kathmanduonlinemedia.com

इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समिति पुनः गठन

 
भक्तपुर
इन्जिनियर समाज नेपालको केन्द्रीय कार्य समितिको शनिबार पुनः गठन भयो ।
भक्तपुरमा सम्पन्न इन्जिनियरहरूको भेलाले नयाँ कार्यसमिति गठन तथा ७ सदस्यीय सल्लाहकार समिति गठन गर्नुका साथै बैठकले प्रदेशहरूमा समाजको सङ्गठन विस्तारको लागि प्रदेश समन्वयको जिम्मेवारी पनि तोकेको छ ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले इन्जिनियरिङ सेवामा लागेकाहरू विकास निर्माणको काममा निःस्वार्थपूर्वक लाग्नु जरूरी भएको बताउनुभयो ।
उहा“ले भन्नुभयो, “भर्खरै म्यान्मा र थाइलैन्डमा गएको भूकम्पबाट के–कति क्षति भयो, क्षति हुनुमा संरचना निर्माणमा कसको के–कति अंश जिम्मेवार छ आदिबारे स्पष्ट हुनेगरी अनुसन्धानमूलक लेखहरू तयार गरी नेपाली जनतालाई सुसूचित गर्नु उपयुक्त हुनेछ ।”
डण्डी र सिमेन्टको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेको चर्चा गर्दै सांसद सुवालले भन्नुभयो, “मूल्यवृद्धि हुनुको यथार्थ कारणबारे खोजी गर्नु आवश्यक छ । उद्योगमन्त्रीले मूल्यवृद्धिको समर्थन गर्नु मिलेमतो नै हुनुपर्दछ ।”
उहा“ले भन्नुभयो, “प्रधानमन्त्री, अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी अधिकृतबिचको विवाद विदेशी पु“जीको ठाउ“मा नेपाली पु“जी परिचालन गर्ने, भ्रष्टाचारको विरोध गर्ने, अमेरिकी स्वार्थको लगानी तथा अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता खारेज गर्नेबारे होइन, मिलेमतोमा राज्यलाई दोहन गर्ने नै हुनुपर्दछ । एमसीसीलाई समर्थन गर्नेहरू सबै नेपाली जनताका शत्रु हुन् । हाल ८० प्रतिशत नेपालीले बाल्नलाई मात्र बिजुली पाएका छन् ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले दलीय व्यवस्थामा पार्टीको आ–आफ्नो विचार र सिद्धान्त हुने चर्चा गर्दै सिद्धान्तविनाको पार्टी मानिसको भिडमात्र हुने धारणा राख्नुभयो ।
उहा“ले भन्नुभयो, “एमालेको जनताको बहुदलीय जनवाद र माओवादीको एक्काइसौ“ शताब्दीको जनवाद चुनावबाटै समाजवाद स्थापना गर्ने माक्र्सवादविपरीत संशोधनवादी विचार हो । संशोधनवाद पु“जीवाद हो । नेमकिपा त्यसको विरूद्ध सैद्धान्तिक सङ्घर्ष गर्दै समाजवाद प्राप्तिको बाटोमा अगाडि बढ्दै छ ।”
इन्जिनियर बौद्धिक समुदाय भएकोले आफ्नो क्षमताअनुसार देश र जनताको सेवामा लाग्नुपर्ने आवश्यकता औ“ल्याउ“दै प्रमुख प्रजापतिले स·ठनमा लाग्नुको उद्देश्य पद र पैसाको लागि नभई पार्टी नीतिअनुसार बहुमत जनताको हितमा काम गर्नु हुनुपर्ने बताउनुभयो ।
उहा“ले भन्नुभयो, “निर्वाचनलाई नेमकिपाले जनताको चेतनास्तर उठाउन र वर्गसङ्घर्षको रूपमा उपयोग गर्दै आएको छ । पु“जीवादीहरू क्रान्तिकारीहरूलाई सजिलै चुनाव जित्न नदिन थ्रेसहोल्ड ९मतसीमा० जस्ता अप्रजातान्त्रिक बन्दोबस्त ल्याएर जनताको मतलाई कुन्ठित गर्ने षड्यन्त्र बुन्दै रहेकोले सचेत हुनु जरूरी छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “राजनीतिक दलसम्बन्धी कानुन संशोधन गर्न खोजेर अहिले देशमा दुईदलीय तानाशाही लाड्न नेका र एमाले लाग्दै छन् । नेका र एमाले गठबन्धन सरकारले राम्रो काम नगरेकै कारण राजावादीहरूले टाउको उठाउन थालेका छन् ।”
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं आर्किटेक इन्जिनियर रजनी जोशीले पु“जीवादी व्यवस्थाकै कारण युवाहरू विचलित भइरहेकाले खबरदारी गर्न इन्जिनियरहरू अग्रसर हुनुपर्ने बताउनुभयो ।
भेलामा वरिष्ठ इन्जिनियर राजेन्द्र हाडा, वरिष्ठ आर्किटेक सरोज वैद्य, ई. सत्यराम ज्याख्व, ई। रूपेश प्रजापतिलगायतले बोल्नुभएको थियो ।
By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.