नेपाल शिक्षक महासंघ आन्दोलनलाई सरकारको बेवास्ता

काठमान्डौ

नेपाल शिक्षक महासंघले नेपाल सरकारसंग भएको बिगतको सम्झौता कार्यन्वयन एबम शिक्षाको नीति नियम परीमार्जितको विभिन्न मागहरु राखी विभिन्न चरणमा भएको बार्ता र सम्बादलाई तुरुन्त लागु गर्न पहल गर्दा पनि नीतिगत रुपमा नै शिक्षकहरुको यो मुलभूत मागहरुलाई राज्यको सङ्घीय सरकार,प्रदेश सरकार र स्थानीय तहबाट कुनै सुनवाई नगरेको अन्दोलनमा सहभागी शिक्षकशिक्षिकाहरुको भनाई छा

सडक अन्दोलनमा सहभागी शिक्षक महासंघको केहि जिम्मेवारी कार्यदलको सदस्यहरुको मुख्य मागहरु हामीले अहिले यो व्यवस्था र राज्यको राजनीतिक परिबर्तन भए तर नेपालको शिक्षामा कुनै पनि परिबर्तन भएको छैन| यो बिषय राज्यको शिक्षासंग सम्बन्धित धेरै जसो निकायमा अनि राजनीतिक दलको नेताहरुको छलफल गरि सक्यो | यस बिषयलाई न त शिक्षा मन्त्रालयको जिम्मेवारी कार्मचारिको ध्यान केन्द्रित भयो  न त देशमा सुशासन सम्ब्रिद्दिको नारा बोकेर राजनीति गर्ने राजनीतिक दलको नेताहरुको ध्यान केन्द्रित भयो| यसैको मुख्य कारण आज हामी शिक्षकहरु सडक आन्दोलनमा आउन बाध्या भएको महासंघ एक सदस्यले काठमान्डौ अनलाइनलाई स्थलगत रिपोर्टिंगमा बताउनु भयो|

अहिले नेपाल शिक्षक महासंघले सडक अन्दोलन सुरु गरेको १७औ दिन भयो |

संघीय राजधानी काठमान्डौको माइतीघर मण्डलाबाट र्याली निकालेर बबरमहल पुल र बानेस्वरको

बिचमा शिक्षकहरु सडक अन्दोलन दिउसो १२ बजे देखि ३/४ बजे सम्म विभिन्न बिरोधको कार्यक्रम गर्छन| यसरि दिनदिनै अन्दोलन गरेर शिक्षकहरु सरकारको ध्यान केन्दित गर्न शान्तिपूर्ण अन्दोलन गर्दै छन् |

अन्दोलनमा सहभागी एक शिक्षकसंग छोटोमा गरिएको कुराकानी केहि अंश

नुवाकोट जिल्ला क्षेत्रपाल विद्यालयबाट आन्दोलनमा सहभागी शिक्षक यादवप्रसाद लामिछानेको आफ्नो बिचार अनुसार बिगतमा भएको बार्ता र सम्बादलाई राज्यको शिक्षा निकाया,जिम्मवारी शैक्षिक क्षेत्रको राज्य संयन्त्र, शिक्षा विभागले कार्यन्वयनमा कुनै तदरुकता नदेखाएको हुनाले, यो सडक अन्दोलनबाट शिक्षा एन जारि,शिक्षक हकहितको मागहरु,शिक्षा नीतिनियम राज्यको संघीय लोकतान्त्रिक करण हुनुपर्ने,बिस्व प्रतिस्पर्धी सिक्षसंग नेपालको शिक्षा पनि आधुनिकीकरण हुनुपर्ने सबै हाम्रो मागहरु यो पालि सडकबाट अन्दोलन गरेर पुरा गरेर मात्रै विद्यालय फर्किने जानकारी दिनुभयो |

https://www.youtube.com/@kathamnduonlineMedia

 

उहाको आफ्नो शिक्षक पेशामा देखिएको दक्षता र निपुर्णता धेरै नै उतकृष्ट मानिन्छ ,बिगत देखि अहिले सम्म शिक्षण पेशामा नुवाकोट जिल्लामा अध्यापन गराइएको विद्यालयको विधार्थीहरुबाट उहाको पेशाप्रतिको लागव र क्षमातालाई वाहवाह र राम्रो भन्ने प्रत्येक विद्यालयमा प्रसस्तै भेटिन्छ |

अर्का अन्दोलनमा सहभागी नुवाकोट जिल्लाकै शिक्षक राजेन्द्र मनान्धर पनि बिद्यालयमा अत्यन्तै रुचाएको शिक्षकमा पर्छ बिद्यालयमा सामाजिक र अर्थशास्त्र बिषय पढाउनु हुन्छ | उहाले पनि आफ्नो शिक्षण पेशालाई आफ्नै गाउबस्तिको नानिबाबुहरुको शिक्षामा ध्यान तान्ने क्षमतावान व्यक्तिमा पछर्न ,उहाको व्यक्तिगत जीवन देखि पनि त्यहाको कौयो बिधार्थी एबम समुदायको मानिसहरुले सिक्नै पार्ने राम्रो कुराहरु उहामा धेरै छ ,नम्र स्वभाव,हसिलो अनि प्रेराणामुलक ज्ञानको खुबी भएको,समाजमा एक असल र सबैले चिन्न सक्ने आफ्नो पृष्ठभूमि बनाएको व्यक्तित्वमा उहालाई त्यस भेगमा चिनिछ |

