Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

हेलिकप्टर पनि टेलर ट्रकमै नेपाल ल्याउदै

 

नेपालको एकमात्र नजिकैको नेपाल चिनको भन्सार नाका  सिन्धुपाल्चोक तातोपानी  भन्सार हो|यहि भन्सार भूकम्पको बेलामा पूर्ण रुपमा भूकम्पले बन्द भएको थियो| भूकम्प पछी त्यहाको जनप्रतिनिधि र ब्यापारिक निकायले पटक पटकको सक्रियतामा सुचारु भएको थियो|पछिल्लो समयमा यहाँबाट नेपाल चिन सामान आयात निर्यात भैरहेको बेलामा आज भने त्यहि नाकाबाट हेलिकप्टर नै आयात भएको छ|

तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो ।

नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर खरिद गरेको छ । ती सबै तातोपानी नाका भएर काठमाडौ आयात हुँदै छन।

 

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.