भक्तपुर महोत्सव २०८१

भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति भक्तपुर महोत्सवको अवलोकन गर्नुहुँदै

 

भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सव २०८१ अन्तर्गत आज भक्तपुर नपा वडा नं. १० क्वाठण्डौंमा खुल्ला बाँसुरी बाजा प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगितामा ४६ वटा बाँसुरी बाजा टोलीले सहभागिता जनाएकोमध्ये आज ३३ वटा समूहले प्रतियोगितामा प्रस्तुती गर्नेछन् । खुल्ला बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई आत्मसात गर्दै भक्तपुरका गौरवपूर्ण धरोहरलाई जस्ताको तस्तै संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्य अनुसार नपाले काम गर्दै आइरहेको बताउनुभयो ।
महोत्सवमा व्यापक जनसहभागिता परिचालन भएको बताउँदै उहाँले जनताको साथ र सहयोगबाट हुने कामले स्वाभाविक रुपमा सफलता प्राप्त गर्ने बताउनुभयो ।
प्रतियोगितामा सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै उहाँले सांस्कृतिक गतिविधिहरुमा नयाँ पुस्ताहरुको सहभागिता उल्लेखनीय रहँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुर नपा वडा नं. १ इनागबाट बाँसुरी बाजा प्रतियोगिताको उद्घाटन र्याली सुरु भएको थियो भने प्रतियोगितामा सहभागी टोलीहरुले बाँसुरी बाजा बजाएर नगर परिक्रममा गरी कार्यक्रमस्थलमा पुगेको थियो ।
भक्तपुरका जनताले आफ्नो मूर्त र अमूर्त कला–संस्कृति, भाषा र साहित्यलाई जीवन्तता प्रदान गर्दैछन्’
नारायणमान बिजुक्छेँ (रोहित), अध्यक्ष नेमकिपा
नेपाल पूर्वको एक प्राचीन देश हो । आजसम्म नेपाल र नेपाली जनताले देशका विभिन्न भाषा, कला, संस्कृति, साहित्य तथा आफ्नोपनलाई जोगाएका छन् र सम्वद्र्धन गर्ने काममा निरन्तरता दिंदै छन् । यस पुनित कार्यमा भक्तपुर नगर र जिल्लाका जनता निरन्तर सहभागी भइरहे छन् । भक्तपुरका जनताले आफ्नो मूर्त र अमूर्त कला–संस्कृति, भाषा र साहित्यलाई पनि जीवन्तता प्रदान गर्दै छन् ।
हरेक भाषा, संस्कृति, भेष–भूषा एवं खान–पान तथा वस्तुकलामा समेत तत् ठाउ“को भूगोल र सभ्यताको छाप पाइन्छ । भक्तपुरको वर्तमान कला–संस्कृति तथा सम्पदाहरू संरक्षण र प्रवद्र्धन गर्ने कामलाई नया“ पुस्ताले आफ्नो कर्तव्य ठान्दैछन् । यसकारण, कला र संस्कृतिको मर्मत, सम्भार, पुनःनिर्माण र प्रवद्र्धन कार्यमा भक्तपुर नगरका जनता श्रमदान र आ–आफ्नो गक्षअनुसार चन्दासमेत प्रदान गरी दिन–रात नै सक्रिय छन् । यी कार्य गर्ने प्रेरणाको श्रोत ऐन–कानुन, नाफा र लोभ–लालच होइन वरु ‘देश र जनताको निःस्वार्थरुपले सेवा गर्ने’ कर्तव्यबाट घच्घयाइएको मानवीय भावनाहो ।
सिद्धान्ततः, स्थानीय पालिकाहरू प्रजातन्त्रका आधार हुन् । स्थानीय पालिकाका जनता र जनप्रतिनिधिहरू ‘देश र जनताको निःस्वार्थरुपले सेवा गर्ने’ भावनाबाट प्रेरित नभएका गाउ“, नगर, जिल्ला, प्रदेश र केन्द्रका अनेक निकाय, कार्यालय, विभाग र मन्त्रालयहरूमा भ्रष्टाचार, अनियमितता र अख्तियार दुरुपयोगका अनेक कानुनी र नैतिक प्रश्नहरू उठ्दै छन् । नेपाली जनताका आफ्ना अनुभवहरूले नै बताउ“छन्– राजनैतिक दलहरू र नेताहरूजस्तै शिक्षालयहरू र शिक्षकहरू नै जहिलेसम्म संकिर्ण स्वार्थहरूबाट निर्लिप्त हु“दैनन् तवसम्म देश र जनताको इच्छा र आकांक्षालाई मूर्तरुप दिन सक्ने छैन ।
देशका केही अर्थशास्त्रीहरूले अरुस“ग मागेर देश विकास गर्ने कल्पना गर्छन् तर सो नीति २०–२५ वर्ष पहिले नै नेपालमा असफल भई सकेको हो । मित्र राष्ट्रहरूले नेपाल र नेपाली जनतालाई प्रदान गरेका दर्जनौं आधुनिक कल–कारखाना, उद्योग र सेवाका साधन एक एक गरेर बेच्दै र दुरुपयोग गर्दै निजीकरण गर्दा नेपाली जनतालाई पछुताउनुपर्ने स्थितिमा पु¥याएको ताजा उदाहरण हामीस“गै छ ।
यसकारण, गाउ“, नगर, जिल्ला, प्रदेश र केन्द्रले समेत नेपाल र नेपाली जनतालाई आफ्नो देशलाई आत्मनिर्भर बनाउने भावनाबाट प्रेरित नगरी विदेशीको भर र भनाईमा काम ग¥यौं भने ८० लाख युवाहरू मात्रै विदेशीनुपर्ने होइन वरु योभन्दा अझ बढी दुर्दशा भोग्नुपर्ने अवस्था आउने सम्भावना छ ।
नगरपालिकालाई विकास भई नसकेको राणाकालको सेरोफेरोको पालिकाहरूस“ग दाज्नु अत्यन्त अनुदारवादी विचार देखिने छ । साथै ‘नगर राज्य’ बारे विश्वविद्यालय र महाविद्यालयहरूको विकास स्वयं खुल्ला पुस्तककै विषय हो । यसकारण भक्तपुरका जनता ख्वप विश्वविद्यालयको माग गर्दै आएको लामो समय भयो । यसबारे बुद्धिजिवीहरूबीच छलफल चलाउनु जरुरी छ ।
मानव सभ्यताको अध्ययनको निम्ति विश्वविद्यालयका प्राध्यापकहरू म्युजियम वा संग्रहालयमा कक्षा सञ्चालन गर्छन् । जीवशास्त्रको अध्ययनको निम्ति चिडियाघर वा (जू) पुग्छन् । चित्रकला, वास्तुकला र संस्कृतिको अध्ययनको निम्ति ‘सांस्कृतिक नगर’ मा अध्ययन भ्रमण गर्ने गर्दछन् । तारा मण्डल, ग्रह र आकाशगंगाको अध्ययनको निम्ति हरेक नगरमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशालाको निर्माण आवश्यक हुन्छ ।
२०४८ सालदेखि नै संसदमा भक्तपुरलाई ‘सांस्कृतिक नगर’ घोषणा गर्ने र सम्भव भएका नगरहरूमा प्लानेटोरियम वा नक्षत्र अध्ययनशाला बनाउनु पर्नेबारे चर्चा चलेको थियो । ‘सांस्कृतिक नगर’ घोषणा नगरेसम्म भवन निर्माणमा सबै नगरमा लागू हुने ऐन–कानुन वाहेक निश्चित शैली र मापदण्ड लागू गर्न जनतालाई शिक्षित गर्नुपर्ने हुन्छ । छलफल र अनुभवको कमीको कारण यसबारे देशले आवश्यक ऐन कानुनको तर्जुमा गर्न पछि परेको अनुमान हुन्छ ।
स्थानीय तहका विकास निर्माण कार्यहरूमा ठेक्का दि“दा ठेकेदारहरू स्थानीय कला–संस्कृति एवं प्राचीन (ऐतिहासिक) सम्पदाबारे ज्ञान नहुने र नाफालाई नै केन्द्र बनाई ठेक्का दि“दा भक्तपुर र अन्य नगर र जिल्लाहरूका कला र सम्पदाहरू अंगभंग हुने र म्हासिने सम्भावना धेरै छन् । त्यसका उदाहरणहरूमध्ये एक यहीं पशुपति महादेव मन्दिर पनि हो । यसकारण यसबारे सरकारका सम्वन्धित निकायको ध्यान जानु आवश्यक छ ।
अन्तमा, भक्तपुर नगरपालिकाका मेयरज्यू, जनप्रतिनिधि साथीहरू, कर्मचारी र सहयोगी सम्पूर्ण साथीहरूलाई ५ दिने भक्तपुर महोत्सवको आयोजना गरी विदेशी मित्रहरू, देशका विभिन्न संघ संस्थाका साथीहरूलाई समेत भक्तपुर नगरको कला, संस्कृति र सम्पदाहरूको संरक्षण र सम्वद्र्धन गर्दै गरेका धरोहरहरूको अध्ययन भ्रमणको अवसर दिनु भएकोमा धन्यवाद दिन चाहन्छु । आशा एवं विश्वास छ– भक्तपुर नगरपालिकाले जनतास“ग एकाकार भई अझ आफ्नो सेवा, कर्तव्य एवं विकास निर्माण कार्यमा नया“ नया“ उपलव्धीहरू प्राप्त गर्ने कार्यमा सफलता प्राप्त गर्नेछ ।
भक्तपुर नगरपालिकाको ‘सांस्कृतिक महोत्सव’ को सिलसिलामा देश र विदेशका धेरै मित्रहरू, साथीहरूस“ग भेटघाट गर्ने अवसर दिनु भएकोमा भक्तपुर नगरका मेयरज्यू, जनप्रतिनिधि साथीहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु । धन्यवाद ∕
(भक्तपुर नगरपालिकाको आयोजनामा भएको भक्तपुर महोत्सवको उद्घाटन समारोहमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले मंसिर २८ गते व्यक्त गर्नु भएको मन्तव्यको सार – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading