Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

भूमि समस्या समाधानबारे जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर

नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग गठन गरेको छ । सोही विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भूमि समस्या समाधान आयोग, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारले नागरिकहरुलाई आवासको हक सुरक्षित बनाउने नाउँमा पटक पटक सुकुम्बासी समस्या समाधान आयोगहरु गठन गरे पनि समस्या समाधानमा हुन नसकेको बताउनुभयो ।

भूमिहीनलाई जग्गा उपलब्ध गराउनु भन्दा प्रत्येक नागरिकलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नु आवश्यक भएको बताउँदै उहाँले भूमिहीन दलित र सुकुम्बासीहरुलाई आफू बसोबास गर्दै आएको जग्गा दिने व्यवस्थाले ठूलो चुनौती थपिने सक्ने धारणा राख्नुभयो ।

अभिमुखीकरण कार्यक्रममा भूमि समस्या समाधान आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि आयोगको गठन भएको बताउनुभयो ।

भूमिहीन सुकुम्बासीको पहिचान स्थानीय तहबाट मात्र सम्भव हुने हुँदा स्थानीय तहको सक्रियताले आयोगको काम अगाडि बढाउन मद्दत पु¥याउने उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा आयोगका सदस्य तथा बागमती प्रदेश संयोजक गुञ्जकुमार खड्काले आयोगको उद्देश्य, काम, कर्तव्य र अधिकार क्षेत्रबारे प्रस्तुतीकरण र छलफलमा उठेका जिज्ञासामाथि पनि प्रष्ट पार्नुभयो ।

अभिमुखीकरण कार्यक्रम भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरका अध्यक्ष दिपक बिसुन्खे र भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 

By Kathmandu Online Media

1 Comment

  • whoah this blog is fantastic i like reading your articles.
    Keep up the good work! You realize, lots of people are hunting round for this
    information, you can aid them greatly.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.