिका अध्येता विनोदराज शर्माले वाने लाय्कुको जलद्रोणीमा ने.सं ७६८ मा पद्मराज राजोपाध्याय उल्लेख गरिएको चर्चा गर्दै वाने लाय्कुबाट वर्षेनी हुने पुजाविधिबारे जानकारी गराउनुभयो । त्यस्तै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले वाने लाय्कुको इतिहास र यसको साँस्कृतिक महत्व थाहा पाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको औचित्यताबारे प्रष्ट पार्दै सम्पदाको महत्व नबुझ्दा एउटा पुस्ताले पुरातात्विक महत्वका थुप्रै सम्पदाहरुलाई खेलौना बनाई नष्ट गरेको बताउनुभयो । उहाँले वाने लाय्कुको ऐतिहासिक महत्वबारे सर्वसाधारण जनतालाई समेत सरल भाषामा अवगत गराउन सके यसको संरक्षणमा स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । अन्तरसंवाद कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, इतिहास र संस्कृतिका अध्येताहरु, स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरु, पर्यटन व्यवसायी तथा स्थानीय जनताको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

Read More

नेपाल भ्रमण वर्ष २०२५’को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’को शुभारम्भ

नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ भक्तपुर । २०८१ माघ ५, शनिबार भक्तपुर नगरपालिका, नेपाल सरकार संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चिनियाँ राजदूतावास र पर्यटन बोर्डको संयुक्त आयोजनामा ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रम शनिबार भक्तपुरको दरबार क्षेत्रमा एक भव्य समारोहबीच सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार ऊर्जा, जल तथा सिंचाइ मन्त्री दिपक खड्का, नेपालका लागि चिनियाँ राजदूत छन सङ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र नेपाल टुरिजम बोर्डका सीईओ दिपकराज जोशीले संयुक्त रुपमा चिनियाँ नयाँ वर्षको लोगो अनावरण गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२५ को औपचारिक ब्यानर अनावरण गरी महोत्सव शुभारम्भ गर्नुभयो । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खड्काले ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रमको विशेष महत्व रहेको बताउँदै नेपाल—चीन बीचको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा उपत्यकाका विभिन्न ठाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु तय भएको बताउनुभयो । उहाँले दुई देशबीच आर्थिक, सामाजिक र राजनीति सम्बन्ध विस्तार गर्न नेपाल सरकारको तर्फबाट सक्दो पहल गरिने बताउँदै अन्तर्राष्ट्रिय पर्यटकहरुको लागि नेपाल उत्कृष्ट गन्तव्यस्थलको रुपमा रहेको बताउनुभयो । मन्त्री खड्काले कोभिड महामारीपश्चात नेपालको पर्यटन उल्लेख्य रुपमा अगाडि बढिरहेको बताउँदै नेपाल चीनबीच पर्यटन, ऊर्जा र कृषि क्षेत्रमा आवश्यक सहकार्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । मन्त्री खड्काले नेपालको सामाजिक आर्थिक विकासमा पर्यटनको अपार महत्वलाई ध्यानमा राख्दै नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । पर्यटन विकासका लागि त्यस अनुकूल कानुन र नीतिहरु तर्जुमा हुँदै आएकाको बताउँदै उहाँले प्रदेश र स्थानीय तहहरुले पनि पर्यटन क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको साझा माध्यमको रुपमा प्राथमिकतामा राख्दै आएको बताउनुभयो । मन्त्री खड्काले पर्यटन क्षेत्रको विकासमा आवश्यक पूर्वाधाहरुर निर्माण तथा स्तरोन्नतिका कामहरु भइरहेकाको अवगत गराउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुका साथै त्रिभुवन विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरुको स्तरोन्नति र विस्तार कार्यहरु भइरहेको जानकारी गराउनुभयो । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सङले चिनियाँ नयाँ वर्ष २०२५ को बधाई एवम् शुभकामना व्यक्त गर्नुभयो । नयाँ युगको आगमनसँगै नेपाल र चीनबीच आपसी सहयोग आदानप्रदान तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै उहाँले नेपाल—चीनबीच युवा, शिक्षा, संस्कृति, पर्यटनलगायतका क्षेत्रहरुमा आदानप्रदान र सहकार्यलाई सुदृढ गर्ने, मानवीय सम्बन्धलाई थप प्रगाढ बनाउने र पुस्तौं पुस्तादेखि चलिआएको मित्रतालाई निरन्तरता दिने विषयमा सहमति भएको र सोही सहमति कार्यान्वयनको सिलसिलामा यस महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सन् २०२५ मा नेपाल पर्यटन वर्ष प्रवद्र्धनात्मक गतिविधिहरु आयोजना गर्नका लागि नेपाललाई चीनमा हार्दिक स्वागत गर्दै राजदूत सङले चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने बताउनुभयो । यसबाट नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन र दुई देशबीचको सांस्कृतिक आदानप्रदान र सहकार्यलाई थप ऊर्जा प्रदान गर्ने गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल र चीनबीच विगतमा भएका सहमतिको कार्यान्वयन गर्नु, दुई देशबीचको पर्यटन सहकार्यलाई थप उचाइमा पु¥याउन र दुई देशबीचको मानवीय सम्बन्धलाई अझ प्रगाढ बढाउनु नेपाल पर्यटन वर्ष २०२५ उद्घाटन गर्नुको मुख्य उद्देश्य रहेको राजदूत सङले स्पष्ट पार्नुभयो । नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताउँदै उहाँले यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुरजस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको बताउनुभयो । उक्त कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सन् १९५५ मा नेपाल—चीनबीच दौत्य सम्बन्ध स्थापना भएको बताउँदै चीनले नेपालको पर्यटन प्रवद्र्धन र चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२५ सफल पार्नु सबैको जिम्मेवारी भएको बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिले अत्यन्त सम्भावना भएको देश हो भन्दै उहाँले विश्वको उच्च सगरमाथा र अन्य हिमालय पर्वतहरु, प्राकृतिक सुन्दरता, बुद्ध जन्मभूमि लुम्बिनी र विश्व सम्पदामा सूचिकृत थुप्रै स्थलहरु नेपालमा रहेको र राम्रो प्रचारप्रसार नहुँदा नेपालमा आशातित पर्यटकहरु आउन नसकेको उहाँले बताउनुभयो । पर्यटन क्षेत्रलाई नेपाल सरकारले प्राथमिकतामा राखेर कार्यक्रमहरु अगाडि बढाउन सके पर्यटन क्षेत्रबाट देशको अर्थतन्त्रमा टेवा पु¥याउन सकिने धारणा उहाँले सोही क्रममा व्यक्त गर्नुभयो । २०७२ सालको भूकम्प, नाकाबन्दी र विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संकटको घडीमा चीन सरकारले गरेको सहयोग नेपाली जनताले सँधै सम्झिरहने बताउँदै उहाँले नेपाली जनताले चिनियाँ सरकार र जनतालाई असल र भरपर्दो मित्रको रुपमालिँदै आएको स्मरण गर्नुभयो । चिनियाँ पर्यटकहरु भक्तपुर भ्रमण गर्ने विदेशी पर्यटकहरुमध्ये संख्यामा दोस्रोमा पर्ने बताउँदै उहाँले चिनियाँ सरकारका उच्च पदस्थ पदाधिकारीहरुको नेपाल भ्रमणमा भक्तपुरलाई पनि प्राथमिकतामा राखेर अवलोकन भ्रमण गर्ने गरेको र मित्र देश चीनका सरकारी उच्च पदाधिकारीहरुलाई समय समयमा स्वागत गर्न पाउँदा भक्तपुरबासीहरु अत्यन्त खुशी भएको भन्नुभयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षको रुपमा घोषणा गरेको बताउँदै भ्रमण वर्षसफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । ‘नेपाल भ्रमण वर्ष २०२५’ को घोषणा तथा ‘चिनियाँ नयाँ वर्ष २०२५’ को शुभारम्भ कार्यक्रममा पहिलो र दोस्रो चरण गरी भक्तपुर र चिनियाँ जनजीवन झल्काउने सांस्कृतिक गीत र नाँचहरु प्रस्तुत गरिएको थियो । साथै दरबार क्षेत्रबाट टौमढीसम्म सांस्कृतिक ¥याली आयोजना र महोत्सवमा सहभागी कलाकारहरुसँग सामूहिक फोटो सेसन गरी कार्यक्रमको समापन गरिएको थियो ।  

Read More
Back To Top