kathmanduonlinemedia.com

धरान खानेपानी योजनामा ADB ऋण नलिने – हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङले दीर्घकालीन खानेपानी योजनामा एडीबी (ADB) को ऋण नलिन आग्रह गरेका छन्। मन्त्रीलाई पठाएको पत्रमा उनले सरकारले विनियोजन गरेको ४ करोड रुपैयाँलाई स्वागत गर्दै बाँकी रकम विदेशी ऋणमार्फत ल्याउने योजनालाई अस्वीकार्य बताएका छन्। नगरप्रमुख राईले धरानले विगतमा लिएको ADB ऋण अझै फिर्ता गर्न बाँकी रहेको स्मरण गराउँदै आत्मनिर्भर ढाँचामा योजना अघि बढाउन सुझाव दिएका छन्। अन्यथा स्थानीय स्रोतबाट पानीको व्यवस्था गरिने उनले बताएका छन् ।

धरानमा राई जनप्रतिनिधिको भूमिकामा भएको देखि जनतामुखी धेरै श्रमदानबाट बिकाशको कार्यहरु सम्पन्न गर्दै आएको र अहिले धरानमा जनताले चाहे जनतामुखी बिकास भए जनताको श्रमदान र सरकारी बजेटमा नै धेरै जसो कामहरु सम्पन्न गर्न सकिन्छ | भन्ने उहाले तर्क गर्नु भएको छ|

विगतमा जनप्रतिनिधि हरुले विकास नाममा आएको सरकारी बजेटमा सहि,भ्रष्टाचार रहित र बिना कमिसन काम गरेको भएको विकासका काममा बिदेशी ऋणको भारि नेपाली जनतालाई पर्ने थिएन |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.