माईकोचिपिङ प्रक्रिया महानगरमा लागु भएकै हो

 

प्रस्तुत विषयम काठमाडौँ महानगरपालिकवाट मिति २०८१/१२/२० मा गोरखापत्र दैनिकमा काठमाडौं महानगरपालिका क्षेत्रका कुकुर/विरालोलाई माईकोचिपिङ गराई सम्वन्धित वडा कार्यलयमा दर्ता गराएर मात्र पाल्नु हुन र माईकोचिपिङ लगाएर मात्र विक्रि वितरण गर्नु/गराउनु हुन भनी सूचना प्रकाशित भएको र काठमाडौं महानगरपालिकाका कुकुर/विरालो वन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) मा कुकुर/विरालोमा धनीको विवरणको ढाँचा रहेकोले सोही वमोजिम नेशनल भेटेरिनरी काउन्सिल प्राप्त डाक्टरवाट पहिचान (माईकोचिप गराई वडा कार्यालयमा दर्ता गर्ने/गराउने व्यवस्था गराउन साथै यस विषयमा कुनै दुविधा भएमा काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका वरिष्ठ पशु चिकित्सक (दशौं) को सम्पर्क नं. ९८५११२९६१७ मा सम्पर्क गर्नु होला ।

माईकोचिपिङ गराउन काठमाडौं महानगरपालिकाको ३६ औं नगर सभावाट अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ को पाना नं. ८१ र ८६ अनुसार स्थानीय कुकुरको निःशुल्क र विदेशी प्रजातिको प्रति कुकुर रु २,०००/- (दुई हजार मात्र) राजश्व लिई दर्ता गराउने कानूनी व्यवस्था रहेको सोही अनुसार गर्नु/गराउनु हुन अनुरोध गरिन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading