गोल्छा ग्रुपद्वारा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण

वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्येनजर गर्दै गोल्छा ग्रुपले आज यस काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान ( पल्सर १५०सि.सि ) मोटरसाइकल काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्री दान बहादुर कार्कीज्यू लाई हस्तान्तरण गरेको छ । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सो ग्रुपका अध्यक्ष श्री शेखर गोल्छा र सो संस्थाका पदाधिकारीहरू साथै काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्री नवराज अधिकारी , सिनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading