दिल्लीमा अवैध रूपमा मानवअङ्गा मृगौला किड्नी झिक्ने कसुरका प्रतिवादीहरू पक्राउ

संगठित रूपमा नेपालका विभिन्न जिल्लाबाट मानिसहरूलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीमा अवैध रूपमा मानवअङ्गा मृगौला किड्नी झिक्ने कसुरका प्रतिवादीहरू पक्राउ।

अभियुक्तहरूको विवरण श्यामकृष्ण भण्डारी उमेर ३८ वर्षको,सुजन भारती उमेर २९ वर्ष सिन्धुपाल्चोक दुवै जना एकै जिल्लाको रहेको छ !

नेपालबाट मानव तस्करहरूले संगठित रुपमा नेपालका विभिन्न जिल्लाबाट मानिसहरूलाई प्रलोभनमा पारी भारतको नयाँ दिल्लीका लागि अवैध रुपमा मानव अङ्ग मृगौला किड्नी बेचबिखन गरिरहेको सूचना पछि प्राप्त भए पश्चात यस ब्युरोका गम्भीर ध्यान आकर्षण भएको सन्दर्भमा पीडित व्यक्तिहरुलाई यस कार्यालयमा झिकाई मिति २०८२ ४ महिना २९ गतेबाट अवैध रुपमा मानव अङ्ग मृगौला किड्नी झिक्ने कार्य गर्ने समूहका विरुद्धमा गम्भीर अनुसन्धानको सुरुवात गरेको नेपाल प्रहरी श्रोतले बताए !

यस आर्थिक वर्षमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा चारवटा मुद्दा दर्ता भए मुद्दा दर्ता नम्बर १५ १६ १९ र २१ सम्मानित काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई संगठित रुपमा कानुन विपरीत मानव अङ्ग मृगौला झिकी मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ जसमा हालसम्म ५ जना पीडितहरूको जाहेरी दिएको अवस्था छ!

विशेष कारबाहीमा अवैध रूपमा मानव अङ्ग झिक्ने र बेचबिखन गर्ने गिरोहका सदस्यहरूले केही दिन अन्तरालमै काठमाडौँ नुवाकोट काभ्रेपलाञ्चोक जिल्लाबाट मानव अङ्ग मृगौला झिक्ने कार्यमा संलग्न तीन जना सदस्यहरू राकेश नेपाली समिर नेपाली कुमार भन्ने राजकुमार नेपाली लगायत बीचमा नियन्त्रणमा  लिएर पीडितहरुले दिएको सूचना र पक्राउ परेका बयानका क्रममा विशेष गरी राजधानी र नयाँ दिल्ली लगायतका नगरहरुमा अत्यन्त सुक्ष्म तरिकाले प्रारम्भ गरेको अनुसन्धान अन्तत सफल भए !

श्यामकृष्ण भण्डारी समूहको सूक्ष्म अनुसन्धान तथा खोजीकार्य गर्दै गरेको अवस्थामा मानव बेचबिखन अनुसन्धान ब्युरोका टोलीले कञ्चनपुर प्रहरीको सहयोगमा भारतबाट नेपालतर्फ आउँदै गरेको सूचना प्राप्त गरेको र श्यामकृष्ण भण्डारीलाई कञ्चनपुर जिल्लाको गड्डा चौकी सिमाना र निजका सहयोगी सुजन भारतीलाई पर्सा प्रहरीको सहयोगमा वीरगंज स्थित सिमानाका नेपाल प्रहरीले यस अवस्थामा पक्राउ पर्न सफल भए !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading