08
Aug
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको थियो । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई मधेस क्षेत्रमा खडेरीको मारमा परेका किसानलाइ राहत प्रदान गर्न तथा दीर्घकालीन समाधान खोज्न बैठकले माग गरेको जानकारी दिए । त्यस्तै कालोबजारी नियन्त्रणका साथसाथै विद्यालय शिक्षा विधेयकमा भएको ढिलाइप्रति आपत्ति प्रकट गर्दै माओवादीले सहमति अनुसार विधेयक पारित गर्न समेत माग गरेको सापकोटाको भनाइ छ । माओवादीका २६ निर्णय (१) संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका लागि नेपाली जनताद्वारा सञ्चालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवम् सामाजिक आन्दोलनमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति…