विश्वमा पश्चिमा देशहरुसंग प्रतिस्पर्धा जनशक्तिको कमि छैन चीनमा

 

चिनिया स्कूली शिक्षाः 6+3+3 ढाँचा ले अहिलेको विश्वमा पश्चिमा देशहरुसंग प्रतिस्पर्धा जनशक्तिको कमि छैन चीनमा

चीनमा हालै भएको शिक्षामा अझ विश्वको आधुनिक शिक्षा प्रणालीसँग प्रतिस्पर्धा गर्न नया नीति तथा नियम परिमार्जन गरिएको शिक्षा श्रोतबाट खुलेको छ |

१) प्रारम्भिक शिक्षा (Primary Education) 6 वर्ष (आयुः ६ देखि १२ वर्ष), कक्षा १ देखि कक्षा ६ सम्म। यो सरकारी सार्वजनिक विद्यालयहरूमा दिइन्छ र सबै बालबालिकाको निम्ती अनिवार्य हुन्छ। विषयहरू: चिनियाँ भाषा, गणित, नैतिक शिक्षा (कन्फ्युसीयसका उपदेश आधारित), विज्ञान, चित्रकला, सङ्गीत, खेलकुद, आदि। केही स्थानमा अङ्ग्रेजी भाषा पनि कक्षा 3 वा 4 देखि सुरु हुन्छ। विशेषता: बालबालिकालाई आफ्नै मातृ भाषामा (मूलत: म्यान्डारिन) आधारभूत विषयहरु पढाइन्छ। बहु-संस्कृतिक क्षेत्र (जस्तै: तिब्बत, शिनजियाङ) मा स्थानीय मातृभाषामा पढाइन्छ, तर म्यान्डारिन पनि अनिवार्य हुन्छ।

२) निम्न माध्यमिक शिक्षा (Junior Secondary) 3 वर्ष (आयुः १२ देखी १५ वर्ष), कक्षा 7 देखि कक्षा 9 सम्म। ९ कक्षा सम्म अनिवार्य शिक्षा अन्तर्गत पर्दछ। विषयहरू: चिनियाँ भाषा, गणित, अङ्ग्रेजी, भौतिकशास्त्र, रसायनशास्त्र, इतिहास, भूगोल, सूचना प्रविधि (IT), राजनीतिक शिक्षा (नवकन्फ्यूसियसवाद (जसमा दाओवाद, कन्फ्युसियसवाद, र बौद्ध शिक्षा मिस्सिएको हुन्छ), साम्यवाद (यसमा लेनिनवाद, माओवाद, देङस्याओपिङ र शी जिनपिङ विचारधारा)का सिद्धान्त), आदि। विशेषता: यो तहमा विद्यार्थीहरूको शैक्षिक मूल्याङ्कन (जाँच) थालिन्छ र अब High School Entrance Exam (Zhongkao) को तयारी पनि गरिन्छ।

३) उच्च माध्यमिक शिक्षा (Senior Secondary) 3 वर्ष (आयु १५ देखि १८ वर्ष उमेर समुह), कक्षा 10 देखि कक्षा 12 सम्म। अब शिक्षा “अनिवार्य” होइन, तर अधिकांश विद्यार्थीहरूले उच्च माध्यमिक पढ्न रुचाउँछन्। यो तहबाट दुई ट्र्याक छुट्टिन्छ: क) Academic Track: यो समुहले विश्वविद्यालयको तयारी (शास्त्र/विज्ञान, मानविकी, वाणिज्य, आदि) छान्न सक्छन्; ख) Vocational Track: यो समुहले प्राविधिक/व्यावसायिक सीप विकासको तालिम लिन्छन्। विशेषता: Gaokao (National College Entrance Exam) को तयारी गरिन्छ, यो Exam अत्यधिक प्रतिस्पर्धात्मक हुन्छ। यो परीक्षा पास गर्नुलाई जीवनको “turning point” नै मानिन्छ।

४) विश्वविद्यालय शिक्षा (Higher Education) क) Bachelor’s Degree (स्नातक) 4 वर्ष भने ख) Vocational college 2 देखि 3 वर्षको डिप्लोमा कोर्स चल्छ। Bachelor’s पछि Master’s/PhD जेहेन्दारहरु र ईच्छाहरुले पढ्छन।

५) चीनको शिक्षा प्रणालीका विशेषताहरू: क) शिक्षण माध्यम भाषाः प्रारम्भिक वर्षहरूमा म्यान्डारिन नै प्रमुख शिक्षण माध्यम भाषा हो। बहुभाषी क्षेत्रका लागि द्विभाषिक शिक्षा पनि हुन्छ; ख) अनिवार्य शिक्षा नीति (9 वर्ष): अर्थात, चीनमा पहिलो 6 वर्ष र अर्को 3 वर्ष = ९ वर्ष शिक्षा सबैको लागी अनिवार्य र निशुल्क प्रदान गरिन्छ; ग) केन्द्रबाट नियन्त्रित पाठ्यक्रम: शिक्षा मन्त्रालयले नै पाठ्यक्रम बनाउँछ; सबै विद्यालयहरूले यसको पालना गर्नुपर्छ; घ) पारिवारिक संलग्नता र प्रतिस्पर्धा: अभिभावकहरूले बालबालिकाको पढाइमा अत्यधिक ध्यान दिने गर्दछन्। स्कुलले पढाउँने काम गर्छ तर अबिभावकले घरमा बच्चालाई मद्दत गर्ने काम पनि तोकिदिएको छ, किनभने अबिभावक (खास गरेर हजुरबा, हजुरआमा, बा-आमा) हरु पनि सिकाउँने शिक्षक हुन। अर्थात, स्कुल र अबिभावक मिलेर सिकाउँने काम गरे वच्चाले राम्रो सिक्छ भन्ने अवधारणा छ। आवश्यकता अनुसार अतिरिक्त ट्युसनको प्रचलन पनि केही मात्रामा छ; ङ) प्राविधिक र व्यावसायिक शिक्षा तर्फ: व्यावसायिक ट्र्याकमा छात्रहरूले सीपमूलक शिक्षा (जस्तै: IT, इन्जिनियरिङ, नर्सिङ) लिन्छन्; च) राजनीतिक शिक्षा समावेश: साम्यवादी पार्टीको विचारधारा र देशप्रेम सम्बन्धी विषयहरू विद्यालयकै पाठ्यक्रमा राखेर पढाइन्छ।

६) सहभागीता दरः २०१८ को तथ्यांक हेर्दा ६०% विद्यार्थीहरूले Academic Track लिएको र ४०% ले Vocational Track रोजेका थिए।

७) Gaokao: यो राष्ट्रिय विश्वविद्यालय प्रवेश परीक्षा हो, जसलाई चीनको सबैभन्दा महत्वपूर्ण परीक्षा मानिन्छ। यसमा चिनियाँ भाषा, गणित, अङ्ग्रेजी, र अन्य वैकल्पिक विषयहरूको जाँच लिइन्छ। जाँच २ देखि ४ दिन सम्म चल्छ। प्रभाव: Gaokao को नतिजाले विद्यार्थीको विश्वविद्यालय प्रवेश, भविष्यको करियर, र सामाजिक प्रतिष्ठामा ठूलो प्रभाव पार्छ।

८) उच्च शिक्षा: स्नातक (Bachelor’s Degree) मा जाने २०२३ मा, चीनमा विश्वविद्यालयमा नामांकन दर ६०.२% थियो, जसमा ४ करोड ७० लाख विद्यार्थीहरू समावेश थिए। उच्च प्राविधिक शिक्षा र प्रशिक्षण (Higher Vocational Education and Training – HVET) मा नामांकन दर ४०% थियो। स्नातकोत्तर (Master’s) र PhD: २५ देखि ६४ वर्ष उमेर समूहका, Master’s वा समकक्ष शिक्षा प्राप्त गर्नेहरूको प्रतिशत १.१% मात्र थियो।

९) राजनीतिक शिक्षा अन्तरगत विद्यालयहरूदेखि नै साम्यवादी पार्टीको विचारधारा (दाओवाद, कन्फ्युसियसवाद, बौद्ध मार्ग, मार्क्सवाद, लेनिनवाद, माओवाद, देङस्याओपिङ र शीजिनपिङ विचारधारा, देशप्रेम, र राष्ट्रिय एकता सम्बन्धी शिक्षा अनिवार्य छ। यसमा हाल Xi Jinping Thought अन्तरगत २०२१ देखि “Xi Jinping Thought on Socialism with Chinese Characteristics for a New Era” विशेष पढाइन्छ जसले चीनको समृद्धिमा कायापलट गरेको छ। यसरी पुराना गुरुहरुबाट नैतिक कुरा र नयाँ नेताहरुबाट देशको विकासको मार्गचित्र बारे जानकारी दिइन्छ। चीनमा कुनै धर्म छैन। यहाँ तीन दार्शनिक (लाोत्चु, कन्फ्फयुसियस, र वुद्ध  तीन गुरु र तीन नेता (माोजेदोङ, देङस्याओपेङ, र शी जिनपिङ  तीन नेताको अवधारणा स्थापित गरेर “नवकन्फ्युसिसयवाद” चाही सामाजिक संबिधान, जसअनुसार हरेक चिनीयाले पालना गर्नैपर्ने सामाजिक-नैतिक नियमहरु सिकाइन्छ। त्यसपछि चीनको संबिधान अनुसार मुलुकलाई ठिक किसिमले सन्चालन गर्न ३ नेताका राजनैतिक सिद्धान्तहरुका आधारमा आर्थिक लगायतका विकास योजनाहरु तर्जुमा गरेर सबैलाई जिम्मा दिई कार्यान्वयन गरिनने कुरा पढाइन्छ।

१०) प्रतिस्पर्धात्मकता र विद्यार्थीहरूको सफलताः चीनमा जाँचमा सबैभन्दा उच्च अंकसहित पास गर्नेहरु हरेक क्षेत्रमा छानी छानी लिइन्छ, जसलाई Meritocracy (जेहेन्दारतन्त्र) भनिन्छ। त्यसैले जाँच (Gaokao) मा पास हुनका लागी दिनको १२-१६ घण्टासम्म पढ्छन्। चीनको शिक्षाको विसेषतामा “राजनितिक शिक्षा” अनिवार्य गरिएको छ जसले सन्सारभरिको सबै किसिमका राजनीति र साम्यवाद, समाजवाद लगायतका सैद्धान्तिक-दार्शनिक पक्षका बारेमा प्रशिक्षित हुन्छन भने “राजनीतिक शिक्षा” अन्तरगत नै “देशप्रेम” र “राष्ट्रिय एकता”को बारेपनि प्रशिक्षण दिईने भएकोले आफ्नो राष्ट्रप्रतिको भावना विकास गराउँछ र राष्ट्रपति समर्पित बनाउँछ।

११) चीनको शिक्षा प्रणालीमा शुल्क, छात्रवृत्ति, ऋण सुविधा तथा लैङ्गिक सहभागिताः क) निःशुल्क शिक्षा जुनियर माध्यमिक सम्म प्रदान गरिन्छ। सरकारद्वारा “दुई छुट र एक अनुदान” नीति अन्तर्गत ग्रामीण र आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई पाठ्यपुस्तक शुल्क छुट र आवासीय (होस्टल बस्नु पर्नेलाई) विद्यार्थीहरूलाई जीवनयापन खर्चमा अनुदान दिइन्छ; ख) उच्च माध्यमिक शिक्षा (कक्षा 10–12): यो तह अनिवार्य होइन र अधिकांश अवस्थामा शुल्क लाग्छ। केही प्रान्तीय सरकारहरूले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई आंशिक वा पूर्ण शुल्क छुट प्रदान गर्छन्; ग) उच्च शिक्षा (विश्वविद्यालय/प्राविधिक शिक्षा): विश्वविद्यालय तहमा शुल्क लाग्छ। जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति, अन्यलाई ऋण तथा अन्य वित्तीय सहायता उपलब्ध गराइन्छ; घ) छात्रवृत्ति र विद्यार्थी ऋण सुविधाः चीन सरकारले आर्थिक रूपमा कमजोर र जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति पनि प्रदान गर्छ। जस्तैः 2024 मा, सरकारले स्नातक तहका लागि वार्षिक छात्रवृत्ति कोटा 120,000 को र स्नातकोत्तर तहका 70,000 भएकोलाई दोब्बर बढाएर छात्रवृत्ति दिएको थियो। चीनमा विद्यार्थी-ऋण लिनेहरूको संख्या हरेक वर्ष 10% ले बढ्दैछ। 2021 मा, 53 लाख कलेज विद्यार्थीहरूले विद्यार्थी ऋण लिएका थिए। यी ऋणहरु कम ब्याजदरमा प्रदान गरिन्छ र स्नातकपछि विस्तारै तिर्नुपर्ने हुन्छ; ङ) लैङ्गिक सहभागिता र असमानताः स्नातक तहमा महिला सहभागिता 2022 मा 63% थियो, जुन पुरुषभन्दा बढी हो। लैङ्गिक असमानता: महिलाको शैक्षिक सहभागिता बढेको छ, तर महिलाहरूले औसतमा पुरुषभन्दा 13% कम तलब पाउँछन्। साथै, विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (STEM) जस्ता क्षेत्रमा अझै पनि पुरुषहरूको वर्चस्व छ, जसले पुरुषहरुलाई नै उच्च तलब पाउने बनाउँछ।

सन्सारमा लगभग (UNESCO का अनुसार) ८० देखि ९०% ले प्राथमिक स्कुल पड्छन। ती मद्ये ६६ देखि ७०% ले मात्र माध्यमिक शिक्षा पुरा गर्छन्। ती मध्ये लगभग ३८ देखि ४०% Bachelor’s degree सम्म पुग्छन्। Master’s Degree मा मुस्किलले ७ देखि ८% पुग्छन्। जसमध्ये लगभग 0.8% ले PhD (अमेरिकामा 0.9%, भारतमा 0.6%, तर जर्मनीमा २% भन्दा बढीले PhD) गर्छन्। PhD गर्नेहरु र नगर्नेहरु सबै मध्ये 0.001 देखि 0.005% ले समाज रुपान्तरणको निम्ती चिन्तन गर्ने र सिद्धान्त प्रतिपादन गर्ने, नेतृत्व गर्ने सन्सार बदल्ने काममा सन्सारलाई नेतृत्व दिन्छन्। तथापी PhD गर्नु नै समाज बदल्ने नेता हुनु होइन, PhD भनेको कुने एक Topic को विषयविज्ञ मात्र हो। PhD नगरेका र गरेका दुबैमा नेतृत्व गुण हुन सक्छ। अर्थात, समाज रुपान्तरण गर्ने असल मानिस सन्सारमा ज्यादै थोरै % का हुन्छन्। धेरै मानिस त ठूलाठूला गफ गर्ने मानिस मात्र हुन्छन्। शायद त्यसैले सन्सारको विकास भनेजस्तो नभएको हो – यो प्रमाणित कुरा त होइन तर मेरो हाइपोथेशिस हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading