कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ बीच गत भदौ ८ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाडौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आईतवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालय मातहत कार्यालयहरूबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताउनुहुदै काठमाडौ उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रहरी सेवालाई चुस्त दुरूस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुदै उहाँले आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू लगायत समसामयिक विषयहरू समेत समावेश गरिएकाले सुरक्षित काठमाडौ उपत्यका (Safer Kathmandu Valley) अभियानमा सबै मातहत कार्यालयहतरूको ऐक्यवद्दता रहने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading