अध्यक्ष बिजुक्छेँद्वारा गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन

भक्तपुर नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको बजेटमा पुनःनिर्माण गरिएको भनपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन तथा शिलापत्र अनावरण गर्नुभयो । सोही समारोहमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित लक्ष्मीनरसिंह मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण २०८२’ पुस्तक र लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको प्राविधिक प्रतिवेदन सार्वजनिक गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले ९० सालको भूकम्पले पूर्ण क्षति पु¥याएको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणमा सहयोगी सम्पूर्णलाई धन्यवादज्ञापन गर्दै जनताको एकताले नमुना र उदाहरणीय काम गर्न सकिने उदाहरण भक्तपुरले दिएको बताउनुभयो । नरसिंह शक्तिको प्रतिक हो, लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतिक दर्साउने बताउँदै उहाँले शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य नभएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धन आफैमा सेवामुखी काम भएको बताउँदै अध्यक्ष बिजुक्छेँले सबै जनताले स्वयम्सेवी भावनाले मन्दिर पुनःनिर्माणमा खटिएकै कारण भव्य निर्माण सम्भव भएको बताउनुभयो । कला संस्कृति संरक्षण र सम्बद्र्धनसँगै भक्तपुरका डकर्मी, सिकर्मी र विविध क्षेत्रका कलाहरुले आफ्नो शिल्प र मेहेनत प्रदर्शन गर्ने अवसर पनि प्रदान गरेको बताउँदै उहाँले सम्पदा पुनःनिर्माणको काम ठेक्कामा दिन नहुनेतर्फ सबै सचेत हुन आवश्यक भएको बताउनुभयो । भक्तपुरका जनताबीचको एकता तथा आपसी सहयोगको भावना नै भक्तपुरको विशेषता बन्दै गइरहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०७२ सालको भूकम्पपूर्वको भन्दा निकै फरक मल्लकालिन मौलिक स्वरूपमै मन्दिरको पुनःनिर्माण गरिएको बताउनुभयो । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणको लागि भक्तपुर नगरपालिकाले रु. ७ करोड ७७ लाख लगत इस्टमेट पारित गरेकोमा उपभोक्ता समितिमार्फत रु. ४ करोड ८३ लाखमा पुनःनिर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले उक्त कार्यक्रममा जानकारी गराउनुभयो । विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौ“ सम्पदाहरू आफ्नै बलबुट्टामा पुनःनिर्माण र जीर्णोद्धार गर्न सफल हुनु भक्तपुरको गौरव बनेको बताउँदै प्रमुख प्रजापतिले ‘भक्तपुरको महŒवपूर्ण सम्पदा संक्षणमध्ये लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माण पनि एक हो ।’ भन्नुभयो । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इतिहासको गर्भमा लुप्त अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर भव्य रुपमा पुनःनिर्माण हुनुले भक्तपुरबासीकै गौरव बढाएको बताउँदै ऐतिहासिक प्रमाणको अभावमा पनि भक्तपुर नगरपालिकाले यस मन्दिरलाई मौलिक स्वरुपमै पुनःनिर्माण सम्पन्न गरेको बताउनुभयो । उपत्यकाका मौलिक शैली जीवित राख्ने अभियानमा भक्तपुर नपा पनि अग्रसर भएर लागिरहेको बताउँदै उपप्रमुख जोशीले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै देशकै एउटा महत्वपूर्ण सम्पत्ति संरक्षण भएको बताउनुभयो । