kathmanduonlinemedia.com

भक्तपुर नगरपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

भक्तपुर

भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले पूर्ण खोप सुनिश्चिततासँगै स्वास्थ्यस्वयम्सेविका र स्वास्थ्यकर्मीहरुमा थप जिम्मेवारी थपिएको बताउँदै सरकारले प्रमाणित गरेका खोपलाई सबैको पहुँचमा पु¥याउन जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले कोभिड मानव जीवनको लागि चुनौतीसँग सँगै नयाँ खोप आविष्कार गर्ने अवसर पनि बनेको बताउँदै खोपलाई बेवास्ता गर्न नहुने पाठ कोभिडले सिकाएको बताउनुभयो ।

त्यस्तै उपप्रमुख रजनी जोशीले स्वस्थ नयाँ पुस्ता तयार गर्न खोपको महत्वपूर्ण भूमिका हुने बताउँदै स्वस्थ र सभ्य समाज निर्माणमा सबैको हातेमालो आवश्यक भएको बताउनुभयो ।

सो अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अन्जना खड्काले खोप सुनिश्चितता घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यससँगै भक्तपुर जिल्लाका चारवटै नगरपालिकाहरु पूर्ण खोप सुनिश्चित घोषणा भएको बताउनुभयो ।

उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख खड्काले भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो भने प्रमुख प्रजापतिले १० वटै वडाका वडाध्यक्षलाई पूर्ण खोप सुनिश्चित प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वागत मन्तव्य दिनुभएको थियो भने खोप फोकल व्यक्ति कमलकेशरी राजचलले भक्तपुर नगरपालिकामा नियमित खोप र पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाबारे डाटा प्रस्तुतीकरण गर्नुभयो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.