kathmanduonlinemedia.com

भक्तपुर नगरपालिकाको एसईई नतिजा ८९.८८ प्रतिशत उत्तीर्ण

भक्तपुर

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को नतिजा हालै सार्वजनिक गरेको छ । परीक्षामा सहभागी २ हजार १६६ (८९.८८) प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । नतिजामा सार्वजनिक विद्यालयका ६८२ (८०.९० प्रतिशत) र संस्थागत विद्यालयका १ हजार ४८४ (९४.७०) विद्यार्थी उत्तीर्ण भएका छन् ।

भक्तपुर नगरपालिकाभित्र सञ्चालित ६ वटा विद्यालयका १३ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भए जसअन्तर्गत मेधा माध्यमिक विद्यालयका ३ जना, सेकरिड हार्ट इ. सेकेन्डरी स्कुलबाट १ जना, लनर्स एकेडेमीका २ जना, सैनिक आवासीय महाविद्यालयका ३ जना, एभरेष्ट इ. स्कूलका ३ जना र जेन्युइन सेकेन्डरी स्कूलका १ जना रहेका छन् ।

३.६देखि ४ जीपीए अर्थात विशिष्ट श्रेणी ल्याउने विद्यार्थीको संख्या ७ सय ७२ जना रहेका छन् । नतिजाअनुसार ३.२० देखि ३.६० जीपीए ल्याउने ८ सय, २.८ देखि ३.२० जीपीए ल्याउने ४ सय ८७ जना, २.४० देखि २.८० ल्याउने १०१ जना, २ देखि २.४० ल्याउने ६ जना र २ जीपीएभन्दा कम ल्याउने २ सय ४४ जना परीक्षार्थी रहेका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बासु माध्यमिक विद्यालयमा बि.सं. २०८१ का एसईई परीक्षामा स्तरीकृत नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाइ दिनुभयो ।

उहाँले विद्यार्थीहरुले एउटा चरणमा सफलता प्राप्त गर्दैमा धेरै उत्साहित हुनु आवश्यक नभएको बताउँदै अब नयाँ विषय अध्ययनको लागि सोच्ने र चिन्तन गरेर अगाडि बढ्न प्रेरित गर्नुभयो ।

विद्यार्थीहरुबाट हुने क्षणिक लापरबाहीले जिन्दगीभर असर पर्ने हुँदा आफ्नो क्षमता, पारिवारिक स्थिति र रुचिलाई ध्यान दिएर अध्ययन गर्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले पैसा कमाउने लोभले होइन, सेवा गर्ने भावनाले पढ्नुपर्छ भन्नुभयो ।

उच्च शिक्षा अध्ययन गरी योग्य वकिल, राम्रो न्यायाधीश बन्ने इच्छा भएका विद्यार्थीहरुले प्लस टुदेखि नै कानुन विषय अध्ययन गर्नुपर्छ भन्दै उहाँले जीवनमा ठूलो उपलब्धी हासिल गर्ने हो भने ठूलै चुनौतीको सामना गर्ने आँट विद्यार्थीहरुमा हुनुपर्ने बताउनुभयो ।

नेपालमा विदेशी सम्बन्धनबाट सञ्चालित धेरै कलेजहरु सञ्चालनमा रहेको बताउँदै नेपाली विद्यार्थी विदेश पढाउने ती कलेजहरु अर्को म्यानपावर कम्पनी हुन् भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न विषयमा छलफल गदै अगाडि बढिरहेको बताउँदै विद्यार्थीको सफलतामा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

कलेजका प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक विद्यार्थीको अथक मेहेनतले विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले एसईईमा शत प्रतिशत उत्तीर्ण भएको अंग्रेजी विषयका शिक्षकहरुलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौंमिखा, शिक्षक पुनेन्द्रप्रसाद कुसी, उत्कृष्ट विद्यार्थीद्वय विविशा बिष्ट र निराजन बुढाले पनि बोल्नुभएको थियो ।

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.