काठमान्डौ
चैत्र १५ गते तिनेकुनेमा राजाबादीले आमसभा अयोजना गरेको थियो|
राप्रपा नेपाल र दुर्गा प्रसाईले कार्यक्रमको मुख्य कमान्डर जिम्मेवारी सम्हालेको र यस कार्यक्रममा दुर्गा प्रसाईलाई बिशेष जिम्मेवारी दिएको कारण राजाबादीहरु अन्तारिक रुपमा मतभेद देखिएकै थिए|
कार्यक्रम स्थलमा आफ्नो निवास थिमी निकोसेराबाट आउदै गर्दै कोटेश्वर क्षेत्रमा पनि नेपाल प्रहरीको केहि अवरोधसंगै दुर्गा प्रसाई कार्यक्रम स्थल आइपुगेको थियो| तर कार्यक्रम स्थल पुग्नु भन्दा पहिले देखि नै नेपाल प्रहरी सभामा सहभागीहरु बिचमा झडप त ढुंगा इट्टा हान्दै तिनकुने क्षेत्र असुर ग्यास र सडक भरि इट्टाको टुक्राहरु प्रशस्त देख्न सकिन्थ्यो|
यहि समयावधिमा दुर्गा प्रसाईले नेपाल प्रहरी तैनाथ गरेको बानेस्वर पुलको नेपाल प्रहरीको एक सुरक्षा घेरा तोडेर बानेस्वर तर्फ बढेपछी स्थिति नियन्त्रण भन्दा बाहिर गएको थियो |
सबै प्रहरी र शसस्त्र प्रहरी आफ्नो सुरक्षा घेरालाई नियन्त्रण राख्न अघि बढ्दै जादा दुवै पक्षको दोहोरो झडपमा नेपाल प्रहरीले गोलि चलायो|
यसै समयमा किर्तिपुरको सबिन महर्जनको गोलि लागि ज्यान गयो र लगत्तै एभिन्युज टेलिभिजनमा कार्यरत सुरेश रजतको सभाको स्थलको पछाडिको घरमा जलेर मृत्यु भएको अवस्थामा भेटियो |
यी दुई घटनासंगै एकाएक दुर्गा प्रसाई त्यस ठाउबाट भागेर विवादित गुरु पुष्करको घरमा पुगेको र तिनकुने कोटेश्वर,जडीबुटी,सिनामंगल र बालकुमारी पुल तोडफोड र आगजानी भएपछी कर्फ्यु जारि गरे केहि स्थानमा र प्रहरीले दुर्गा प्रसाई खोजि तिब्र बनाए तर पनि दुर्गा प्रसाईलाई प्रहरी पक्राउ गर्न सकेन |
अरु नेताहरु नवराज सुबेदीलाई घरमै नजरबन्द बनाए र अर्का दुई नेता रबिन्द्र मिश्र, धवल सम्सेर रानालाई हिरासतमा राखी अनुसन्धान गरि रहेको छ | यहि बिषय राजाबादीले पनि बल्खु सभा तथा खबरदारी कार्यक्रममा बिना सर्त हाम्रो दुई नेता रिहाइ र झुटो मुद्दा लागाउने सरकारको गलत प्रबित्ति बन्द गर भन्दै मंच मै केहि नेताहरुले भाषण गरेको थियो |
तर यसरि दिन भरि चलेको कार्यक्रममा दुर्गा प्रसाईको भने कुनै चर्चा गरेको देखिएन
अन्ततः बिशेष श्रोतको अनुसार दुर्गा प्रसाई र अंग रक्षक दिपक खड्कालाई भारतीय प्रहरीको पहलमा झापामा नेपाल प्रहरीले पक्राउ गरि नेपाल प्रहरीले प्रेस बिज्ञप्ति जारि गरेको छ |
थप अनुसान्धानको १२ दिन म्याद थप गरि बिस्तृत अनुसन्धान गरिने जनाएकोछ |