kathmanduonlinemedia.com

गोठाटारमा दुईवटा मोटरसाइकल दुर्घटना सडकबाट ५० मिटर तल  

काठमान्डौ

बौद्दबाट एयरपोर्ट पछाडिको सडक मार्ग पहेलो पुल हुदैँ पेप्सीकोला जडीबुटी जोड्ने सडक खण्डको गोठाटारमा दुईवटा मोटरसाइकल सडकबाट झन्डै ५० मिटर तल झरी पूर्णरुपमा क्षति भएको छ |

https://youtu.be/wpuuCBa35-U?si=UPEIEVDsZt47dP9g

मोटरसाइकल चालक र यसमा सवार सबै जनाको स्वस्थ अवस्था भने गम्भीर रहेको त्यहाँको प्रत्यक्षदर्शीले बताएको छ |
गोठाटारबाट उकालो लागेर पेप्सीकोला तर्फ जानलाई छोटो दुरी पर्ने भएकोले प्राय जसो सवारीसधान यहि  सडकबाट यात्रा गर्छन|

तर बिगत ५/६ महिना देखि यो खण्डको सडकमा गत बर्षको बाढीपहिरोले पहिरो गएको स्थानमा यहाको स्थानीय निकाय र सम्बन्धित सडक विभागबाट पहिरो गएको क्षेत्रमा केहि पहल नगरेको हामीले प्रत्यक्ष देख्न सकिन्छ | यस स्थानमा कुनै पनि सुरक्षाको सङ्केतिक चिन्हहरु र सडक छेउमा कुनै पनि ब्यारियर हरु पनि नराखेको कारण दुर्घटना भैरहेको यहाँका स्थानीय बताउनु हुन्छ |

गएरातिको घटनाको स्थालगत काठमान्डौ अनलाइनबाट केहि दृश्यहरु संकलन गरेको छ |

दुर्घटना मुख्य कारण भने स्पष्ट भएको छैन स्थालगत रुपमा देख्दा सडकमा संकेतहरु खतराको चिन्हहरु नराख्नु र सडकमा केहि इन्टरनेटको तारहरु पनि सडकमा लत्रिएको देखिएको छ |

मापेसे गरेको भएपनि दुवै मोटरसाइकल एकै दिशाबाट आएको र एकै स्थानबाट सडक बाट नझरेको कारण कतै तारमा अल्झिएको हुन सक्ने त्यहाँको स्थानीयको जिकिर छ किनकि रातिको समय हुनाले उहाहरुले घटना भएपछी मात्रा देखिएको बताउनुभयो |

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.