नुवाकोटमा वाईसीएल जिल्ला सम्मेलन सम्पन्न

 

देशभरको वाईसीएलहरु केन्द्रीय सम्मेलन तयारीको लागि आआफ्नै जिल्लामा सम्मेलनमा जुटिरहेको बेला नुवाकोट जिल्लामा पनि सम्मेलन निर्वाचन प्रक्रियाबाट नै सम्पन्न भएको छ|

जिल्लामा बिगत देखि माओबादी केन्द्रको भात्रृ संगठनहरु कम्जोर भएको बेलामा केन्द्रमा पार्टीले देशब्यापी चलाएको अभियानसंगै वाईसीएल नेपालमा पनि केहि युवाहरु जोडिएको र वाईसीएल सम्मेलनको लागि पनि पार्टीमा गर्नुपर्ने प्रक्रियालाई निरन्तरता दिएको देखिन्छा

जिल्लामा माओबादी केन्द्रको माहोल र माओबादी भने कांग्रेससंग प्रतिस्पर्धा रहेको देखिन्छ |
निर्वाचन क्षेत्रको अधारमा नुवाकोटको राजनीतिलाई हेर्ने हो भने बिकाश निर्माण जनतामुखी भन्दा पनि व्यक्तिगत राजनीतिक हावी र पार्टीको भागबन्डा भन्दा अरु देखिन्न |

अहिलेको राजनितिक स्थितिलाई हेर्ने हो भने माओबादी केन्द्र र कांग्रेस मिलेमतो राजनीति चलिरहेको देखिन्छ | स्थानीय तहको जनप्रतिनिधि देखि केन्द्रको राजनीतिमा पुरानै राजनीतिक गन्ध जिल्लामा प्रष्ट छ |

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा एक क्षेत्र माओबादीले पूर्ण रुपमा कब्जा गरेको छ|

प्रदेश र संघ जनप्रतिनिधि दुवैमा र अर्को क्षेत्रमा प्रदेश र संघ पुरै कांग्रेसको भाग लगाएको छ |

यसरि राजनीतिक रुपमा हेर्ने हो भने लोकतान्त्रिक विधिमा चल्ने र निर्वाचन प्रक्रियाबाट जाने सिदान्त पालना गरेको भए जिल्ला राजनीति माओबादीले  जनतामुखी देखिएको छैन |
वाइसिएल नेपालको सम्मेलनबाट निर्वाचित वाईसीएल जिम्मेवारी सदस्यहरुले यो बिषयमा जिल्लामा अवाज उठाउछ कि उठाउदैन यो बिषय भने हेर्न बाँकी नै छ भनि एक माओबादी निकट जिल्ला पार्टीको सदस्यले हाम्रो टिमलाई जानकारी दिनुभएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading