जनयुद्दको रिलमा अझै जनयुद्दको शहिदहरुको सम्झना गर्ने कमरेडहरु-समिर

कमरेड समिरले जनयुद्ध आफ्नो सहयोद्दा कमरेडहरू र बिगतको क्षणहरुलाई सम्झिदै कोरेको केहि अविष्मरण समयको सम्झनाहरु उहाकै शब्दमा प्रस्तुत गरेको छु |

आज कमरेड अनिल अधिकारी (प्रदुन)को २३ औं वार्षिकी वहाँ प्रति भावपुर्ण श्रद्धान्जली सहित मेरो पुरानो वहाँको स्मरणमा तयार गरिएको अप्रकाशित लेख प्रस्तुत गरेको छु

हृदयको कुनामा सजिएको कहिल्यै नओईलाउने अजम्वरी फुल, कमरेड अनिल

माधव लामिछाने (समिर)

खै कहाँ वाट सुरु गरौं, मनभित्रका भावनाहरु छताछूल्ल हुन्छन । हृदयभित्र बेदनाका छालहरु मडारिन्छन र मन वेगवान गतिमा सुईकिदै पुग्छन युद्धको महासमरमा । वर्ग संघर्षको मोर्चामा अनुभुति गरिएका थुप्रै सुखद अविस्मरणिय क्षणहरु तारुका देखि दार्खा रेड हुदै पस्चिम रोल्पा रुकुमका आधार ईलाका र गन्डकको लम्वे मार्चपासहरुका एक एक फोटोको पत्रझै पल्टीदै जान्छन अनि अर्को पाटोमा सुरु हुन्छ मन नै कटक्क पार्ने पिडा दायी क्षणहरु । हजारौं त्यस्ता घटनाहरु छन जसले मनभित्रका पिडाहरुलाई आक्रोसमा वदलेर वर्ग वैरी विरुद्ध प्रहार गरीएको छ । आज नयाँ प्रकारले नेपाली क्रान्तिको कार्यदिशालाई अगाडी वढाउने भनिएको त छ तर वाटो हराएका यात्री झै भएका छौ हामी । हिजो एक कासनमा मृत्यु वरण गर्न तछाड मछाड गर्ने क्रान्तिकारी योद्धाहरु आज कुहिरोको काग झै किन रुमल्लिरहेको छ । सुनौलो समाजको सपना देखेर मृत्यु संग पौठेजोरी खेल्नेहरु नै आज किन अरवको खाडीमा हराईरहेका छन । हाम्रो सपना नयाँ जनवादी व्यवस्था हुदै समाजवाद र साम्यवाद के अव सुदुर भविष्यको विषय वनेको त होईन रु पार्टी आज सर्वहारा वर्गको अग्रदस्ताको रुपमा नरहेर चौतारोको रुपमा विकास भएको छ । जसलाई जे मनलाग्यो त्यही गर्ने । यदी अव पनि हामीले पार्टीलाई नयाँ जिवन दिएर अगाडी वढ्न सकेनौ भने ति हिजोका वलिदानहरु खेर नजालान भन्न सकिन्न । त्यसैले अव पार्टीलाई पुर्नजिवन दिने हो भने वद्लिएको विश्व परिस्थितिमा क्रान्तीको सफलताको लागी विचारधारात्मक रुपमा थप विकास सहित विश्वको असफल क्रान्तीहरु र सफल भएर पनि सत्ता पाई सकेपछि प्रतिक्रान्तीमा पुगेका देशहरुवाट शिक्षा लिदै नयाँ कार्यदिशा को विकास गर्दै हिजोका ति विरता र वलिदानका अदम्य किर्तिमानहरुलाई मनमनमा सजाउन जरुरी छ जहाँ हजारौ हजार विर विराङगनाहरुको अमुल्य रगतले हाम्रो पार्टी ईतिहाँस रक्त रञ्जीत छ । तिनै सहिदहरुले देखाएको वाटोमा अगाडी वढ्न जरुरी छ । यिनै घटनाहरुको विचमा नेपालको कम्युनिष्ट आन्दोलनको ईतिहाँसमा एउटा फरक प्रकारको साहस र वलिदानको किर्तिमान जो इतिहाँसमा सदैव नमेटिने शुनौलो अक्षरमा अंकित छ । हो तिनै महान शहिदहरु मध्येका एक अनिल अधिकारी (प्रदुन) संग गरिएको सहकार्य, वहाँको सहादतको पिडादायी क्षण र वलिदानकोे गौरवपुर्ण गाथाहरुलाई आफ्नो आखाँले जस्तो देख्यो त्यस्तै यो सस्मरणमा उतार्ने प्रयत्न गरिएको छ ।

२०५६ फागुनवाट मेरो कार्यक्षेत्र रसुवा नुवाकोटवाट नुवाकोट धादिङ जिल्लामा हुन्छ । म पार्टीले दिएको जिम्मेवारी पुरा गर्न धादिङतिर लागे त्यहाँ मलाई धादिङको धुवाकोट, खाल्टे, निलकण्ठ, साङकोष, कटुन्जे र सेमजोङ गाविस तथा नुवाकोटको ७ गाविस को जिम्मा आउछ । म नयाँ भुगोलमा त्यो पनि सदरमुकाम क्षेत्र भएकोले केही अप्ठ्यारो र असहज महसुस गर्दै धादिङको धुवाकोटमा पुग्छु । त्यहाँ केही दिन वसेपछि निलकण्ठ गाविसमा जाने योजना वनाई सिम्ले हुदै वसाहा तिर लागीयो त्यही पहिलो पटक रामचन्द सामरीको घरमा मेरो अनिल अधिकारी क. प्रदुन संग भेट भयो । महान शहिद क.शेर्पा दाई हिरा वहादुर वस्नेतको पहलकदमीमा पार्टी आन्दोलनमा कृयाशिल योद्धा हुन अनिल अधिकारी क.प्रदुन । वहाँ हिरा वहादुर दाईको वहिनी को छोरा हुनुहुदो रहेछ ।

२०५७ मंसिर १ गते पार्टी कामले जादा मैले पहिलो पटक वँहालाई भेटेको थिए । अत्यन्त सोझो जस्तो लाग्थ्यो कम वोल्ने मलाई वहाँले पार्टीमा हिडेर खासै प्रगती होला जस्तो लागेन । तर वहाँ पार्टीमा हिँड्ने अडानमा हुनुहुन्थ्यो । वहाँले जित्नुभयो । तर संगत गर्दै गर्दा थाहा भयो वहाँ त वहुत ईमान्दार र आन्तरिक वाठो र मिठासपुर्ण स्वभाव भएको योद्धा हुनुहुदो रहेछ । केही समयमै वहाँ पार्टीका नेता कार्यकर्ताको प्यारो भै सक्नु भएको थियो । कलेज पढ्दा पढ्दैको छोरो माओवादी मा पुर्णकालिन वनेपछि वहाँको घरमा सम्झाउन जानुपर्ने भयो किनकी वुवाले असाध्यै पीर मान्नुभएको थियो । पहिलो पटक म वहाँको घर नुवाकोट तारुकाको त्यो फाँटको विचको एक्लो घरमा सेर्पा दाई संगै गएको थिए । त्यतिखेर मैले थाहा पाए वहाँको दाजु  शंकर अधिकारी  त म संगै नुवाकोट क्याम्पसमा पढेका रहेछौ । र पार्टी प्रति अत्यन्त ईमान्दार कार्यकर्ता हुनुहुदो रहेछ ।

अनिल अधिकारी (प्रदुन) पार्टीले दिएको हरेक काम पुरा गर्न हर हालतमा लागी पर्ने ईमान्दार र कर्तव्यनिष्ठ कार्यकर्ता वन्नुभयो । पार्टीमा हिडेको केही समयपछि नै वहाँ फौजी संगठनमा आवद्ध हुनुभयो । र युद्धको मोर्चामा सहभागी हुनुभयो । वहाँ ईलाका स्तरिय स्क्वायडमा काम गरिरहेको अवस्थामा हो २०५७ फागुन १९ गते धादिङको धुवाकोटमा सहिद गेट निर्माणको क्रममा म गंभिर घाईते हुन पुगे स्थानिय स्वास्थ्यकर्मीले मलाई काठमाण्डौ रिफर गर्नुभयो । धादिङ वेसिवाट रेडक्रसको एम्वुलेन्स लिन ईस्वर श्रेष्ठ जी जानुभयो भने अन्य कमरेडहरुले मलाई गल्छी सम्म वोकेर ल्याउन भन्नुभयो । लामो वाटो सुरक्षीत थियो तर म विचमै मर्न सक्थे छोटो वाटो विचमा तारुका प्रहरी चौकी पथ्र्यो गिरफ्तारीमा पर्न सक्थे त्यतिखेर क. प्रदुनले हिम्मत गरेर छोटो वाटो वाट मलाई लैजानु भयो । तारुका प्रहरी चौकीका प्रहरीहरुले सोधखोज गरे वहाँले घाँस काट्न जाँदा रुखवाट खसेको भन्नु भयो । प्रहरीहरु मेरो मुखमा वत्ति वाल्दै थिए वहाँले विरामीलाई अप्ठ्यारो भयो आँखामा वत्ती नवाल्नुस न भन्दै अगाडी लिएर जानुभयो । यसरी वहाँ जोखीम मोल्न तयार हुनुभएको कारण म समयमै अस्पताल पुगे र मेरो ज्यान वाँच्यो ।

क प्रदुन र म त यती नजिक भएछौ कि पार्टीले घर विदा दिएको वेला पनि वहाँ आफ्नो घर नगई मेरो घर रसुवा आउनुहुन्थ्यो । हामी संग संगै नुवाकोट र धादिङका वस्तीहरुमा पुग्यौ र पार्टीका कामहरुमा सहभागी वन्यौ । यसरी दिन वित्दै थिए त्यही क्रममा पार्टीको आवस्यकता अनुसार वहाँ जनमुक्ति सेनामा सहभागी हुनुभयो र गण्डक क्षेत्रमा सक्रिय रहन थाल्नु भयो । त्यस पछि हाम्रा भेटहररु पातलिए केन्द्रीकरणको कार्यक्रममा हामी गण्डक जाँदा भेट हुन्थ्यो । वहाँले थुप्रै फौजी कारवाहीहरुमा भाग लिनु भयो । नुवाकोटको तारुका, धादिङको दार्खा गोरखाको वारपाक स्याङजाको सदरमुकाम लगायतका सफल फौजी कारवाहीमा सहभागी हुदै वहाँले आफुलाई अव्वल क्रान्तिकारी सावित गर्नु भएको थियो । त्यतिखेर गण्डकमा एउटा कम्पनि कार्यरत थियो सो कम्पनिको एउटा प्लाटुनको सहायक कमाण्डर भै सक्नु भएको थियो ।

२०५९ जेठ १ गते गुल्मीको घमिर जहाँ जनमुक्ति सेनाको टोली थियो । दुश्मन आएको छ भन्ने हल्ला चल्यो । त्यतिखेर त्याहाँ वाटो खन्ने काम भए रहेको थियो । क. प्रदुन र अर्को एक जना वहिनी विना विक परिस्थिति वुझ्न भनेर जानुभयो । वाटो खन्ने मान्छेहरुको भिडमा वहाँहरुले सेना मिसीएको थाहै पाउनु भएन र सेनाले वहाँहरुलाई गिरफ्तार ग¥यो । तर वहाँहरुले दुश्मनसामु झुक्नु भएन । यातनाले गलाउन नसकेपछि गोली हानी वहाँहरुको हत्या गरियो र नजीकैको वाँसको झाङनेर गाडीयो । यसरी देश र जनताको मुक्तिको यात्रामा लामवद्ध एक होनहार योद्धाको रगतले गुल्मीको घमिर भिज्यो । वावु आमाले आफ्नो मुटुको टुक्रा गुमाए परिवार जनले आफ्नो आफन्त गुमाए । साथीहरुले एक असल साथी गुमायौ र देशले एक होनहार युवा गुमायो । २०६० सालको कार्तिकमा म रोल्पा जाने क्रममा घमिरमा पुगे मलाई अनिलको त्यो अनुहार झल्झली याद आयो मैले स्थानिय जनताहरुलाई वहाँको सहादत भएको ठाउ कहाँ हो भनेर सोधे । वहाँहरुले देखाई दिनु भयो त्यो वाँसको झाङको डिलमा उभिएर मैले वहाँ संगका सहयात्राका दिनहरु संझिए । त्यो हँसिलो चेहरा सधै केही गरौ भन्ने उत्सुकता । साथीहरुको लागी जे गर्न पनि तयार हुने भावना । म निकै भावुक वनेर वस्दै थिए म संगै जानुभएका क. अमरसिँहले मलाई सम्झाउनु भयो । हामी लामो यात्रामा थियौ । वहाँ प्रति भावपुर्ण श्रद्धान्जी दिदै त्याँहावाट अगाडी वढ्यौ । यतिखेर म सोचिरहेछु क. प्रदुन जस्तै हजारौ योद्धाहरु को वलिदानवाट प्राप्त गणतन्त्रको उपभोग हामीलाई अपराधी करार गर्नेहरुले गरिरहेका छन । हाम्रो आसु रगत पसिनामाथी मोज गर्ने र हामी र हाम्रो नेतृत्वलाई आक्रमण गर्ने छुट तिनीहरुलाई छैन । हाम्रो नेतृत्वलाई आलोचना गर्ने छुट तिनीहरुलाई छ जसको आफन्तले रगत वगाएका छन । जसले घाईते सरिर लिएर वाँचिरहेका छन । र जसले त्याग तपस्या र योगदान गरेका छन । हिजो जनयुद्धको सुरु गर्नेवेलाका हाम्रा प्रतिवद्धताहरु मध्ये एउटा प्रतिवद्धता थियो जनयुद्धलाई अन्त सम्म लैजाने प्रतिवद्धता विना युद्ध सुरु गरेर विचैमा छोड्ने छुट कसैलाई छैन । यदी त्यसो गरिएमा त्यो आम जनता कार्यकर्ता प्रतिको अपराध हुनेछ । तर हामी विचैमा जनयुद्ध छोडेर फर्कियौ । हामीले त्यसो नगरेको भए पेरु फिलिपिन्स वा लिट्टे हुने सम्भावना धेरै थियो । अव हामीले जति उपलव्धी प्राप्त गरेका छौ त्यसवाट माथी उठेर त्यसको अधिकतम प्रयोग गरेर समाजवादको यात्रा तय गर्नुछ । त्यसवाट मात्रै क. प्रदुन लगायतका शहिदहरु प्रति सच्चा श्रद्धान्जली हुनेछ । तर माक्र्सले पेरिस कम्युनको असफलता पछि कम्युनिष्ट घोषणापत्रको जर्मन संस्करणको भुमिकामा लेख्नुभएको छ । प्रतिकृयावादीहरुको वनिवनाउ सत्तामा गएर हामीले समाजवाद प्राप्त गर्न सक्दैनौ । अव नेपालमा समाजवाद कसरी आउने हो । हेर्न वाँकी छ र नेतृत्वलाई खवरदारीको अझै धेरै जरुरत छ । किनकी जनयुद्धमा भएका वलिदानहरु खेर नजाउन । हार्दिक श्रद्धान्जली क. अनिल अधिकारी (प्रदुन) ।

माधव लामिछाने

बागमती प्रदेश सहसचिब

माओबादी केन्द्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading