kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

इम्बोष्ट नम्बरमा चलखेल रहित प्रणालीमा कार्यान्वयन होला

काठमाडौं

नेपालको सावरीसाधनहरुमा नया नम्बर प्लेट अर्थात् इम्बोष्ट नम्बर लागु गर्ने सरकरी निर्णाय अन्तत रोकिएको छ !

इम्बोस्ड नम्बर प्लेटमा अर्बौंको भ्रष्टाचारको पर्दाफास : को–को, कहिले र के–के चलखेल गरे ?

ठेक्काको प्रारम्भमै मिलेमतो रहेको सबै प्रमाणहरु बाहिर आएको छ !

-१ अर्बभन्दा बढी प्रस्ताव गर्ने कम्पनीलाई स्वीकार गरेर सुरु।

-विजेता कम्पनी डेकाटुर-टाइगर आइटी जेभी पहिले नै विश्व बैंकबाट भ्रष्टाचारमा प्रतिबन्धित थियो।

निर्णय प्रक्रियामा संलग्न प्रमुख व्यक्तिहरू

मन्त्रीहरू :

-विजयकुमार गच्छदार (२०७२ असोज १५ – २०७३ साउन २०) : प्रारम्भिक चरणमै सहमति गराउने।

-रमेश लेखक : काम अघि बढाउने।

-वीरबहादुर बलायर : २०७४ मा सरकारी सवारीसाधनमा इम्बोस्ड प्लेट राखेर सुरुवात।

सचिव :

-गजेन्द्रकुमार ठाकुर : भ्रष्टाचारमा संलग्न ठहर, मेलम्ची प्रकरणमा ८ वर्ष कैद सजाय।

– महानिर्देशक, मधुसूदन बुर्लाकोटी : सरुवा।

-चन्द्रमान श्रेष्ठ (२०७२ भदौ ७ देखि १ वर्ष) : ठेक्का सम्झौतामा प्रमुख भूमिका।

पछि अकुत सम्पत्ति आर्जन मुद्दा, तर २०८० मा सफाइ।

अन्य अधिकारीहरू:

-विकल पौडेल : टेन्डरको प्राविधिक मूल्याङ्कन गर्ने, मुख्य हर्ताकर्ता।

अख्तियारका धेरै मुद्दामा संलग्न, कतिपयमा दोषी ठहर।

-अर्जुनकुमार थापा (खरिद शाखा प्रमुख), दीपक घिमिरे (कानुन अधिकृत), मोहनबहादुर थापामगर (उपसचिव), गोविन्दप्रसाद खरेल (इन्जिनियर) – मूल्याङ्कन समितिमा संलग्न।

-लोकमान-सिद्धार्थ-विकल त्रिकोण

-लोकमानसिंह कार्की (त्यतिबेला अख्तियार प्रमुख आयुक्त) : निर्णायक दबाब।

-सिद्धार्थ पाण्डे (स्थानीय एजेन्ट) : कम्पनी पास गराउन दबाब।

-विकल पौडेल : मूल्याङ्कन समितिमा मिलेमतो सुनिश्चित गर्ने।

कम्पनी र ठेक्का विवरण

चार कम्पनीको प्रस्ताव :

-फ्रान्सको एसईएलपी – $४.०५ करोड

-बंगलादेशी कम्प्युटर सर्भिस – $४.२० करोड

-डेकाटुर-टाइगर आइटी – $३.८७ करोड

-पिंगाओ-जेकेजी कन्सोर्टियम – $२.९६ करोड (सबैभन्दा सस्तो)

-पिंगाओ-जेकेजीलाई अयोग्य बनाएर, महँगो भए पनि डेकाटुर-टाइगर आइटी छनोट।

सम्झौता (२०७३ जेठ १९)

-रकम : $४३.७८ मिलियन (४ अर्ब ६० करोड रुपैयाँ)।

-५ वर्षमा २५ लाख नम्बर प्लेट जडान गर्ने।

-विवादास्पद सर्त : २५ लाख जडान नभए पनि ९५% रकम भुक्तानी गर्नुपर्ने।

-भ्रष्टाचारको असर

उपभोक्ताबाट असुली :

-भारतमा २ पाङ्ग्रे नम्बर प्लेट अधिकतम ६४० रुपैयाँ, नेपालमा २५००।

-भारतमा ४ पाङ्ग्रे अधिकतम १७६० रुपैयाँ, नेपालमा ३२००-३६००।

-महँगो मूल्य उपभोक्ताबाट उठाउने रणनीति।

अनुसन्धान

-अख्तियारमा उजुरी परे पनि हालसम्म निष्क्रिय।

-विभागका कर्मचारीहरूले समेत राजनीतिक दबाबमा निर्णय भएको स्वीकार।

अन्तिम अवस्था

-हालसम्म करिब ९० हजार सवारीमा मात्रै इम्बोस्ड प्लेट जडान।

– असोज १ बाट अनिवार्य गर्ने भनिए पनि विरोधपछि विभाग पछि हट्यो।

जनताको करबाट उठेको रकममै नेतादेखि सबै निकायको व्यक्ति,कम्पनीहरुले किन भ्रष्टाचार गर्न अग्रसार छन्! देशमा सुशासन र समब्रिद्दी नारामै सिमित पार्ने को को छन् अरु खोज खबर यसै बिषयमा अर्को लेखमा ल्याउने छ !

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.