काठमान्डौ
स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको आव्हान
महिलाहरुमा हुने स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सर अहिले मृत्युका कारणमध्ये प्रमुख बन्दै गएको छ । यसबेला महिलाहरुलाई क्यान्सरको जोखिमबाट बचाउने दायित्व पूरा गर्न काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत्र १२ गतेदेखि निःशुल्क क्यान्सर परीक्षण र प्रारम्भिक उपचार सुरु गरेको छ ।
२०८१ गएको वैशाख महिनामा गरिएको परीक्षणका क्रममा छुट हुनु भएका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र त्यसबेलाको परीक्षणमा पोजेटिभ नतिजा देखिएका महिलाहरु यसपटकको परीक्षण र प्रारम्भिक उपचारको लक्षित समूह हुनुहुन्छ ।
स्तन, पाठेघर र पाठेघरको मुखको क्यान्सरलाई प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकियो भने उपचार गरेर निको बनाउन सकिन्छ । जटिल अवस्थामा पुगेपछि मात्र थाहा पाइयो भने जीवन बचाउन कठिन हुन सक्छ । खर्चिलो हुन्छ । ब्यक्ति र परिवारलाई दु:ख हुन्छ । समयमै लक्षण थाहा पाएर उपचार गर्न सकियो भने जीवन बचाउन सकिन्छ ।
यसकारण हामी ३० वर्षदेखि ६० वर्षसम्म उमेर समूहका दिदीवहिनीहरुलाई आफू नजिक रहेको काठमाडौँ महानगरपालिकाको स्वास्थ्य प्रवर्धन केन्द्रमा गएर नाम टिपाएर रेफरल स्लिप लिनुहुन आग्रह गर्दछौँ । आज नाम टिपाएपछि भोलि नै परीक्षणका लागि जानुहोला । यसले ब्यवस्थापनमा सहज हुनेछ ।
यो पूर्ण निःशुल्क हो त्यसैले महानगरको सबै जनताले सहभागी हुन सक्ने छ|