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन सँगै देशको आर्थिक विकासमा पनि उल्लेखनीय भूमिका खेल्दै आएको बताउँदै विनासकारी भूकम्पले सम्पदामा क्षति पु¥याए पनि जनताले यसलाई पुनः पुरानै शैलीमा पुनःनिर्माण गर्नु पनि ठूलै उपलब्धी भएको बताउनुभयो । पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले सम्पदा पुनःनिर्माणमा परम्परागत सीप, प्रविधि, स्वरुप र सामाग्री प्रयोग हुनु भक्तपुरको सराहनीय काम भएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै सदियौंदेखिको हाम्रो पहिचान र परिचय पनि जोगिएको बताउनुभयो । उहाँले नेपालमा हरेक १०० वर्षमा ठूल्ठूला भूकम्प जाने गरेको बताउँदै सम्पदाहरुको समय सापेक्ष ढंगले जीर्णोद्धार र मर्मत सम्भारमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । २०७२ सालको भूकम्पपश्चात पुरातत्व विभागले ८१५ वटा सम्पदाहरु बनाइसकेको बताउँदै विभागले सम्पदा प्रभाव मूल्यांकन सम्पन्न गरेर मात्र सम्पदा पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै आएको महानिर्देशक प्रधानांगले बताउनुभयो । इतिहासविद् प्रा.डा. पुरूषोत्तमलोचन श्रेष्ठले मौलिक स्वरुप गुमाइसकेको मन्दिरले पुनःजीवन पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउँदै जनप्रतिनिधि र जनताको एकताले नै यो सम्भव भएको बताउनुभयो । भक्तपुर नपाले मूर्त र अमूर्त सबै खाले सम्पदाहरुलाई पुनःर्जीवित गर्ने काम गर्दै आएको बताउँदै सम्पदा पुनःनिर्माणसँगै दस्तावेजीकरणलाई पनि प्राथमिकताका साथ अगाडि बढाउनु भक्तपुर नपाको अर्काे उल्लेखनीय विशेषता रहेको बताउनुभयो । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण प्राविधिक समितिका संयोजक एवम् ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले मन्दिर पुनःनिर्माणको काममा संलग्न हुन पाउनु आफैमा गौरवको विषय हो भन्दै लक्ष्मीनरसिंहको पुरानो मन्दिरको सीमित जानकारी बीच पनि अन्य मन्दिर अध्ययन अनुसन्धान गर्दै यसको प्राविधिक कार्य अगाडि बढाइएको बताउनुभयो । मन्दिर पुनःनिर्माणका क्रममा स्थानीय कालिगडबाट नयाँ र परम्परागत ज्ञान हासिल गर्ने अवसर प्राप्त भएको उहाँले बताउनुभयो । कार्यक्रममा लक्ष्मीनरसिंह मन्दिर उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले मन्दिर पुनःनिर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभई लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणले टौमढी क्षेत्रलाई थप आकर्षक स्वरुप दिएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । कार्यक्रमबस्च प्रमुख अतिथि नारायणमान बिजुक्छेँले मन्दिर पुनःनिर्माणका डकर्मी जगतराम न्हिसुतु र सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मीनरसिंह मन्दिरसम्म ¥याली भएको थियो । भक्तपुर नगरपालिकामा जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको अवसरमा लक्ष्मीनरसिंह मन्दिरको उद्घाटन गरिएको हो । लक्ष्मीनरसिंह मन्दिरको शिलान्यास बि.सं. २०७८ मंसिर २७ गते नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गर्नुभएको थियो । मन्दिरको कुल लागत इष्टमेट रु. ७ करोड ७७ लाख रहेकोमा रु. ४ करोड ८३ लाख खर्चमा पुनःनिर्माण कार्य सम्पन्न भएको थियो । उक्त मन्दिरका लागि २२ लाख ६६ हजारभन्दा बढी नगद सहयोगस्वरुप प्राप्त भएको र ७५० जनाभन्दा बढीले श्रमदान गरेको थियो भने लाखौ“ रुपैयाँ बराबरको जिन्सी सहयोग प्राप्त भएको मन्दिर पुनःनिर्माण उपभोक्ता समितिले जनाएको छ । लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माणसँगै टौमढी र गःहिटी क्षेत्रको आकर्षण थप बढेको छ ।

Read More

भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे विज्ञहरुबीच अन्तरसंवाद

भक्तपुर ‘नेवाः जाति नभई सभ्यता र संस्कृति हो भने ख्वप नेवा सभ्यताको केन्द्र हो । कथंकदाचित ख्वप भएन भने नेवाः सभ्यता र संस्कृतिको तीन चौथाइ अंश समाप्त हुन्छ ।’ भक्तपुरको ऐतिहासिक वानेलाय्कुको साँस्कृतिक महत्वबारे शुक्रबार विज्ञहरुबीच भएको अन्तरसंवाद कार्यक्रममा उक्त भावना अभिव्यक्त भएको हो । भनपा ९ दत्तात्रय मन्दिर परिसरको दक्षिण पश्चिममा पर्ने वाने लाय्कु चोकमा नगरपालिकाले पुरातत्वविद्, प्राज्ञ तथा संस्कृतिविद्हरुको उपस्थितिमा स्थानीय जनताहरुसंग शुक्रबार अन्तरसंवाद गरेको थियो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले सम्पदाले संस्कृति र सभ्यताको प्रतिविम्बित गर्ने हुँदा मूर्त र अमूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनमा नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले आप्mनो अध्ययनकालमा वाने लाय्कुको कार्यपत्र तयार गरेको स्मरण गर्नुहुँदै यसबारे आधिकारिक लेख र सन्दर्भ सामग्रीको अभावले सही सूचना सम्प्रेषण हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । नयाँ पुस्तालाई इतिहास र संस्कृतिबारे सूचित गराउँदा सम्पदा संरक्षणमा अपनत्व कायम हुनेमा जोड दिँदै कार्यक्रमले वाने लाय्कुबारे सही सूचना प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । इतिहासविद् प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठले भक्तपुरमा ख्वप लाय्कु, बलम्पु लाय्कु र वाने लाय्कु गरी तीनवटा लाय्कु रहेको चर्चा गर्दै तत्कालीन त्रिपुर दरवारबाट पूर्वतिरको राजकुल वा राजदरवार भएकोले वाने लाय्कु भनिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लाय्कुको अर्थ राजदरवार त हो नै, त्यसका साथै सत्ता, शक्ति, संस्कृति र सुरक्षाको पनि केन्द्र हो ।’ त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख राजनलाल जोशीले वाने लाय्कुको इतिहास र यससंग सम्बन्धित संस्कृतिबारे अध्ययन अनुसन्धान नभएकै कारण उपेक्षाकृत भएको उल्लेख गर्दै ऐतिहासिक कालखण्डमा वानेलाय्कुमाथि पटक पटक आक्रमण भएकोले यहींको भग्नावशेष ईटाबाट ख्वप लाय्कुमा तलेजु मन्दिर निर्माण गरिएको तथ्य उजागर गर्नुभयो । उहाँले राजकुलको पहिलो विकास भएको थलो नै वाने लाय्कु हो भन्नुभयो । सह प्राध्यापक विश्वमोहन जोशीले शासक वर्गले कुनै पनि समाजलाई ध्वस्त पार्न त्यहाँको शिक्षा र संस्कृतिमाथि आक्रमण गर्ने गरेका ऐतिहासिक तथ्यहरु प्रकाश पार्दै भक्तपुर नगरपालिकाले नेवाः संस्कृति र जीवनशैलीको पुनः जागरण अभियान थालेको बताउनुभयो । दरवार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका प्रमुख अरुणा नकर्मीले तथ्यले प्रमाणित गरेको किम्बदन्तीले इतिहास बोल्ने चर्चा गर्दै चाँगुबाट कलश यात्रा भक्तपुरमा नल्याई मल्ल कालमा हनुमानढोका, शाह कालको पछिल्लो समयमा नारायणहिटी र गणतन्त्रपछि हाल शितल निवास लग्नु सत्ता र शक्तिकै खेल हुनसक्ने र इतिहासलाई यसरी बंग्याउन नहुनेमा जोड दिनुभयो । संस्कृतिका अध्येता विनोदराज शर्माले वाने लाय्कुको जलद्रोणीमा ने.सं ७६८ मा पद्मराज राजोपाध्याय उल्लेख गरिएको चर्चा गर्दै वाने लाय्कुबाट वर्षेनी हुने पुजाविधिबारे जानकारी गराउनुभयो । त्यस्तै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेश राज शर्माले वाने लाय्कुको इतिहास र यसको साँस्कृतिक महत्व थाहा पाउन सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्वले कार्यक्रमको औचित्यताबारे प्रष्ट पार्दै सम्पदाको महत्व नबुझ्दा एउटा पुस्ताले पुरातात्विक महत्वका थुप्रै सम्पदाहरुलाई खेलौना बनाई नष्ट गरेको बताउनुभयो । उहाँले वाने लाय्कुको ऐतिहासिक महत्वबारे सर्वसाधारण जनतालाई समेत सरल भाषामा अवगत गराउन सके यसको संरक्षणमा स्थानीयको अपनत्व बढ्ने बताउनुभयो । अन्तरसंवाद कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, इतिहास र संस्कृतिका अध्येताहरु, स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक तथा विद्यार्थीहरु, पर्यटन व्यवसायी तथा स्थानीय जनताको सहभागिता रहेको आयोजकले जनाएको छ ।  

Read More

भद्रकाली मन्दिर पुन:निर्माणको गति तीब्र

सम्पदा स्मारकहरुको पुन:निर्माण उच्च प्राथमिकता र तीब्र गतिमा गर्दैछौँ – आशामान संगत, संयोजक, सम्पदा तथा पर्यटन समिति मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने निर्माण कम्पनीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको हो । यसको निर्माण परम्परागत नेवारी शैलीमा भइरहेको छ । संरचनामा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम राखिनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका सुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो । – महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको मौलिक स्वरुपमा पुननिर्माण जारी यो मन्दिर करिब १२ सय वर्ष अघि स्थापना भएको मानिन्छ । १० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ लागत अनुमान रहेको योजना सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरेको छ । सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ । मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो  

Read More

सरसफाईमा महानगर र नेपाल पुलिससंगै

काठमाडौं महानगरपालिका प्रहरी बल र नेपाल प्रहरीले शनिबार काठमाडौं मुटु माईतिघर  बानेस्वर र तिनकुने क्षेत्रमा व्यपाक संख्यामा प्रहरी बल र नेपाल पुलिस परिचालन गरि सडक वरिपरिको फोहोरमैला सङ्कलन कार्यक्रम सम्पन्न गरेको छ| काठमाडौं महानगरपालिका बिस्तारै बिगतको भन्दा फरक स्वरूप लिदै गइरहेको बेला नेपाल प्रहरी पनि यसमा सहभागी हुदा झन् धेरै  सफा हुने  भनि महानगर मेयरले  केहि जानकारी दिनु भएको थियो} सहर सफा राख्न र स्वास्थ्य जिबन जिउन सबैलाइ सहज हुने गरि राज्यको निकायले जागरुकता साथ काम गरेको खण्डमा हाम्रो काठमाडौं राम्रो काठमाडौं हुने केहि सफाई कार्यक्रममा सहभागीहरुको धारणा थियो|  

Read More
Back To Top