राप्रपा नेपालले आज पार्टी कार्यालयमा केन्द्रिय कार्य सम्पादन बैठक बोलाएर सबै जिम्मेवारी पदाधिकारीको राय सल्लाह बमोजिम निम्नलिखित निर्णायहरु कार्यसम्पादन समितिमा पारित गरिएको जानकारी हाम्रो काठमान्डौ अनलाइनलाई दिएको छ|
अबको दिनमा पार्टीले गर्ने कार्यक्रमहरु पनि यसै बैठकमा भएको पाच वटा निर्णायमा केन्द्रित हुने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले जानकरी दिनुभएको छ|
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा गरेको निर्णायहरु
१.भ्रष्टाचार विरुद्धको अभियान देशव्यापी रुपमा सञ्चालन गर्ने
२.असोज मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने जिल्ला अधिवेशनहरू को तयारीलाई तीव्रता दिन, आन्दोलनको थप तयारी गर्न पार्टी प्रवेश र सक्रिय सदस्यता अभियानलाई व्यवस्थित गर्न स्थानीय कमिटीहरुलाई सहयोग गर्न मुख्य नेतृत्वहरू समेत सामेल केन्द्रीय पर्यवेक्षकहरू ७७वटै जिल्लामा खटाउने
३.रुपन्देही ३ हुने उपनिर्वाचनलाई आवश्यक तयारी प्रारम्भ गर्न र सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सिफारिस गर्न जिल्ला कार्यसमितिलाई निर्देशन दिने
४.उपाध्यक्ष माननीय ध्रुव प्रधानको नेतृत्वमा नेतृत्वमा निर्वाचन परिचालन समिति निर्माण लगायतका निर्णयहरु गरेको छ।
५.यसैगरी भिजिट भिसा प्रकरण तथा निजामती सेवा विधेयकमा भएको चलखेलका विषयमा समेत आफ्नो धारणा स्पष्ट पारेको छ।