चितवन जिल्लाबाट आन्दोलनमा सहभागी एक शिक्षिका पनि आफ्नो गीतसंगीतबाट नै राज्यको सम्बन्धित निकायालाई खबरदारी गर्दै हुनु हुन्छ-रामा पौडेल

यसरि अन्दोलनमा सहभागीहरुको बिचार र भनाईलाई स्थलगत रिपोर्ट लिदा राज्यले ध्यान दिनुपर्ने मुख्य मागहरु अहिले बिस्वको शिक्षा प्रणालिसंग प्रतिस्पर्धा गर्न सक्ने आधारहरु

  • नेपालको बिगत देखि शिक्षा प्रणाली २०२८ खारेज गरि नयाँ शिक्षा प्रणाली लागु गर्नुपर्ने

 

  • हरेक नेपाली नागरिकको छोराछोरीलाई सामान शिक्षा राज्यले व्यवस्था गर्नु पर्ने

 

  • देशको भौगोलिक क्षेत्र अनुसार शिक्षा प्रणाली एकै किसिमको तर मौसम प्रतिकुल शिक्षा तालिका राखेर एकरुपता बनाउने जस्तै सोलुखुम्बु,डडेलधुरा,हुम्ला,मनाङ्,मुस्ताङ हिमाली जिल्लामा व्यवस्था गर्ने

 

  • नयाँ आधुनिकरण समयसंगै शिक्षामा पनि आधुनिकरण शैक्षिक प्रणाली लागु गर्नुपर्ने ,अहिलेको शिक्षकहरुलाई आवस्यकता अनुसार तालिम त क्षमता अभिबृद्धि गर्ने यसमा परिक्षामा प्रणाली गरि उतिर्ण शिक्षकहरु मात्र नियमित नया शिक्षा प्रणालीमा जान पाउने अनुतिर्ण शिक्षकहरु पुनः परिक्षा दिने ,अन्तिममा पनि पास नहुनेहरु सेवाबाट हट्नुपर्ने प्रावधान

 

  • शिक्षामा प्रबिधिमुखी र व्यावहारिक ज्ञानको शिक्षा ल्याउने

 

  • बैज्ञानिक शिक्षा अन्तरगत अन्तराष्ट्रिय जगतसँग मेल खाने शिक्षा प्रबिधि विकास गर्ने जस्तै नेपालमा अध्ययन गरेको शिक्षाले प्राबिधिक शिक्षामा इलेक्ट्रिक टेक्निसियन पढेर त्यो काम गर्न सक्ने होस् अहिलेको शिक्षा जस्तो किताबी ज्ञान व्यवहारमा नहुनु जस्तो नहुने गरि

 

  • नेपालमा अहिले भएको बिभेदमय शिक्षा बन्द गर्ने –सरकारी शिक्षामा गुणस्तर गर्ने र प्राइभेट निजि बिद्यालयमा पढेको बिध्यर्थिलाई पुनह सरकारी बिद्यालयमा परिक्षा लिएर मात्र उतिर्ण गरेको प्रमाणितकरण गर्ने

 

अन्दोलनमा उपस्थितहरुको केहि बुदाहरु जस्ताको तस्तै हाम्रो खबरमा समाबेश गरेको छ |
केन्द्र सरकारको सिंह दरबार र प्रतिनिधि सभाको सभाहल नजिकै देशकै कार्मचारी शिक्षकहरु बिरोध कार्यक्रम गरिरहदा देशको शिक्षा मन्त्री र राजनीतिक दलले कुनै चासो नदिनु र अझै अन्दोलन शान्तिपूर्ण चलिरहनुमा समस्याको समाधान बाटो निकाल्नु जिम्मवारी राज्य पक्षको देखिन्छ |

यस क्षेत्रमा शिक्षक महासंघको अन्दोलनले सर्वसाधारण अवाताजवात समस्या,सवारीसाधनको बाटो अवरुद्द अनि अनामनगर देखि युन एन पार्क तर्फबाट चल्ने यातायातलाई जामको समस्या,माइतीघरबाट बानेस्वर तर्फ जाने सवारी साधनको बाटो बन्द गर्दा थापाथली देखि पुतलीसडक लगायत सिहं दरबार दक्षिण गेट अनि अनामनगर हानुमान थानको बाटोमा आउने र जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राहीले दिनहु जसो दुख कष्ट झेल्नु परेको त्यहाँ आउने सेवाग्राहीको गुनासो छ |

काठमाडौं अनलाइन खबर बिशेष

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top