भद्रकाली मन्दिर पुन:निर्माणको गति तीब्र

सम्पदा स्मारकहरुको पुन:निर्माण उच्च प्राथमिकता र तीब्र गतिमा गर्दैछौँ – आशामान संगत, संयोजक, सम्पदा तथा पर्यटन समिति

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन् । यसको पुननिर्माणको लागत अनुमान ३६ करोड रुपैयाँ हो । सम्पदा तथा पर्यटन विभागका अनुसार ३४ करोड ८० लाख ७१ हजार रुपैयाँ कवोल गर्ने निर्माण कम्पनीले पुनःनिर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग गएको ज्येष्ठ ६ गते सम्झौता गरेर असार ३ गते कार्यादेश दिइएको हो ।

यसको निर्माण परम्परागत नेवारी शैलीमा भइरहेको छ । संरचनामा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम राखिनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा व्लक आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका सुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ । यसको डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।

– महाङ्काल मन्दिर परिसर चौघेरा सत्तलको मौलिक स्वरुपमा पुननिर्माण जारी

यो मन्दिर करिब १२ सय वर्ष अघि स्थापना भएको मानिन्छ ।

१० करोड १० लाख ७९ हजार २७९ रुपैयाँ लागत अनुमान रहेको योजना सार्वजनिक खरिद प्रक्रियाबाट १० करोड ५ लाख १० हजार ६१९ रुपैयाँ कबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरेको छ । सत्तल ५८३.८१ वर्गमिटर क्षेत्रफलको हुनेछ । हरेक तलाको क्षेत्रफल १९४.४७ वर्गमिटर छ । यसमा जमिन तलामा ९ वटा कोठा हुनेछन् । पहिलो तलामा ३ वटा सभा कक्ष, एउटा कोठा र एउटा भण्डार कक्ष हुनेछ ।

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेश द्वार हुनेछ । सत्तल झिँगटीको छानायुक्त हुनेछ । यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top