पोखरा
जि.प्र.का. कास्की र व.प्र.का. बैदामको संयुक्त प्रहरी टोलीद्वारा कास्की जिल्ला पोखरा म.न.पा.-१८ सराङ्कोट स्थित प्याराग्लाईडिङ उडान भर्ने स्थानमा प्याराग्लाईडिङ पाईलटहरुको मादक पदार्थ सेवन र लागू पदार्थ सेवन चेकजाँच गरिएको ।
३९ जना पाईलटहरुलाई मा.प.से. र सोही मध्येका १५ जना पाईलटहरुलाई ला.प.से. चेकजाँच गर्दा १ जना पाईलटको मा.प.से. र ला.प.से. दुवै सेवन गरेको पाइएकोले निजलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको नेपाल प्रहरी श्रोतले जनाएको छ |
नेपाल प्रहरी र ट्राफिक प्रहरीले नेपालमा रातिको समयमा र केहि संकास्पद क्षेत्रमा छड्के चेकिङ गरे त पनि यसरि आकाशमा उडाउने प्यारासुट र प्याराग्लाईडिंग क्षेत्रमा भने पहिलो पटक चेक जाच गरेको देखिन्छ |
श्रोत : नेपाल प्रहरी