नेपालको एकमात्र नजिकैको नेपाल चिनको भन्सार नाका सिन्धुपाल्चोक तातोपानी भन्सार हो|यहि भन्सार भूकम्पको बेलामा पूर्ण रुपमा भूकम्पले बन्द भएको थियो| भूकम्प पछी त्यहाको जनप्रतिनिधि र ब्यापारिक निकायले पटक पटकको सक्रियतामा सुचारु भएको थियो|पछिल्लो समयमा यहाँबाट नेपाल चिन सामान आयात निर्यात भैरहेको बेलामा आज भने त्यहि नाकाबाट हेलिकप्टर नै आयात भएको छ|
तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।
नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन।