भक्तपुर
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिका वडा नं. ९ स्थित दत्तात्रयबाट शुरु भएको शुभकामना ¥याली टौमढीमा पुगी सभामा परिणत भयो ।
टौमढीमा भएको शुभकामना सभामा बोल्नुहु“दै प्रमुख अतिथि सांसद सुवालले “राजनीति निस्वार्थ रुपले देश र जनताको सेवाको लागि होे र देशको सम्मुनत विकासको लागि जनतामा राजनीतिक चेतना हुनुपर्छ” भन्नुभयो । उहा“ले आधुनिक युगमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट भक्तपुरको पहिचान बोकेको मूर्त र अमूर्त सम्पदाहरुसँग सम्बन्धित बिस्का जात्रा संसार भरीका स्वदेशी तथा विदेशी पर्यटकहरुले समेत प्रत्यक्ष हेर्ने भएकोले जात्रालाई सभ्य र सुसंस्कृत रुपमा सम्पन्न गर्नु हामी सबैको कर्तव्य रहेको जानकारी गराउनुभयो ।
प्रमुख अतिथि सुवालले अहिलेको सरकारले देशको सन्तुलित विकासको लागि विदेशबाट भित्रिने रेमिट्यान्सको भर नपरी स्वदेशमा आप्mनो श्रम र सीप उपयोग गरी कार्य गर्न सक्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्नुुहुँदै देशको अर्थतन्त्र जोगाउन कालो बजारी नियन्त्रण गर्न जनता सजग हुनुपर्ने चर्चा गर्नुभयो ।
“भक्तपुर नघुमे संसारका आधा भाग नघुमे सरह हुन्छ ।” भन्ने विभिन्न समयमा भक्तपुर भ्रमण गर्ने विद्वानहरुले उल्लेख गरेको स्मरण गर्नुहुँदै भक्तपुरको सम्पदा र सँस्कृतिअन्तर्गत परम्परादेखि चलिआएको बिस्का जात्रालाई सबै मिली सभ्य र भव्य रुपमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा मर्यादित रुपमा मनाउन यही चैत्र १४ र १९ गते सम्बन्धित सरोकारवालाहरुको बैठक बसी आवश्यक तयारी पूरा गरी सकेको जानकारी दिनुुहुँदैे विस्का जात्रामा हजारौं स्वदेशी र विदेशी पर्यटकहरुले प्रत्यक्ष अवलोकन गर्न आउने तथा विभिन्न सञ्चार माध्यमहरुबाट विश्वभरका नागरिकहरुले प्रत्यक्ष हेर्ने हुनाले जात्रालाई शान्तिपूर्ण, व्यवस्थित र सभ्य बनाउनु नगरबासीहरु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो ।
संसारभर भक्तपुर साँस्कृतिक नगरका साथसाथै जीवीत संग्रहालयको परिचय दिन सफल भइरहेको चर्चा गर्नुहुँदै सन् २०२३ मा नेपाल भ्रमणमा आएकामध्ये २५ प्रतिशतले भक्तपुर नगरको भ्रमण गरेको उहा“ले बताउनुभयो । साथै आन्तरिक पर्यटन प्रबद्र्धनको लागि गत मंसिर २८ गतेदेखि पौष २ गतेसम्म भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले ¥यालीमा उपस्थित, जनप्रतिनिधिहरु, कर्मचारीहरु, संस्कृतिकर्मीहरु, स्कूल कलेजका शिक्षक, विद्यार्थीहरु, स्काउट, संस्कृतिप्रेमी नगरबासीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भैरबनाथको रथ वास्तुकला, भूकम्पीय, सामाजिक, ट्राफिक र स्ट्रक्चर गरी ५ वटा इन्जिनियरि·को बेजोड नमूना भएको बताउनुहुँदै बिस्का जात्राको मुख्य आकर्षणको रुपमा आजबाट शुरु हुने रथ तान्ने जात्रालाई सभ्य, भव्य र सुरक्षित रुपमा मनाउन सम्पूर्ण नगरबासीहरुको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहु“दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बिस्का जात्राको माध्यमबाट अन्तर्राष्ट्रिय समुदायमा भक्तपुरको परिचय दिई गौरवान्वित गरिरहेको बताउनुहुँदै बिस्का जात्रा जस्तो अमूर्त सम्पदालाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको तर्पmबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुहुँदै जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सञ्चालनको लागि अनुरोधका साथै उच्छृङ्खल गतिविधि नगर्न नगरबासीहरुलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा गुठी संस्थान, भक्तपुर शाखाका प्रमुख खिमा ओलीले गुठी संस्थान,भक्तपुरले चैत्र २८ गते दिनको ३ बजेको समयमै जात्रा शुरु गरी जात्रालाई सफल बनाउन पुजारी, नाइके तथा नगरबासीहरुको सहयोगको अपेक्षा गर्नुभयो । उहाँले समय सँगसँगै बिस्का जात्रा पनि सुधारोन्मुख हुँदै आएको बताउनुहुँदै प्रसिद्ध विस्का जात्रा सम्पन्न गर्न आवश्यक दुबै रथ निर्माण सम्पन्न पश्चात जनसमुदायलाई हस्तान्तरण गर्नका लागि तयारी अवस्थामा रहेको बताउनुहुँदै रथ तान्ने चलन अनुसारनै माथि र तलको टोलमा रहेका समुदायले तान्ने भनी तोकिएको दिनमा तोकिए अनुसारनै तानी जात्रालाई भव्य, सभ्य, अनुशाशित र मर्यादित तारिकाले सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान विजुक्छें र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।