सुदुर पश्चिम दर्चुलाको मार्मा तपोवन

मार्मा गाउँपालिकाको संक्षिप्त परिचय:

वि.स.२०७३ सालमा घोषणा भएका ७५३ वटा स्थानीय तह मध्ये मार्मा गाउँपालिका प्रदेश नं. ७ दार्चुला जिल्लामा अवस्थित एउटा स्थानीय तह हो । यो गाउँपालिका दार्चुला जिल्लाको दक्षिण पुर्वी भागमा अवस्थित छ । यस मार्मा गाउँपालिकामा साविकका ५ वटा गा.वि.स.हरु (शेरी, तपोबन, लटीनाथ गुल्जर  (२–९) र सितोला १-४ र ९ )  लार्इ एकिकृर्त गरी ६ वटा वडाहरु मा विभाजन गरिएको छ । यस मार्मा गाउँपालिकाको पूर्वमा बझाङ्ग जिल्ला , पश्चिममा  दार्चुलाको नौगाड गाउँपालिका तथा शैल्यशिखर नगरपालिका , उत्तरमा अपिहिमाल गाउँपालिका र  दक्षिणमा बैतडीको डिलाशैनी गाउँपालिका तथा बझाङ्गको बुङ्गल नगरपालिका  रहेका छन।

यस मार्मा गाउँपालिकाको क्षेत्रफल  २०८.०६ वर्ग कि.मि. रहेको छ । वि.स.२०६८ को जनगणना अनुसार यस मार्मा गाउँपालिकाको कूल जनसंख्या १४९५६ रहेको छ ।  मार्मा गाउँपालिका सदरमुकामबाट लगभग १५ कोष टाढा रहेको छ । यस मार्मा गाउँपालिकामा विभिन्न जातजातीहरु रहेका छन । जसमा ब्रामण ( जोशी ,पन्त, ओझा,भट्ट ) , ठकुरी (सिंह) ,  क्षेत्री ( बिष्ट , महता , सितोली , डडाल , कोट्टारी,धामी, ठगुन्ना, भण्डारी,मन्याल, कार्की, महरा र रोकाया आदी ) , दलित ( टमटा, ओड, दमाइ, तिखाल, नेपाली,  लुहार , कामी , वि.क. आदी ) तथा अन्य जात जातीहरु यस मार्मा गाउपालिकामा बसोबास गर्दै अएका छन ।यस मार्मा गाउँपालिकाको बनावट भिरालो जमिन , समथर जमिन , उच्चा डाँडाहरु तथा विभिन्न पानीका मुहानहरु पनि रहेका छन । जस्तै चौलानी नदी , पारीबगरमा नौगाड खोला, घट्टेगाड खोला , तपोबन मर्मतीमा मेलेगाड खोला , शेरी मा रहेको कचुलीगाड खोला ,च्युरानीको दोगाडा खोला आदि पानीका श्रोतहरु  रहेका छन ।  यस मार्मा गाउँपालिकामा  विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पनि रहेका छन । जस मध्ये मार्मा गाउँपालिकाको सबै भन्दा अग्लो स्थानमा रहेको परमचुली धाम पनि एक हो । यस्तै दार्चुला जिल्लाकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल तपोबन तातोपानी, लटीनाथ बाबाको मन्दिर(तलार्इमाण्डौ) लटीनाथ , मटेलाको मस्टा मन्दिर ,शेरीको क्वाकट्टे मन्दिर , गुल्जरको दुर्गाभवानी मन्दिर जस्ता थुप्रै धार्मीक तथा पर्यटकीय ठाउँहरु पनि यस मार्मा गाउपालिका भित्र रहेका छन । भोगौलिक हिसाबले विकट रहे पनि यो मार्मा गाउँपालिका प्राकृतिक  रुपमा  एकदमै सुन्दर र रमणीय ठाउँ रहेको छ ।

मार्मा गाउँपालिका तपोबन मा बि

तपोवन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, दार्चुला जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २२९३ रहेको थियो जसमध्ये १११२ पुरुष र ११८१ महिला रहेका थिए भने यहाँ ४०५ घरधुरी रहेको थियो। यो हाल मार्मा गाउँपालिकामा पर्दछ।

बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ।

दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ। अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ। चमेलिया नदी किनारमा रहेको तातोपनीको मुहान्मा स्नान गर्नले विभिन्न रोघहरू निको हुने धर्मिक बिस्वास छ।हिउद् महिनामा यस् थाउम नुहाउन आउने मानिशरुको भिद् लाग्ने गर्दछ।

सुन्दर प्राकृतिक छटाहरूको बीचमा रहेका तपोवन भूमिमा माघे सङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ। रातभर हजारौँ भक्तजनहरूले ‘धुनी जगाएर’ जाग्राम बसेपछि माघे सङ्क्रान्तिको बिहान झिसमिसेमा चमेलिय नदीको किनारमा तातो पानीको फोहरा उम्लन थाल्छन्।अप्पी हिमालको फेदीबाट हिउँझैँ बगेर आउने सेतीको किनारको चिसो पानीसँगै तातोपानीको फोहरामा स्नान गर्न पाउँदा भक्तालुजनहरू निकै आनन्दित हुने गर्छन्।

माघे सङ्क्रान्तिका दिनमा निस्केको तातोपानीको फोहरा माघ महिनाभरि उम्लने गर्छ। प्रत्येक दिन झिसमिसेमा तातोपानी बिस्तारै बढी मात्रामा निस्कने र सूर्य अस्ताउन लाग्दा कम हुँदै जाने गर्छ। तपोवन भूमिमा पहिलोपटक पुग्ने जो कोही व्यक्ति पनि बिहानको समयमा बढी तातोपानी आउने र दिन ढल्कँदै जाँदा पानी उम्लन पनि कम हुँदै जाने क्रमले यहाँ दैविक शक्तिको प्रभाव परेको विश्वास गर्न विवश हुने गर्छन्। अर्को कुरो यहाँको तातोपानीको फोहराका स्नान गरी पितृलाई ‘पिण्ड दान’ गर्दा सहजै वैतणिर् तर्न सकिने धार्मिक विश्वास पनि रहेको छ।

यो भूमि धार्मिक दृष्टिले बझाङ, बाजुरा, अछाम, बैतडी, डडेल्धुरा, दार्चुला मात्र होइन छिमेकी मुलुक भारतको उत्तराञ्चल, उत्तराखण्डलगायतका दक्षिण भारतबाट समेत हजारौँ भक्तजनहरू माघ महिनामा आउने गर्छन्। बूढापाकाको भनाइमा पौराणिक कालमा १८ ऋषिमुनिले एकसाथ यो भूमिमा तपस्या गरेका थिए। गीता तथा सोह्र पुराणमा उल्लेख भएअनुसार भारतवर्षको उत्तराखण्डअन्तर्गत व्यास ऋषि हिमशृङ्खलामा तपोवन भूमिको धार्मिक तथा पर्यटकीय हिसाबले निकै ठूलो महìव रहेको छ।

दार्चुला जिल्ला सदरमुकामबाट करिब १५ कोष टाढा उत्तरी भेग चमेलिया नदीको किनारामा अवस्थित तपोवन भूमि वारिपारि अजङ्गर पहाडमा तपस्यामा बसेका ऋषिमुनिका आकृतिले पनि तपोवन भूमिको सम्बन्धी किम्वदन्तीलाई शाश्वत सत्य हो भन्ने विश्वास गर्न सकिन्छ।अप्पी हिमालको फेदीबाट आरम्भ हुने चमेलिया नदीको चिसो अनि कञ्चन पानीसँग सुसेली खेल्दै प्राकृतिक छटाका साथ रहेका धार्मिक स्थल तपोवन पर्यटकीय दृष्टिले पनि निकै आकर्षक मानिन्छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading